आखिर चुनाव जित्न के चाहिन्छ ?



केशवप्रसाद भट्टराई ।

१. व्यक्तिगत हैसियतमा राज्य स्रोत उपयोग नगरिकन रविन्द्र मिश्रले शिक्षा –स्वास्थ्य लगायतका क्षेत्रमा जे जति सामाजिक सेवा गरेका छन् , त्यति सम्भवत अर्को कुनै राजनीतिक व्यक्तिले गरेको नहोला । योग्यता, क्षमता, वौद्धिकता, राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा उनको क्षमता पनि अब्बल छ । तर चुनाव हारे– मुलुकमा सवैभन्दा बढी वौद्धिक भनेर दावी गर्ने मतदाताहरू भएकै क्षेत्रमा उनी हारे ।

२. मेरा छोरा छोरीकी उमेरकी छिन मानुषी यमी भट्टराई । वैचारिक रूपमा मेरो उनीसँग विमति होला , तर मेरो चिन्तनको स्तरभन्दा धेरै परिष्कृत र सन्तुलित किसिमले उनी आफ्ना कुरा राख्न सक्छिन् । उनका पिता र आमा भन्दा धेरै योग्य र सक्षम लाग्छिन उनी मलाई । एउटा सांसदकोरुपमा आफ्नो भूमिका, दायित्व र चुनौतीबारे धेरै अन्य झन्डै बहुसंख्यक उम्मेदवारहरू भन्दा उनी प्रष्ट छिन् तर उनी पनि चुनाव हारिन् – राजधानीमै हारिन् ।

३. भद्र, सुशिक्षित र प्राज्ञिक छविका भीमसेनदास प्रधान पनि हारे ।

४. देशको स्वतन्त्रता, प्रभुसत्ता , सम्मान , सुरक्षा र प्रजातन्त्रको रक्षा सफल र सवल अर्थतन्त्रले मात्रै गर्न सक्दछ,त्यसको लागि संसदमा र सरकारमा राम्रा अर्थशास्त्रीहरूको उपस्थिति अति आवश्यक हुन्छ । डा. रामशरण महत, महेश आचार्य, डा. स्वर्णिम वाग्ले, डा युवराज खतिवडाहरूले त टिकटै पाएनन् , सक्किगो । डा. विश्व पौडेल थिए चितवनमा उम्मेदवार – मुलुकको सवैभन्दा गतिशील,सचेत दावी गर्ने जिल्लामा–उनी पनि हारे ।

५. निजी क्षेत्रबाट र तुलनात्मक रूपमा सस्तोमा नेपालमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नेहरूमा अग्रणी हुन्–उमेश श्रेष्ठ । उनले चलाएको अस्पताल थाहा छैन तर स्कूल र कलेज अन्तर्राष्ट्रिय स्तरका छन् । हजारौँ हजार नेपाली युवालाई उत्कृष्ट शिक्षा दिएका छन् । सयौंलाई वर्षौंदेखि राम्रो रोजगारी दिएका छन् । समाजसेवा गरिरहेकै छन् । कोरोना महामारी फैलदा स्वास्थ्य राज्य मन्त्रीकोरूपमा असाधारण क्षमता प्रदर्शन गरेका हुन् । उनी पनि हारे ।

६. कुनै उद्योगधन्दा, व्यापार–व्यवसाय र आयआर्जनका कुनै स्रोत नदेखिने तर विभिन्न माध्यमबाट गलत तरिकाले अकूत आय आर्जन गरेर तथा राज्य दोहन गरेर हरेक महिना लाखौँ खर्च गरेर राजनीति धानिरहेका र आफ्नो भजन र किर्तन गर्ने र प्रतिद्वन्द्वी विरुद्ध निन्दा, गाली र घृणा फैलाउने अनेकौं कार्यकर्तालाई पालेर राखेकाहरूले विनोद चौधरी, उमेश श्रेष्ठ वा अन्य राजनीतिक दलका उद्यमी उम्मेदवारहरूको खेदो गर्छन् ।

७. विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटा प्रखर र अत्यन्त ठूलो आत्म विश्वास भएकी युवा महिला हुन् । देश–विदेशबाट उत्कृष्ट शिक्षा प्राप्त गरेकी छिन् । हरेक राष्ट्रिय सरोकारका विषयमा आफ्ना कुरा कुनै दुविधारहित भएर स्पष्टसँग राख्न सक्छिन् । राष्ट्रका सामू उपस्थित सवै चुनौती बुझेकी छिन् । व्यवसायिक जीवनमा पनि सफल छिन् । राष्ट्रको कुनै पनि जिम्मेवारी कुशलताका साथ वहन गर्ने क्षमता छ उनीसँग, तर राजधानीको मेयरमा उनले सम्मानजनक मत पनि पाइनन् ।

८. कृष्णप्रसाद भट्टराई, हृषिकेश शाह, किर्तिनिधि विष्ट, मातृकाप्रसाद कोइराला, मदनमणि दीक्षितहरू नराम्रोसँग हार्छन् । …….. जित्छन् । राजधानी हो , देशका सवै वौद्धिक र सचेतहरू थुप्रिने ठाउँ । मतदाता सार्वभौम भनेर मान्ने विचारको पक्षपाती म – मतदातालाई केही भन्ने अधिकार राख्दिन ।

९. तर प्रश्न भने मनमा उठिरहन्छ आखिर चुनाव जित्न के चाहिन्छ ? के ले जितिन्छ चुनाव ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब

संसद्को अवहेलनामा गृहमन्त्रीलाई कारबाही गर्न सभामुखलाई धनराज गुरुङको पत्र

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसद्को

सभामुख पार्टी विशेषको कार्यकर्ता जस्तो भएर प्रस्तुत हुनु अशोभनीयः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीको नाराबाजीकाबीच

सहकारी ठगीको विषयलाई सदन र सडकबाट थप चर्काउने विपक्षी दलहरुको निर्णय, सभामुखले मर्यादा बिर्सिएको ठहर

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरूले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न