वासनाको स्वरूप



डा. गोविन्दशरण उपाध्याय ।

मान्छे जन्मान्ध हुन सक्छ तर अन्धो हुनुको अर्थ देख्न न चाहनु, सुन्न नसक्नुको अर्थ सुन्ने चाहना नहुनु, स्पर्शको अनुभव नहुनुको अर्थ स्पर्शको चाहना नहुनु पटक्कै होइन । मान्छेका इन्द्रियहरूले काम नगर्दा बासना झन् बलियो भएर आउँछन् । बालबालिकाले त्यही गर्छन्, उन कुरा उनीहरूलाई गर्न हुँदैन भनिएको हुन्छ । ठूलो मान्छेमा पनि जिज्ञासा त्यस्तै हुन्छ । मैले आफैले पनि धेरै पटक अनुभव गरेको छु कि जुन् चाहना मैले सबैको अगाडी वा छोराछोरीको अगाडी पूरा गर्न सकेको थिइनँ मैले एकान्तमा पुरा गरें ।

मलाई चिकित्सकले गुलाव जामुन खान हुँदैन भनेको छ तर मैले छोराछोरी र पत्नीबाट जोगिएर खाएँ । धृतराष्ट्र जन्मांच थिए तर उनले महाभारतको युद्ध कानले सुनेर आफ्नो बासना मेटाउने प्रयत्न गरे । त्यसैले यदि जीवनलाई नियमित र धर्ममा प्रवृत्त गर्नुछ भने मैले आफूसँग झूटो बोल्नु हुँदैन । बासना नभएको, चाहना नभएको, विश्वप्रति वैराग्य भएको नाटक गर्नेहरू भन्दा आफ्ना कुराहरू प्रत्यक्ष रूपले प्रकट गर्नेहरू सरल, सहज तथा विश्वनीय हुन्छन् । किनभने उनीहरूले आफ्नो मनको कुरा बोलिरहेका छन् ।

यौनसुख भोग्ने गहिरो चाहना हुँदाहुँदै “बाबा“जी बनेको नाटक गर्नेहरू सबैभन्दा खतरनाक हुन्छन् । चिल्लाचिल्ला कारहरू चढ्ने, देश–विदेशको यात्रा गर्ने तथा मीठोमिठो खानाको गहिरो चाहना हुँदाहुँदै वैरागी बन्नेहरूको मन काँचो बारुदझैं विस्फोटक हुन्छ । कतिवेला फुट्छ भन्नै सकिन्न । उनीहरूको आवरणले रक्षा गर्दैन । महाराज भरत तपस्या गरिरहेका थिए, अचानक एउटा मृगको पाठीप्रति उनी आकर्षित भए । उनको भित्र मनको तहमा अझैं पनि आफ्ना बालबालिकाप्रतिको माया लुकेर बसेको रहेछ, पाठीमा प्रकट भयो । भगवान् श्रीकृष्णले अर्नुनलाई “यदि तिमीले सन्यास लिएर जङ्गल पस्यौं भने पनि क्षत्रीयका वासना तिमीसंग नै हुने छन्, तिमीले अर्को उत्पात गर्ने छौँ । आफूसँग ठीकठीक व्यबहार गर्न कि बिस्फोट नहोस् । सत्यलाई स्वीकार गरेको घडीमा अलिअलि दुःख हुन्छ तर सत्यलाई अस्वीकार गरेको खण्डमा सत्य लुकाउँदाको दुःख त्यो भन्दा पनि बढी हुन्छ ।
स्वस्तिअस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली