यौनको आकर्षण र विकर्षण



डा. गोविन्दशरण उपाध्याय ।

श्रीमद्भागवतको नवौं स्कन्धको ६ औं अध्यायमा सौभरी ऋषिको कथा आउँछ । कथाअनुसार सौभरी ऋषि जमुना नदीको किनारामा तपस्या गरिरहेका हुन्छन् तेसै बखत उनको आँखा “यौन सम्पर्क गरिरहेको माछा“मा पर्छ । उनमा पनि यौन इच्छा जाग्छ र राजाकोमा गएर विवाहका लागि छोरी माग्छन् । राजाले ऋषिलाई हुन्न भन्न सक्दैनन् र छोरीहरूले “रोजे“ आपत्ति नहुने तर्क गर्छन् ।

ऋषिले राजाको चलाखी बुझ्छन् र योगबलले आफुलाई नवयुवक बनाएर राजपुत्रीका अगाडी जान्छन् । ऋषिको त्यो सुन्दर रूपदेखेर सबै राजकुमारीले पतिका रूपमा चाहना गर्छन् र राजाले ती सबैसंग ऋषिको विवाह गरिदिन्छन् । ऋषि सौभरीले ती राजकन्याहरूसंग लामोसमयसम्म “यौनसुख“ भोग्छन् ्र तर जति भोगे पनि मन नभरिएपछि अचम्म मान्दै “विषय भोग“बाट कहिलै पनि “मन“ न भरिने ज्ञान भएपछि ती सबै राजपुत्रीहरू सहित पछुतो गर्दै पुनः तपस्यामा लाग्छन् ।

वैदिक साहित्यहरूमा यौनका विषयमा बडो खुला तवरले चर्चा गरिएको छ । यो कथाले दिन खोजेको संदेश हो कि जस्तोसुकै योगी वा तपस्यी वा ठूलो मान्छे भए पनि “यौनआकर्षण“ले सजिलैसंग प्रभावमा पार्न सक्छ । त्यसैले यसलाई नकार्नु भनेको प्रकृति विरुद्ध हो । यौनक्रिया प्राकृतिक हो तर शास्त्रहरूले यसको व्यबस्थापनका लागि विवाह–संस्थाको विधान बनाएको छ । यो विधान पालन नगरी यौनक्रिया गर्नु व्यभिचार हो ।

शास्त्रको आज्ञा मानेर विवाह गरेर यौनकार्य गर्दा भगवानको आदेश पालन गरेको हुन्छ भने स्वच्छन्द यौनाचार गर्दा अनेकौं समस्याहरू निम्तिन्छन् । आज जसरी यौनलाई छाडा र स्वच्छन्द बनाइदै छ, यसले निम्त्याएका बिकृतिहरू पारिवारिक विखण्डन, पतिपत्नी बिच विवाद, विवाहइतर यौनकाण्डहरू, आत्महत्याहरू निम्तिएका छन् ।

आजको युवाशक्तिलाई यौन–विज्ञापनहरूले दिग्भ्रमित गरेको छ । कम्पनीहरूले कण्डमको विक्री होस् वा अन्य यौनसामग्रीहरूको विक्रिका लागि “यौन स्वच्छन्दता“को पक्षमा विज्ञापन गर्छन् । यसले उनीहरूको प्रोडक्ट बिक्छ तर विज्ञापनको जालमा फस्नेहरुको बैवाहिक जीवन अथवा आपसी विश्वास चकनाचुर भएर जीवन विग्रन्छ । सत्य यही हो । वैदिक शास्त्रहरूले यौनक्रियालाई अस्वीकार गरेका छैनन् तर विवाहपुर्व यसको अनुमति पनि दिएका छैनन् । मैले धेरै व्यक्तिहरूलाई भेटेको छु जसले विवाहपूर्व यौनाचार गरेका थिए, उनको पारिवारिक जीवनमा अविश्वासका कारण सधैं अशान्ति छ ।

सौभरीको कथाले भन्छ “यौन“ इच्छा हुनु प्राकृतिक स्वभाव हो र यसको उपयोग शास्त्रले निर्धारित विधिअनुसार गर्नुपर्छ । यसो गर्दा ऋषि सौभरीले झैं आत्मज्ञान प्राप्त हुन्छ र सपरिवार मोक्ष मिल्छ । अव यो कुरा पाठकमा निर्भर गर्छ कि स्वच्छन्द यौनाचार गरेर पारिवारिक विग्रह, पतिपत्नीको एकआपसी विश्वासप्रति विश्वासघात, सामाजिक तथा सांस्कृतिक अपहेलना र पाप कमाउने हो कि शास्त्रीय मर्यादापूर्वक विवाह गरेर सन्तान जन्माएर ईश्वरीय आदेशको पालन गर्दै आनन्दमय जीवन यापन गर्ने हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमा सफल भएको बताएका

कांग्रेस उम्मेदवारलाई पराजित गर्दै बझाङमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ । बझाङमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी प्रदेशसभा सदस्यमा विजयी भएका छन्

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

डा. गोविन्दराज पोखरेल । समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ ।

गण्डकीका आठ हजार २७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित

गण्डकी । गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ ।