कूटनीतिक राष्ट्र द्रोह र राष्ट्र धर्म



केशवप्रसाद भट्टराई ।

१. अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व बैंकको अध्यक्षमा भारतीय मूलका अमेरिकी अजय बङ्गा ( Ajaya Banga) लाई मनोनित गरेका छन् । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा भारतीय मूलकी निम्रता निक्की हेली रिपब्लिकन पार्टीको उम्मेदवार बन्न प्रतिस्पर्धा गरिरहेकी छिन् । साउथ क्यरोलिनाको गभर्नर र राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत भैसकेकी उनी जल्दोबल्दो युवाको रूपमा परिचित छिन् । अर्का भारतीय मूलका व्यक्ति र प्रसिद्ध अमेरिकी उद्यमी विवेक रामस्वामी पनि रिपब्लिकन पार्टीको उम्म्मेदवार हुन प्रतिष्पर्धा गरिरहेका छन् ।अमेरिकाको रक्षा र विदेश मन्त्रालयमा धेरै उच्चाधिकारीहरू भारतीय मूलकै छन् । बेलायतमा ऋषि सुनक त प्रधानमन्त्री नै छन् । एउटा अमेरिकन कम्पनी  https://morningconsult.com/global-leader-approval ले गरेको अध्ययन अनुसार केहीवर्षदेखि लगातार नरेन्द्र मोदी संसारभरकै अत्यन्त लोकप्रिय राजनेताको स्थापित छन् । आर्थिक रूपमा भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो र सैन्य शक्तिको हिसावले सन्सारको अमेरिका, रूस र चीन पछिको चौथो ठूलो शक्ति ।

२. भारतसँग हाम्रा गुनासा छन्, समस्या र चुनौती छन् । त्यसको अर्थ सार्वजनिकरूपमा सस्तो राजनीतिक उद्देश्यले मिडियावाजी र निन्दा, घृणा र कुण्ठा पोखेर हाम्रा गुनासा र समस्याका समाधान हुँदैनन् । सात सालदेखि हामी भारतको विरोध गरेका गर्यै छौँ , गाली, निन्दा , घृणा पोखेका पोख्यै छौँ । उपलव्धि ? नेपालले राजनीतिक स्थिरता र आर्थिक विकास हाँसिल गरेको छ ? समस्या र चुनौती भारतसँग छ भने समाधान पनि भारतसँगै छ । भारतसँगको समस्या र चुनौतीको समाधान अर्को कुनै देशसँग छैन । हामीले नबुझेकै त्यही हो । त्यसमाथि आजको भारत माथि शुरूमा उल्लेख गरेको जस्तो भारत । त्यसैले समाधान हो–उच्चस्तरको कूटनीतिक र राजनीतिक विवेक, कौशल र संयमद्वारा भारतसँगको समस्याको समाधान भारतसँगै माग्ने र खोज्ने । त्यो संयम, कौशल र विवेक वौद्धिक क्षेत्रबाट पनि त्यत्तिकै अपेक्षित छ । भारतसँगको समस्याको समाधान चीन वा अर्को कुनै मुलुकसँग खोज्ने अभ्यासले नेपालमा धेरै राजनीतिक दुर्घटनाहरू निम्त्याएको छ । हाम्रो भारतसँगको समस्यामा राजनीतिक र वौद्धिक फटाहाहरूले पनि उत्तिकै खेलेर समस्या र चुनौतीलाई बढी गम्भीर र खतरनाक बनाएका छन् । हर क्षण आमजनतामाझ पुग्ने मिडियाले उच्च शिक्षित र कुण्ठा र आग्रहरहित व्यक्तिहरूलाई आफ्ना कूटनीतिक मामिलाका रिपोर्टरहरूमा नियुक्त गर्नु र त्यस्तै व्यक्तिहरूको अन्तर्वार्ता लिने, उनीहरूबाट लेख रचना माग गर्नु ,उनीहरूलाई स्तम्भ दिनु मिडिया धर्म मात्र होइन, राष्ट्र धर्म पनि हो ।

