कम्युनिष्टहरूको बौद्धवाद



डा. गोविन्दशरण उपाध्याय ।
आजभोलि नेपालका पुराना कम्युनिष्टहरूले आफूलाई बौद्ध भएको घोषणा गर्न थालेका छन् भने केही हिन्दूबाट धर्मपरिवर्तन गरेर बौद्ध भएको दावी गर्ने नवोदित बौद्धहरूले ‘वैदिक सनातन धर्मको आलोचना’ गर्ने मामिलामा इसाई, मुस्लिम, यहुदीहरूलाई पनि पछारेका छन् । उनीहरूले नेपालमा प्रचलित पुरानो उखान ‘नयाँ जोगीले धेरै खरानी घस्छ’लाई क्रमशः चरितार्थ गरिरहेका छन् । भगवान् बुद्ध स्वयंले मौन रहेर स्वीकृति वा निराकृत नगरेका प्रश्नहरूको पनि अम्वेडकर, कट्टरपन्थी इसाई–मुस्लिमजस्ता एकलकाटे एकेश्वरवादीहरूको नक्कल गर्दै हिन्दूहरूको आलोचना गर्दैछन् । कार्लमार्क्सको रगतमा भएको यहुदी एकेश्वरवाद बौद्धका रूपमा नवोदितहरूले ओकेल्न थालेका छन् ।

कम्युनिष्ट सर्वसत्तावाद र मुसाई एकलकाटे सम्प्रदायबाट प्रभावित यी नवोदितहरूले सधैं ‘हिन्दूहरूले बौद्धहरूका पूजास्थलमा कब्जा गरे, बौद्धहरूलाई हिन्दू कारण गरेआदि पाग्नपुच्छरका प्रलापहरू गरेर भगवान् बुद्धको समयदेखिनै सहकार्य र सहचार्यमा रहेको हिन्दू–बौद्ध सांस्कृतिक सहृदयतालाई भंग गरेर बौद्धहरूलाई पनि मुसाईहरूको एकलकाटे संस्कृतितिर धकेल्ने अपराध गरिरहेका छन् । यी नयाँ जोगीहरूले लेखेका प्रलापपूर्ण र प्रमाणहीन कथनहरूले बौद्ध तथा हिन्दू समेत भ्रमित हुने स्थिति उत्पन्न भएको छ । लेखकहरूको पृष्ठभूमि बुझ्दा जव नेपाली कम्युनिस्टले बौद्धको खोल ओढछ, उ लादेन भन्दा बढी वैदिकहरूलाई शत्रु ठान्छ, रूट त यहुदी नै हो नि ! किन बौद्धहरूका हितैषीका रूपमा प्रस्तुत हुँदैछन् ? आश्चर्य मान्नु पर्दैन ।

पहिलो कुरा त नेपालमा कम्युनिस्ट चिन्तन र राजनीतिले उनीहरूले चाहेको जस्तो सामाजिक, सांस्कृतिक तथा राजनैतिक रुपान्तरण गर्न सकेन । नेपाली धार्मिक तथा सांस्कृतिक कायाले अस्वीकार गरिदियो । कम्युनिस्ट नेताहरूले भोटका आधरमा नेपाली जनतालाई कम्युनिस्ट भएको मूल्यांकन गरे ।

उनीहरूले के बुझ्न सकेनन् भने जनताले कम्म्युनिस्टहरूलाई भोट दिनुको कारण गरिवी, अशिक्षा तथा कुरीतिहरूबाट उन्मुक्ति हो, धर्म, संस्कृति तथा मौलिक परम्पराबाट मुक्ति होइन । तथाकथित जनयुद्धको असफलताले विश्वका कम्युनिस्ट तथा एकेश्वरवादीहरू विक्षिप्त भएका छन् । नेपालको सनातनी संस्कृतिमा आफ्नो ‘दाल गल्ने’ नदेखेपछि नक्कली बौद्ध बनेर सांस्कृतिक क्रान्ति गर्नेबाट अपनाउन थालेका छन् ।

आज नेपालीहरूले बौद्ध धर्मको खोल ओढ्न थालेका छन् र तथाकथित समाजवादीहरूले ‘मुखमा रामराम बगलीमा छुरी’ को तर्जमा नेपालको मौलिकतामा प्रहार हुँदा ‘मैले सफलता प्राप्त गरें भने पशुपतिनाथमा संग्रहालय निर्माण गर्छु’ भनिनै रहेका छन् । आज माथिल्लो र बैचारिकतहका कम्युनिष्ट (मार्क्स यहुदी थिए) बौद्धको खोल ओढेका छन् । कार्लमार्क्समा रहेको एकेश्वरवादलाई बहुलवादी बौद्धमा थोपरेर नेपालमा सांस्कृतिक क्रान्ति पुरा गर्न चाहन्छन् । देवासुर संग्राम लेखेर मोदनाथ प्रश्रितले यसको थालनी गरका थिए ।

