कर उठाउने सम्पति कमाउन नागरिक बेच्ने प्रणालीबाट राज्य मुक्त हुनुपर्छ



डा. युवराज संग्रौला ।
मिङ्ग शासनकालमा नेपाल चीनबीच अझ बढी सम्पर्क र व्यापार थियो भनिन्छ । चिनियाँ संग्रहालयमा भएका ग्रन्थहरुको अध्ययन नेपाली इतिहासकारहरुले गरेका छैनन । नेपालको वर्तमान राजनीतिक अराजकतासँग मिल्दोजुल्दो अवस्थाको समाधान मिङ्ग शासनमा वाङ्ग याङमिङले गरेका थिए। प्रायोजनवाद (Pragmatism) को दर्शनशास्त्र यिनले अगाडी ल्याएका हुन। उन्ले भने ‘प्रयोग बिनाको ज्ञानको कुनै अर्थ छैन।’

१. यिनले राष्ट्रिय परीक्षा पास गरे र आधिकारी भए । भ्रष्टाचारले गाँजेको शासनमा दुष्ट पधाधिकारीले असललाई फतुर लगाइ थुने । यिनले बिरोध गरे। यिनलाई पनि थुनियो, पचास भांटा हानेर ।

२. जागिर पनि गयो । तर जियांसी र फुजीयन प्रान्तमा विद्रोह शुरु भयो । राजाले माफी माग्दै यिनलाई उक्त विद्रोह साम्यपार्न खटाए। यिनले काम पूरा त गरे। तर दमनले विद्रोह कसरी साम्य होलार ! ‘मनको विद्रोह साम्य पार्नु चै समाधान हो। हिजो पहाडमा खेती पाती गर्ने यी किसान किन विद्रोही भए ?’  उनले सोचे।

३. ‘शासनका दुई रुप छन् । ली–ज्या प्रणाली कर उठाउने प्रणाली हो। यसले धनीलाई झन् धनी र गरीबलाई झन गरीब बनाउँछ। यस्तो राज्यमा गरीबले दिन रात काम गर्छ र राज्यलाई कर बुझाउँछ । धनीले मस्ती गर्छ। यस्तो राज्यमा विद्रोह स्वाभाविक हो।’

४. ‘बाओ–ज्या सामाजिक शुरक्षामा आधारित राज्य प्रणाली हो। यसमा सरकार जनताको सेवा र सुरक्षाका लागि काम गर्छ। धनीले बढी कर तिर्छ, बजारमा राज्यले अनुशासन कायम गर्छ। नैतिक व्यापारीको विकास हुन्छ, माफिया जेल जान्छ।’ चीनले आफ्नै विशेषताको समाजबाद लागू गरेको छ । चीनमा र दक्षिण एसियामा २००० बर्षदेखि समाजवादी व्यवस्था छन् ।

५. बूढो राजा मरेपछि याङ्गमिङ प्रधानमन्त्री भए। नयाँ राजा बाओ–ज्या पक्षधर थिए। याङ्गको विचार राज्यको विचार भयो् । मिङ्ग शासनको उन्नति भयो । यति धेरै शक्तिशाली भयो, झन्डै ३३ प्रतिशत संसारको सम्पति चीनसँग थियो। २२५ वटा पानी जहाज लिएर २५००० चिनियाँ सेना प्रसान्त हिन्द महासागर हुँदै भारतको मलावार किनार आयो र मरीच, अलैंची, सुकुमेल, नरिवलको ब्यापार शुरुभयो । याङ्गको बाओ–ज्या अर्थात एसीयाली समाजवादको विचारले जापानमा मेजी सुधार शुरु भयो। रसियामा पिटर दि ग्रेट्को सुधारको प्रेरणा पनि यही थियो।

६. जब राज्य संकटमा फंस्छ, देशका बौद्धिकले विचार (राजनीति विज्ञान) को निर्माण गर्छन् र राज्यलाई संकटमुक्त गर्छन् । यो कुरा सभ्य समाजको विशेषता हो। अराजक समाजमा बौद्धिकको होइन शासकको खोजी हुन्छ। नेपाललाई विदेशी हस्तक्षेप, भ्रष्टाचार र राजनीति अनैतिकताबाट निकाल्न देशमा ‘पैसाले वस्तु उत्पादन गर्ने, वस्तुको बजारले मुनाफा आर्जन गर्ने र मुनाफाको लगानीबाट पुनः वस्तु उत्पादन गर्ने’ र आयातलाई निर्यातले प्रतिस्थापन गर्न जनतालाई उत्पादनप्रति प्रेरित गर्ने अर्थतन्त्र र त्यस अर्थतन्त्रलाई व्यवस्थापन गर्ने जनताको खास प्रतिनिधित्व भएको राजनीति आवश्यक छ । जब जब नेपालले अर्थतन्त्र राम्रो बनायो आफ्नो सम्मान पनि कमायो ।

हाम्रो राज्य प्रणाली कर उठाउने सम्पति कमाउन नागरिक बेच्ने प्रणालीबाट मुक्त भै वस्तु उत्पादन गर्ने र उत्पादनबाट कर असुल्ने प्रणालीमा रुपान्तरण हुन सकेन भने, राजनीति दलहरूको अवसान निश्चित छ, नेताहरूको पतन निश्चित छ, विदेशीको नियन्त्रित अस्थिरता झन् कठिन हुनेछ, नेपालको सुरक्षा भत्किने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोटाङको बुइपाका चार टोलमा आयातित पेयपदार्थ सेवनमा प्रतिबन्ध

खोटाङ । खोटाङको  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित चार वटा टोलका स्थानीयले आयातित

एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ ‘एचएमपिभी’

रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने, थुनछेकको आदेश आज आउने सक्ने

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी

संविधान संशोधनकाबारेमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विश्वप्रकाशको विमति

झापा  ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई आगामी निर्वाचनको नभई देशको चिन्ता रहेको