जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक
काठमाडौं । जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक देखिएको छ ।
बिहीबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक देखिएको हो ।
छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सरकारको विषयमा धारणा राखेको र प्रधानमन्त्री दाहाल जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको जानकारी दिए ।
उनले आगामी दिनमा सरकारको विषयमा पनि छलफल हुने बताए । अध्यक्ष यादवले भने ‘उपराष्ट्रपति, राष्ट्रपति, सरकार लगायतका विषयहरुमा हामीले आफ्नो धारणा राख्यौं । प्रचण्डजीहरु जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहनुभएको छ ।’
अध्यक्ष यादवले प्रधानमन्त्रीले जुनसुकै काम गर्दापनि नेपाली काँग्रेसलाई सहमतिमा लिएर जान चाहेको आफूले पाएको उल्लेख गरे ।