संचारप्रविधिको युगमा मैले चाहे पनि नचाहे पनि सूचनाहरूको पहुँच मेरो शयन कक्षसम्म हुन्छ । मैले जान्नु पर्ने, बुझ्नु पर्ने, आवश्यक र मैले नजाने, नबुझे र आवश्यक नपर्ने सूचनाहरू पनि मलाई थाहा हुन्छ । आमसंचारले जसरी असल कुराहरू, काम लाग्ने तत्थ्यहरू तथा भरपर्दा सूचनाहरू प्रवाहित गर्छन् त्यसरीनै एकआपसमा घृणा फैलाउने, द्वन्द मचाउने तथा विवाद निम्त्याउने सूचनाहरू पनि प्रवाहित गरिरहेका हुन्छन् । शक्तिशाली राष्ट्र र व्यक्तिहरूले छलबल लगाएर झूटो सामाचारलाई पनि विश्वसनीय तवरले पस्किन्छन् । राजनीति गर्नेले पनि केवल आफ्नो स्वार्थ पूर्ण हुने (नाफा हुने) समाचारलाई मात्र महत्व दिन्छन् । प्राचीनकालमा यहुदीहरूका विरुद्ध इसाईहरूले र इसाईहरूका विरुद्ध मुस्लिमहरूले फैलाएको घृणावादी चिन्तन आज भारतीय अम्बेदकरको खोलमा नेपाल भित्रिएको छ । दुर्भाग्यवास जानाजान हो वा नजानेर नेपाली साम्यवादीहरूले त्यसैको खोल ओढेर बौद्ध र हिन्दूहरूबीच घृणावादको बीजारोपण गरिरहेका छन् ।

धेरै साम्यवादीहरूलाई उपरोक्त भनाईहरू अप्रिय लाग्ने छन् तर जसरी अन्य धर्महरूका धार्मिक पुस्तक, तीर्थस्थल, संस्थापक, धार्मिक आचरण र गुरुशिष्य परम्परा हुन्छन् त्यसरी नै बौद्ध धर्ममा छन् । यदि बौद्धहरूलाई कम्युनिस्टहरूले ‘सबै भन्दा उत्तम र वैज्ञानिक धर्म’ भनिरहेका छन् भने यसबाट कि बौद्धधर्मको सांस्कृतिक तथा धार्मिक विनाश हुन्छ नत्र कम्युनिस्टहरूले कार्लमार्क्सको मार्गनिर्देशनलाई त्यागेर बुद्धको मार्गनिर्देशन स्वीकार गर्नुपर्छ । इतिहासलाई नियाल्ने र बुझ्ने हो भने न कम्युनिस्टहरू बौद्धधर्मावलम्बी बन्ने सम्भावना छ न बौद्धहरूनै कम्युनिष्ट बन्न सक्छन् । स्वर्ग, नर्क, पूनर्जन्म र कर्मतन्त्रमा विश्वास गर्ने बौद्ध बन्नका लागि साम्यवादीहरूले पनि स्वर्ग, नर्क, पूनर्जन्म, कर्मतन्त्र र करुणामा विश्वास गर्नु पर्छ । केवल हिंसा र प्रतिहिंसाले मात्र राजनैतिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण हुन्छ भन्ने कुरामा विश्वास गर्ने साम्यवाद र करुणा र अहिंसाले मात्र आत्म तथा विश्वको कल्याण हुन्छ भन्ने विश्वासका साथ जीवन यापन गर्ने बौद्धजीवन दर्शानमा साम्यवाद कहाँ पर्छ ? स्वयम्भुले बुझ्न सक्दैनन् तर साम्यवादी बौद्ध वा बौद्ध–साम्यवादीले बुझेका होलान् ?

–महात्मा बुद्धले प्राणीलाई त्याग सिकाएका हुन् भने कार्लमार्क्सले मान्छेलाई ‘भोग’ गर्ने साधन शक्ति प्रयोग गरेर भए पनि प्राप्त गर्न प्रेरित गरेका हुन् । आफूलाई बौद्ध भनेर चिनाउन चाहने नेपाली साम्यवादी कुन् कित्तामा पर्छन् ? बुझ्नेले सजिलै बुझ्न सक्छन् । जहाँसम्म अम्वेडकर भर्जनको बौद्ध–सम्प्रदाय हो, यो लामो समयसम्म बेलायतमा बसेर अध्ययन/अध्यापन गरेका वी.आर. अम्मेदकरले इसाई तथा मुस्लिम एकेश्वरवादलाई बौद्धकरण गरेको प्रतिफल हो । अम्बेदकरको आँखाले बौद्ध धर्मलाई बुझ्नेहरूले एउटा विनम्र मुस्लिमले इस्लामलाई बुझे र अर्को विनम्र इसाईले इसाईत्वलाई बुझेझैं बुझ्ने गर्छन् । अर्काको अस्तित्व निषेध गरेर आफू अगाडी बढ्ने मुसाईहरूझैं अम्बेदकरवादीहरू अगाडी बढ्छन् । असलमा, अम्बेदकरवादीहरूको उदय केवल हिन्दूहरूप्रति घृणा व्यक्त गर्न भएको हो भन्ने तत्थ्य उनीहरूका क्रियाकलापले प्रष्ट हुन्छन् । यदि कुनै अम्बेदकर ब्रान्डको बुद्धिष्टहरू सधैं हिन्दू–विरोधी खेमामा उभिएको पाइने छ । यो प्रमाणिक तत्थ्य वारे धेरै विद्वानहरूले बोल्दैनन् किनभने अम्वेडकरको विरोध गर्नु नै दलितहरूको विरोध गर्नु हो भन्ने निकै साँघुरो प्रतिमान स्थापित गरिएको छ ।

