तीजमा पत्नीले पतिका लागि र पतिले पत्नीका लागि ब्रत बसोस्



डा. गोविन्दशरण उपाध्याय ।
भार्यापत्त्युर्व्रतं कुर्यात् भार्यायाश्च पतेः ब्रतम्ः अर्थात् तीजमा पत्नीले पतिका लागि र पतिले पत्नीका लागि ब्रत गरोस् भन्ने प्राचीन शास्त्रको वचन रहेको प्राडा कान्ता भट्टराइले उल्लेख गरेको सुन्न पाइयो । मलाई सत्य यही नै लाग्छ ।
वैवाहिक दाम्पत्यमा विश्वास नगर्ने, वैदिक सनातन धर्मका धार्मिक, सांस्कृतिक परम्पराहरूसँग सधैं शत्रुतापूर्ण पूर्वाग्रह राखेर व्यबहार गर्ने र व्यभिचारलाई “अधिकार“ वा “प्राकृतिक“को जामा पहिर्याउनेहरूका लागि तीज मात्रै होइन जुनसुकै वैदिक, जैनी र बौद्ध चाडवाड आए पनि बडो मानसिक तनाव नै हुन्छ । यस्ता दुःखीहरूलाई गौरीशंकरले कल्याण नै गरूँन् ।

आफ्ना पिताले पतिको अपमान गरेको सहन गर्न नसकेर यज्ञकुण्डभित्र प्रवेश गरेर योगवलले प्राण त्याग गरेकी सतिले हिमालयकी छोरीका रूपमा पूनर्जन्म लिएर पार्वतीका रूपमा पुनः शिवलाई नै पतिका रूपमा प्राप्त गर्ने तपस्या पूर्ण भएपछि भदौं शुक्ल तृतीयाका दिन भगवान शिवले पार्वतीलाई दर्शन दिएर पत्नीका रूपमा स्वीकार गरेका र पछि वैदिक विधिबाट विवाह गरेका थिए ।

भगवती पार्वतीले तपस्या गर्दा पक्कै पनि रक्सी, मासुजस्ता ब्रतकालमा बर्जित खाद्य सामग्री वा गरगहनाको प्रतियोगिता गर्नुभएको थिएन होला । सतिको मृत शरीरलाई काँधमा बोकेर भारतवर्षभरि घुमेका शिव र तिनै शिवलाई पतिका रूपमा प्राप्त गर्न अर्को जन्म ग्रहण गरेकी पार्वतीको जस्तो प्रेम विश्वमा कुनै पनि “मिथ“ पाइन्न ।

हामी नेपालीहरूको सौभाग्य मान्नुपर्छ कि महादेवी चण्डीके पर्वत (जिल्ला)मा जन्म ग्रहण गरेर हाम्रो गौरव बढाउनु भएको छ । विवाहित दम्पतिका बिचमा कस्तो महान् प्रेम हुनुपर्छ भन्ने प्रतिमान स्थापित गरेका छन् । विवाहलाई “यौनजन्य क्रियाकलाप वैधानिक लाइसेन्स“ मात्र बुझ्नेहरूले शिवपार्वतीको आदर्शदाम्पत्यको अर्थ बुझ्नै सक्दैनन् ।

एकपत्नी ब्रत र एकपतिब्रतलाई “अन्धविश्वास“ ठानेर हेला गर्नेहरूको दाम्पत्य जीवन पूर्णपूर्ण देखिन्छ भने त्यो जवानी र पैसा हुँदासम्म हो । तीजको पर्वले पतिपत्नी दूवैलाई शरीरसँगमात्र होइन आत्मासँग पनि एकआपसमा गहिरो प्रेम हुनुपर्छ भन्ने शिक्षा दिन्छ ।

तीज सात्विक पर्व हो । ब्रत पनि राख्ने र दरमा मांसमदिराको प्रयोग गर्नु शास्त्र र लोकाचार बिरुद्धको कर्म हो । असलमा, पतिपत्नी दूवै मिलेर भगवान् गौरीशंकरसँग आफ्नो दाम्पत्य जीवनको पूर्णसफलताको लागि संयुक्तरुपमा गरिने ब्रत नै तीजको वास्तविक स्वरूप हो ।

ब्रतको अर्थ भोकै बस्नु पर्छ भन्ने होइन । यदि श्रद्धा छ भने निराहार बसौं । स्वास्थ्यका कारण सकिन्न भने सात्विक अन्न वा फलफुल खाँदा हुन्छ । श्रद्धाका मामिलामा जवर्जस्ती हुँदैन । ब्रत भगवान गौरीशंकरको प्रसन्नताका लागि हो, पतिपत्नी दूवैले मिलेर गर्नुपर्छ । आफ्नो दाम्पत्य जीवनलाई भन्दा अधिकारलाई महत्वपूर्ण ठानेर पारिवारिक जीवनलाई तिलाञ्जली दिनेहरूका लागि तीजहरू सधैं पीडादायक हुन्छन् ।

रह्यौ कुरा रमाइलो, वैदिक संस्कृतिमा नाट्यशास्त्र तथा गान्धर्ववेदले स्वीकृति प्रदान गरेकै छ । तीजले पारिवारिक मिलन, भलाकुसारी तथा आत्मीयता बढाउन राम्रो अवसर दिन्छ । यसको उपयोग गर्नेपर्छ । बूढाबूढी हुँदा आफ्नो माइतीघर पुग्न पाउँदा हरेक महिलाहरू आफ्नो बाल्यकालमा फर्कने अवसर प्राप्त गर्छन् । अस्वस्थ्य प्रतिस्पर्धा र देखावटीपनले गाडिएर बसेको मानसिक तनाव, निराशा, चिन्ता आफन्तसंग भेट्दा केही दिन, केही घण्टाका लागि भए पनि साम्य हुन्छ ।

जनैपूर्णिमा पुरुषहरूका लागि अनिवार्य भएझैं महिलाहरूका लागि ऋषि पंचमीचाहिं अनिवार्य नै हुन्छ । ऋषि पंचमी “ऋषिहरूप्रतिको गुलामी“ होइन आफ्ना पुर्खाहरूप्रति धन्यवादसहितको वैदिक कर्म हुन् । आफ्नो पारिवारिक जीवन ध्वस्त बनाएका मान्छेअरूको कुरा सुनेर आफ्नो मौलिकता छोड्नु हुँदैन – काग कराउंदै गर्छ, पीना सुक्दै गर्छ ।

रह्यो कुरा मासुरक्सीको दर खानेहरू तथाकथित मोडर्नहरूलाई – भीरमा लड्न लागेको गोरूलाई राम राम भन्न सकिन्छ, कसैले पनि काँध थाप्न सकिन्न ।

–सम्पूर्ण श्रद्धालुहरूमा तीज तथा ऋषि पंचमी पर्वको अवसरमा हार्दिक शुभकामना – विशेष गरेर सम्पूर्ण नारीहरूमा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट