जे होस्, बाबुरामको यस निर्णयले केही गहिरो सन्देश पनि दिन्छ



जेपी गुप्ता ।

डा. बाबुराम भट्टराईले आसन्न संसदीय निर्वाचनमा उम्मेदवार नहुने निर्णय सार्वजनिक गर्नु भएको छ। यस निर्णयका बारेमा बिभिन्न प्रवृतिका प्रतिक्रियाहरू आईरहेको छ।

म स्वयं त्यहाँ उपस्थित थिएँ, पुनर्स्थापित संसदीय व्यवस्थाको बि.स. २०४८ सालको पहिलो निर्वाचनमा नेपाली काँग्रेसले देशभरकै चुनाव अभियानको कूल खर्च २ करोड रूपियाको जोहो गर्ने निर्णय गरेको थियो। यस मध्ये जित्ने संभावना भएका ‘क’ वर्गको निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई रू. ५० हजार दिने र यस मध्येका आर्थिक रूपले सक्षम रहेकालाई भने त्यो रू. ५० हजार पनि न दिने भनिएको थियो। समय बदलियो, अहिलेको निर्वाचनमा निर्वाचन आयोगले नै अघिकतम खर्च सीमा रू. ३५ लाख तोकेको छ। यसले ठूलै बिषयको संकेत गर्दछ।
माओवादीले भन्दै आएका उसका जनयुद्धका ४/५ जना ठूला नेताहरूमा डा. बाबुराम पनि एक थिए। बरीयतामा शायद दोस्रा वा तेस्रा। यी मुर्धन्य ४/५ जनामा आज एक मात्र प्रचण्ड कामयाब छन्। कारण अनेक होलान्-तर थोरैमा भन्नु पर्दा बाँकी अन्य प्रचण्ड हुन सकेनन्।

शेरबहादूर देउवा र खुमबहादुर खडकाका बीच त्यसबेला राम्रो सम्बन्ध थिएन। तर, काँग्रेसको १३औं महाधिवेशनमा शेरबहादुर देउवाले खुमबहादुरको सहयोग बेगर सभापतिमा निर्वाचित हुने अवस्था थिएन। मित्रताको हात देउवाले बढाए। आफु सभापति भएपछि खुम बहादुरलाई पार्टीको उपसभापति मनोनित गर्ने भनी दुबैका बीच समझदारी भयो। यसका अपवाद बाहेकका सबै साक्षीहरू जीवित नै छन्। शेर बहादुर देउवा पार्टीको सभापति भए, तर खुम बहादुर अतृप्त अपेक्षित नै रहेर मर्नु पर्यो। यति मात्र हैन, खुम बहादुरलाई पंछाउन “दल सम्बन्धि कानून” र “निर्वाचन कानून” मा संशोधन गरियो। यस संशोधन अनुसार यदि कुनै व्यक्ति भ्रष्टाचार सम्बन्धि मुद्दामा अन्तिम अदालतबाट दोषि ठह्र्याएको छ भने उ कुनै पनि राजनीतिक दलको सदस्य वा कुनै पनि पदाधिकारी हुन पाउदैन।

आजीवन कुनै पनि निर्वाचनमा उम्मेदवार हुन पाउदैन। धेरैले बिर्सिसकेका होलान्। शेरबहादुर देउवा प्रधानमंत्री भएको बेला बिमलेन्द्र निधी गृहमंत्री भएको बेला गृहमंत्री बिमलेन्द्रले कानूनमा यस व्यहोराको संशोधन हुन संसदमा बिधेयक पठाईएको थियो। यस अघिको कानूनमा यस्तो प्रवधान थिएन। मात्र एक चुनावमा भाग लिन नपाउने व्यवस्था थियो। बिमलेन्द्र निधीलाई काँग्रेसको उपसभापति हुनु थियो। यसर्थ खुम बहादुर खडकालाई सदाको लागि पंछाउनु अपरिहार्य भएको थियो। खडकालाई उपसभापति बनाएर एक कडा र बलियो जनाधार भएको व्यक्तिलाई सानेपा भित्र्याउनु देउवाको लागि घातक थियो। उक्त बिधेयक कानून बन्यो। निराश भै रोगले थलिएका खुम बहादुर मरे। शोक सन्तप्त काँग्रेस जन हाँसीहाँसी खुम बहादुरको मृत देहमा माला चढाए र उनको सपना पुरा गर्ने नारा लगाए। म स्वयं पनि अदालतबाटबाट दोषि बनाएको भ्रष्टाचारी हुँ-म जीवित त छु। तर, राजनीतिमा मृत नै बनाइएको छु।

हेर्नोस्, समयको फेर उनै बिमलेन्द्र निधी पनि अन्ततः देउवाको सानिध्यतामा रहन सकेनन्। सत्ता हो, आज अनेकन् बिमलेन्द्रहरू देउवासंग छन्। कसको अवसानले राजनीतिमा कोख खाली रहन्छ र? डा. बाबुराम भावुक मानिस हुन्। दिमागबाट भन्दापनि दिलले निर्णय लिन्छन्। मेरो यस कुरामा धेरैको असहमति होलान्। तर, मैले यसै गरी पहिचाने उनलाई। यसर्थ, उनि राजनीतिमा खुम बहादुर तथा म जस्तै भावसघनताले डोर्याईका मानिस हुन्।

जे होस्, डा. बाबुरामको यस निर्णयले केही गहिरो सन्देश पनि दिन्छ र केहीको लागि उनि उपहासका पात्र पनि देखिन सक्छन्।
राजनीति वा कुनै स्वेच्छिक सामाजिक दायित्व प्रारब्धको रूपमा कसका लागि चीरस्थायी रहन्छ र? चुनाव लडनु वा न लडनु एक बिषय हो, तर देशका लागि #डाबाबुरामभट्टराई @brb1954 को अनुभव तथा भूमिकाको उपयोग हुनु पर्दछ। म स्वयं साक्षी छु, उहाँको प्रयत्न बेगर देशमा शांति टाढाको बिषय हुन्थ्यो। “नर हो न निराश करो मन को!“ शुभ कामना छ डा. साहेब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता, तेस्रो बन्न घण्टी र मुढाबीच प्रतिस्पर्धा

इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। हालसम्म फाकफोकथुम

लगानी सम्मेलनको पहिलो दिन दुई सम्झौतामा हस्ताक्षर

  काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