भगवान् बुद्धलाई विष्णुको ८औं अवतार मान्ने तर बुद्धका अनुयायीहरूको निन्दा गर्नेहरूको औचित्य छैन । त्यस्तै आफुलाई बौद्ध मान्ने तर हिन्दूहरूको आलोचना गर्नेहरू पनि औचित्यहीन हुन् । बौद्ध धर्मआफैमा परिपूर्ण छ, त्यसलाई हिन्दूहरूको उपकार चाहिन्न र हिन्दूहरू पनि सम्बृद्ध छन् तिनलाई बौद्धहरूको भर चाहिन्न तर हिन्दू र बौद्ध दूवै वैदिक–संस्कृतिका उपज हुन् र यी दूवै सम्प्रदायहरू एकआपसमा पुरक हुन्, सहयात्री हुन् भनेर मान्नु र त्यसअनुकुलको व्यबहार गर्नुनै बास्तविकता हो । बौद्धहरूबाट हिन्दूहरूको आलोचना गराएर बौद्धहिन्दूबिच घृणा फैलाउने षड्यन्त्रमा विश्वास गर्नेहरू विश्वका सबैभन्दा दयनीय व्यक्ति हुन् । सम्भवतः साम्यवादबाट बौद्धको बाटो समात्नेहरूले पनि आफ्ना पिता यहुदी कार्लमार्क्सबाट विरासतमा प्राप्त गरेको एकेश्वरवादी चिन्तननै बौद्धभित्र छिरेर रोप्ने प्रयत्न गरिरहेका छन् । नेपालहरू चनाखो हुनुपर्छ – बौद्ध तथा हिन्दू दुवै करुणा तथा त्यागका संवाहक हुन्, घृणावादका होइन ।

मलाई कार्लमार्क्स जर्मन वा बेलायतको धर्तीमा मन पर्छन् । माओ चीनमा र लेनिन एन्गल्स रूसमा मन पर्छन् । नेपालीले पनि यी व्यक्तिहरूको योगदान वारे जान्नुपर्छ । असल विचारहरूको सम्मान गर्नुपर्छ । आज युरोपमा मार्क्सवाद गतार्थ भैसकेको छ भने युरोपबाट वाहिर जुनजुन देशहरूले साम्यवादको प्रयोग गरे, ती आर्थिक रूपमा ध्वस्त नै भएका छन् । नेपाल पनि साम्यवादको एउटा प्रयोगशाला बनेको छ जुन जातीय, भाषिक, राजनैतिक तथा स्वजनवादको गहिरो गर्तमा नेपालीहरूलाई धकेलेर अहङ्कार गर्दैछ । अचम्मको कुरा त के हो भने स्वजनवादको स्वार्थमा अन्ध भएर ऊच्चतरका विद्वानहरू पनि मार्क्सवादी बौद्ध चोला ओढेर यसका मतियार बन्दैछन् । नेपालको बौद्ध–समुदाय साम्यवादी बौद्धवादले दूषित हुँदैछ वा साम्यवादी साच्चिकै बौद्ध हुँदैछन् ? भन्न सजिलो छैन र धेरै ठाउँमा सजिलो पनि छ ।

जे होस्, यदि साम्यवादीहरूलाई बुद्धको देशना छोएको हो भने कार्लमार्क्सका असल उपदेश बोकेर बुद्धको शरणमा आएको राम्रो हो । यदि बौद्धहरूलाई साम्यवादको जालोमा फंसाएर ‘भोट’ प्राप्त गर्न बौद्ध बनेको हो भने बौद्ध–समुदायका लागि निकै दुर्भाग्यपूर्ण हुने छ ।
भवतु सब्ब मङ्गलम् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी

कुमारी सहकारी हिनामिना प्रकरणमा जिसस म्याग्दीका प्रमुखसहित पाँच जना जेल चलान

म्याग्दी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू एक अर्बभन्दा बढी हिनामिना र

अमेरिकाबाट फर्काइएकालाई आवश्यक सोधपुछपछि लगाइयो परिवारको जिम्मा

काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट

प्रतिनिधिसभाबाट पाँच अध्यादेश स्वीकृत, भूमिसम्बन्धी अध्यादेश ‘अलपत्र’

काठमाडौं । प्रतिनिधिसभाबाट सरकारले ल्याएका ६ मध्ये पाँचवटा अध्यादेश स्वीकृत भएका छन् ।