३. छिमेकीहरू र मित्रराष्ट्रहरू प्रति भ्रम, निन्दा, घृणा र कुण्ठा पोखेर हिरो पल्टिन खोज्नेहरूले नेपालको राष्ट्रिय हितमा प्रहार गरिरहेका छन् । त्यसको अर्थ भारतको वा अर्को कुनै छिमेकी वा मित्र राष्ट्रहरूको विरोध र आलोचना गर्नुहुन्न भन्ने होइन तर तथ्य र प्रमाण राखेर, प्रामाणिक स्रोत र सन्दर्भ सामग्री राखेर जति आलोचना गरे पनि हुन्छ । शुरुमै उल्लेख गरियो भारत विश्वव्यापी प्रभाव र महत्व राख्ने मुलुक बनिसकेको छ । संसारका हरेक महत्वपूर्ण सँस्था र संरचनाहरूमा भारतीयहरू र भारतीय मूलका व्यक्तिहरू निर्णायक हैसियतमा छन् । चीन महाशक्ति नै भयो । अमेरिका महाशक्ति नै हो र जसले जे भने पनि उसको आकार, भूराजनीतिक अवस्थिति, ज्ञान , विज्ञान र प्रविधिको शक्ति र संसारका हरेक मुलुकका योग्य, उत्साही र सक्षम व्यक्तिहरूलाई आफ्नो मुलुकमा समेट्ने र उनीहरुको योग्यता र क्षमताको आधारमा विना भेदभाव कुनै पनि राष्ट्रिय दायित्व प्रदान गर्न सक्ने उसको राष्ट्रिय क्षमताले उसलाई आउने कयौँ दशकसम्म विश्व व्यवस्थामा निर्णायक हैसियत प्रदान गरिरहन्छ ।

४. श्रीलंका र पाकिस्तानलाई आर्थिक सङ्कटबाट पार लगाउन अमेरिका र अमेरिकी नेतृत्व र प्रभावका अन्तर्राष्ट्रिय आर्थिक र वित्तीय क्षेत्र अघि सरेका छन् । टर्की र सिरियामा भूकम्प आयो उद्दार कार्यमा सवैभन्दा दक्ष र प्रभावकारी सहयोग पुर्याउन सक्ने राष्ट्र –अमेरिका । अनि नाटो र पश्चिम युरोपका राष्ट्रहरू । कुनै मुलुकमा हत्या, हिंसा, आतंक र मारकाट भएर भाग्ने र शरण खोज्ने ठाउँ अमेरिका र युरोप । कूटनीतिक सवालमा, मित्र राष्ट्रहरूसँगको सम्बन्धमा पनि राष्ट्र द्रोह हुन्छ र नेपाल त्यसमा अभ्यस्त छ । त्यसले नेपाललाई उठ्न दिएको छैन । राजनीतिक नेताले कुनै छिमेकी वा मित्रराष्ट्र बारेमा बोल्न परेमा वा कुनै मिडियाकर्मी वा वौद्धिकले त्यसबारे बोल्न वा लेख्न परे कम्तीमा दश पटक सोच्ने गरौँ , गुनौ, आफ्ना विचारलाई पुष्टि गर्ने प्रमाण र स्रोत जाँचौँ, कम्तीमा एकदिन धैर्य गरौँ । त्यो राष्ट्र हितमा हुन्छ र त्यो राष्ट्र धर्म पनि हो । तर त्यसकोलागि योग्य व्यक्तिलाई , त्यो विषयको ज्ञान भएको व्यक्तिलाई, त्यो विषय पढेको व्यक्तिलाई अनुभव आर्जन गर्ने समय र स्थान उपलव्ध नगराई त्यो सम्भव हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला १० लाख धरौटी बुझाएर रिहा

विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला १०

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन हस्तान्तरण, अर्थतन्त्र चलायमान बनाउन दियो यस्तो सुझाव

काठमाडौं । मुलुकको अर्थतन्त्रलाई परिवर्तित समयअनुसार गतिशील बनाउँदै सही मार्गमा अघिबढाउने उद्देश्यले गठित

विपीन जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासलाई

विद्युत् उत्पादनमा लगानी गर्न निजी क्षेलाई ऊर्जामन्त्री खड्काको आग्रह

  काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार सुनिश्चित