राजनीतिका बहुरुप र आगामी सम्भावना



शारदाप्रसाद त्रिताल ।
राजनीति भनेको बक्र रेखामा हिंड्ने खेल हो । यसलाई फोहोरी खेल (म्ष्चतथ न्बmभ) पनि भन्ने गरिन्छ । नेपालको करिब ३० वर्षको अनुभवले यस तथ्यको पुष्टि गरेकोछ । यस वर्षको निर्वाचनको परिणाम आउँदै गर्दा हाम्रो राजनीतिक खेल २०५२ सालतिर फर्किने सम्भावनाको आँकलन हुँदै थियो । यो अहिले पुष्टि भयो पनि । यद्यपि मंसिर ४ मा भएको निर्वाचनपछि आजको दिनसम्म आइपुग्दा केही राम्रा अभ्यास पनि भएको देखिन्छ, जस्तै–

१. कुनै पनि दलले संसदमा स्पस्ट बहुमत नल्याएको अवस्थामा सबैभन्दा ठूलो दलले आफ्नै नेतृत्वमा सरकार गठन गर्न जोडबल गर्नु एउटा राम्रो प्रयास थियो । गठबन्धनका अन्य दलहरुको अनावश्यक मागप्रति नझुक्नु ठूलो पार्टीले देखाएको राम्रो सन्देश पनि हो । यद्यपि कतिपयले यसबारेमा आलोचना पनि गरेका छन् । प्रजातन्त्रमा यसलाई सामान्य मानिनु पर्छ ।

२. दोस्रो ठूलो दलले पहिलो दललाई सत्तामा जान रोक्न खोज्नु स्वाभाविकै हो जुन अहिले सफल भएको छ ।

३. तेस्रो ठूलो दलले पहिलो र दोस्रो दलका बीच खेल खेल्नु पनि स्वाभाविक मानिन्छ जुन अहिले मज्जैको खेल भयो ।

४. विगत डेढ वर्षमा सरकारमा रहनेहरुले धेरै विकृतिहरु ल्याएका थिए । मुख्यत पञ्चायती कालमा भूमिगत गिरोह भनिने अदृष्य तत्वहरु जस्तै भाउजूहरुको अस्वाभाविक गतिविधिले देश तहसनहस अवस्थामा पुगेको थियो । यो अदृष्य शक्ति अव अलग भएकोछ (तर दुखको कुरा अवका दाजुहरु आफैं यस्ता खेलमा माहिर छन् त्यसैले विकृतिहरुमा कमी आउने वाला चाहिं छैन) ।

५. नेपाली कांग्रेसलाई प्रचण्डांग्रेस बनाएर देउवा एण्ड कम्पनीले नेपाली कांग्रेसका सच्चा नेता र कार्यक्रताहरुको तेजोबध गरिरहेको थियो । अब त्यसमा कमी आउने भयो ।

६. केही अध्यादेशहरु रोक्नमा विपक्षी दल निकै सकृय थियो । अब आफ्नो हातमा सत्ता आएपछि उसको अडानको सक्कली रुप देख्न सकिने छ जसले जनतामा रहेको भ्रम पनि स्पस्ट हुनेछ ।

७. हालको शासकीय संस्कृतिको विरोध गर्दै संसदमा जितेर आएका राष्ट्रिय स्वतन्त्रत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी पनि सरकारमा सामेल हुने भएका छन् । यिनीहरुले नयाँपन दिने हुन् कि कमल थापाकालिन राप्रपाको भूमिका निर्वाह गर्ने हुन् त्यो पनि स्पस्ट देखिने नै छ ।

८. राजनीतिमा जे पनि जायज हुन्छ भन्ने मान्यता रहे पनि तत्कालिन नेकपा कालको अन्त्यतिर प्रचण्ड र ओलीले एकअर्काविरुद्ध सार्वजनिक रुपमा दर्ज गरेका आरोपपत्रहरुको बारेमा कस्तो प्रतिक्रिया आउने हो त्यसबाट पनि उहाँहरुको नैतिकताको जाँच शुरु हुनेछ ।

९. बालुवाटारस्थित ललिता निबासको जग्गा मन्त्रिपरिषदले निर्णय गरेर पनि सरकारको नाममा नल्याउने पूर्ववर्ती सरकारवाला दल नै पुनः सरकारमा आएकोले यस कार्यमा कस्तो व्यवहार गरिने हो थाहा पाइनेछ ।

१०. झिनो सम्भावना भए पनि प्रचण्डले अब प्रधानमन्त्री भएमा देशको विकास गरेर देखाउँछु भन्नु भएको कुरा प्रमाणित हुने अवसर आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वराजाको प्रश्नः परायाबाट सिर्जित वाद विवादको चक्रव्युहमा हामी किन फस्यौं ?(भिडियो)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले हामी नेपालीहरु सुनको कमण्डलु बोकेर अरुसँग भिक्षा मागिरहेको

रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी

८४ दिनपछि रवि लामिछाने धरौटीमा रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन्

रविसहित सातैजनासँग धरौटी माग, कोसँग कति धरौटी ?(आदेशसहित)

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति