‘राजसंस्थालाई अभिभावकीय भूमिकामा पुनर्स्थापित नगर्ने हो भने देशमा संकटका बेला साहारा लिने कुनै संस्था बाँकी रहने छैन’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहमा देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ को बाहेक मैले अन्य कुनै भाव नपाएको बताएका छन् ।

पूर्वराजासँगको भेटपछि सामाजिक संजालमार्फत मिश्रले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि भएपनि राजकीय गरिमालाई कहिल्यै कम हुन नदिएको बताएका छन् ।

भेटबारे उनले भनेका छन्, ‘राजा ज्ञानेन्द्रमा ती घटनाक्रम र देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि भएपनि, उनले आफ्नो भद्रता र राजकीय गरिमालाई कहिल्यै कम हुन दिएनन्। मेरो पछिल्ला दुई भेटमा उनमा ‘निरंकुशता’ होइन, यो देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ को बाहेक मैले अन्य कुनै भाव पाइन।’

मिश्रले पूर्वराजाको भनाई उदृत गर्दै भनेका छन्, ‘मैले त विज्ञप्तिमै ‘देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र राजसंस्था एक ठाऊँमा आउनै पर्छ’ भनेर भनिसकेँ नि।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनालाई प्रधानमन्त्रीको आग्रहः फाष्टट्रयाक आयोजनाको सुरु बिन्दु खोकनाको जग्गा अधिग्रहणको प्रस्ताव ल्याउनु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग

रवि लामिछाने चितवन प्रहरीको हिरासतमा

चितवन । चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक

प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत फेला परेकी छन्

सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणका क्रममा खसेर दुई कामदार बेपत्ता

कर्णाली । सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार खसेर बेपत्ता