राष्ट्रपतिमा आठ दलका साझा उम्मेदवार पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा ( एकीकृत समाजवादी) ले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।

पार्टीको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपति पदका उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा छलफल गरिएको बैठकमा वामपन्थी आन्दोलनलाई एकजुट बनाउन पहलकदमी गर्ने, मुलुकमा शान्ति, स्थिरता र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।

वडा, क्षेत्र, प्रदेशका साथै सबै जनवर्गीय सङ्गठनको अधिवेशन आगामी जेठभित्र सम्पन्न गरी निर्धारित समसयमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको बैठकले सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने, केन्द्र मातहतका आफ्ना सबै कमिटी, विभाग, सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

दैनिक कति हराउँछन् बालबालिका ? यस्तो छ देशभरको तथ्यांक

काठमाडौं । यसवर्षको पुस मसान्तसम्म देशभरबाट तीन हजार ६९८ बालबालिका हराएकोमा तीन हजार

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न

अब विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली