कट्टरपन्थीहरूको गठबन्धनः धर्मनिरपेक्षता



डा. गोविन्दशरण उपाध्याय ।

यहुदी, इसाई र मुस्लिम सम्प्रदायले एकअर्कालाई देखि सहन्नन् तर हिन्दू, जैन, बौद्ध, किराती वा अन्य सभ्यताहरू निल्ने काममा भने यिनीहरू बीच निकै मधुर सम्वन्ध विकसित हुन्छ र तेस्तो कार्यगत एकताको नाम ‘धर्मनिरपेक्षता’ हुन्छ । नास्तिकहरूले धर्मनिरपेक्षवादी हुँ भन्ने कुरा पच्दछ तर कट्टरपन्थी इसाई–मुस्लिमहरूले धर्मनिरपेक्षताको झन्डा उठाएर हिडेको कुरा चाहिं कत्ति पनि हजम हुँदैन ।

एउटा मुस्लिम, एउटा यहुदी र एउटा इसाई धर्म निरपेक्ष हुनै सक्दैन तर नेपाल र भारतमा उनीहरू धर्मनिरपेक्षको पक्षमा उभिएका छन् । यसको अर्थ सोझो छ–यहुदी, इसाई, मुस्लिम तथा धर्मनिरपेक्षतावादी राजनैतिक शक्तिहरूको गठवन्धनले सधैं हिन्दू, बौद्ध, जैन तथा अन्य रैथाने संस्कृतिसंग शत्रुतापूर्ण ब्यबहार गर्छन् । नेपाल र भारतका हकमा भने धर्मनिरपेक्षता भनेको इसाई तथा मुस्लिम कट्टरपन्थीहरूको गठवन्धनलाई बुझ्नुपर्छ । दुर्भाग्यवस, पछिल्लो समयमा केही बौद्धहरूले पनि यही बाटो अंगालेका छन् ।

यदि पराई भूमिबाट नेपाली भूमिमा छिरेका विदेशी धार्मिक समुदायले आफुलाई धर्मनिरपेक्ष भन्छन् र अर्कोतिर पैसाको धोक्रो बोकेर कट्टरता फैलाउँछन् भने कुरा मनन गर्नुपर्छ । नेपालमा भने पराई भूमिबाट आएको राजनैतिक चिन्तन र पराई भूमिबाट छिरेका कट्टरपन्थी धार्मिक समुदाय बीच ‘सांस्कृतिक विनासका’ लागि गठबन्धन बनेको छ भने यस्तो गठवन्धनलाई प्राकृतिक ठान्नुपर्छ । अमेरिका पुगेपछि पाकिस्तानी र भारतीय पनि दाजुभाइझैं हुन्छन् ।

नेपाल र भारतका हकमा धर्मनिरपेक्षताको अर्थ र प्रयोजन कट्टरपन्थी मुस्लिम र धर्मपरिवर्तन गराउन अहोरात्र खट्ने डलरे क्रिस्चियन हितको रक्षा गर्नु हो । नत्र भने हिन्दूहरूले आफ्नो धार्मिक, सांस्कृतिक तथा सामाजिक सुरक्षाका लागि सरकारसंग आग्रह गर्दा होस् वा कार्यक्रम संचालन गर्दा होस् तुरुन्त कट्टरपन्थी वा पुरातनवादीको बिल्ला भिराइन्छ तर मुस्लिमहरूले तीन तालक दिएर महिलाको अधिकार आघात गर्दा होस् वा प्रोस्टेस्टेन्ट चर्चहरूमा महिलाहरूसंग चरमभेदभाव हुँदा किन नहोस्–केही डलरे मानवाधिकारवादी र सरकारीस्तरबाट बोलिन्न । तथ्य र सत्य दूबै प्रष्ट छन् । वि.स. २०१३ सालमा पहिलो धार्मिक दङ्गा गर्ने पनि धर्मनिरपेक्षतावादी नै थिए र यो रोतहटमा भएको थियो ।

धर्मनै नमान्ने पश्चिमा प्रतिमान बोकेर हिड्ने राजनैतिक दलहरूले कट्टरपन्थी धार्मिक पन्थसंग (यहुदी, इसाई तथा मुस्लिम) सहकार्य गर्छन् किनभने यिनले अङ्गिकार गरेको राजनैतिक दर्शनको स्रोत पनि केवलेश्वरवाद नै हो । यदि आज हिन्दू, जैन, बौद्ध, किरात तथा वोन समाज कट्टरतातिर अग्रसर छ भने यो सिकाउने धर्मनिरपेक्षताको आवरणमा लुकेर राजनीतिलाई प्रभावित पार्ने पराई धार्मिक सम्प्रदायहरू र यी कट्टरपन्थीहरूलाई वास्तविक धर्मनिरपेक्षतावादी मान्ने राजनैतिक दल नै हुन् ।
उपरोक्त सत्यलाई बुझौं, मनन गरौँ ।
स्वस्ति अस्तु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

पृथ्वीनारायण शाह र घृणावादको तराजु !

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीनारायण शाह नेपालका राजा हुँदै विश्वभरी लोकतान्त्रिक गणतन्त्रको नाम

पन्ध्र महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षामा परिवार

कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन

तराईमा शीतलहर: बढ्दो जोखिममा पूर्वतयारी सुस्त

काठमाडौं । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार