पछिल्लो समय सम्बन्ध बिच्छेदको अवस्था किन बढ्दो छ त ?



हेमन्त रावल ।

बिबाह एक जन्मजन्मान्तरको संस्कार हो जो एक पटक जोडिए पछि तोडिदैन भन्ने पुर्बिय शास्त्रीय मान्यता र बिबाह एक सम्झौता हो, ब्यबहारका क्रममा सम्झौताका पक्षहरु बिच असमझ्दारी बढ्यो भने यो भङ्ग गर्न सकिन्छ भन्ने उत्तर आधुनिक सोचको बिचबाट बिबाहको अबस्थालाई बर्तमान पुस्ताले बुझ्ने र अभ्याश गर्ने गरेकोे पाईन्छ ।

बास्तबमा बिबाह दुई सक्षम विपरीत लिङ्गीका बिच ( हाल समलिङ्गी बिबाह पनि अभ्याशमा आईसकेको ) दाम्पत्य सुखभोगका लागी संस्कारपुर्ण तरिकाले सम्पन्न गरिएको सम्झौतापुर्ण शौहार्द सम्बन्ध हो । जसको दिगोपन र स्वस्थ अभ्याशका लागी बैबाहिक सम्बन्धमा बाधिएका युगल जोडीको पारस्परिक उचित ब्यबहार्, उच्च स्तरको सुझबुझपुर्ण सोच र आचरण आबस्यक त पर्छ नै साथ साथै सम्बन्धित परिबार,नाता गोता,इस्टमित्र र स्वजनहरुको सहृदयी ब्यबहार पनि उत्तिकै जरुरत पर्दछ ।

बिबाह सम्बन्धि मान्यता जे जस्तो भए पनि पछिल्लो समय बैबाहिक सम्बन्धमा जोडिएका दम्पतीहरु यो वा त्यो कारण देखाउदै बिच्छेदका लागी साधिकार निकाय अदालतमा आउने क्रम बढदो देखिन्छ । पारिबारिक सुसम्बन्धको चाहना राख्ने अभिभाबक र सुखद दाम्पत्य सम्बन्धको परिकल्पना गर्ने सम्बन्धित जोडीका लागी यो बिच्छेदको बढदो अबस्था सुखद होईन भने समाजको स्वस्थ र संस्कारयुक्त बिकाशको अभ्याशका लागी सहयोगी पनि होईन ।

पछिल्लो समय बिच्छेदको अबस्था किन बढदो छ त ? समाज बिश्लेषणको आधिकारिक अध्ययन अनुसन्धान भएको अबस्था नभए पनि देशै भरीका अदालतहरुमा मुद्धा दर्ताको अभिलेखबाट यो तथ्य देखिन्छ की नेपालमा सम्बन्ध बिच्छेदको अबस्था दिन प्रतिदिन बढदो छ ।
युबापुस्ता प्रौढ पुस्ता भन्दा तुलनात्मक रुपले बढी खुल्ला छ । अध्ययन र प्रबिधीको सहज उपलब्धता र प्रयोगले निर्णय क्षमतामा पनि दख्खल राख्दछ । चलायमान आर्थिक गतिबिधीले अरुमा कम आश्रित र आफू बढी स्वाधिन र स्वाभिमानी छ । स्वाभिमानी हुनुको नाताले आफ्ना निजी गतिबिधीहरुमा अरुको हस्तक्षेप सहज नमान्ने स्वभाब पनि छ । जसको कारण स्वतन्त्र जिबनयापनका सवालमा बैबाहिक सम्बन्धका पारम्परिक मान्यता, परिबार भित्रको अनुशासन र जिम्मेवारीका कुराहरुले बिबाहिताहरुको मनिबिज्ञानमा असजिलो महशुस गराउन सक्दछ ।बिबाहेत्तर सम्बन्ध,बढदो महत्वाकाङ्क्षा,अभाबको सामना र परस्परको अबिश्वाशले त्यो असहज अबस्थालाई झन झ्याङ्गिने अबस्थामा पुर्याउने गर्दछ । फलत:पारिबारिक कलह र हिङ्शाको तह हुँदै बैबाहिक सम्बन्ध बिच्छेदका लागी अदालत सम्म आइपुग्ने अबस्था हुन्छ ।

स-साना पारिबारिक बिबाद र असम्झ्दारीको अबस्थामा त्यस्लाई सामान्निकरण र सहजीकरण गर्न बिकसित देशहरुमा विज्ञहरूको परामर्शदायी सेवाहरु उपलब्ध हुन्छन । हाम्रो देशमा अनौपचारिक रुपले आफन्त र शुभ-चिन्तकहरुबाट व्यक्तिगत तहमा सम्झाउने प्रयाशहरु गरिए पनि औपचारिक रुपले स्थापित परामर्शदायी सस्थाहरुबाट मनोपरामर्श दिने अभ्याशको अभाब देखिन्छ । त्यसले गर्दा पनि स-सानो घरेलु बिबादको अबस्थामा पनि प्रतिस्ठा र दम्भ ( Prestige & Ego) को बिषय बनाई बिच्छेदको लागी अदालत आउने गरेकोे पाईन्छ ।

मिलेर बस्न सकिदैन भने छुट्टिएर बस्नु स्वाभाबिक हो । यहि मनसाय र उदेस्यले नै कानूनमा सम्बन्ध बिच्छेदको ब्यबस्था गरिएको हो । तर सङ्गै मिलेर बस्न सकिने सम्भाबनाको खोजी नै नगरी हतारमा छुट्टिन खोज्ने निर्णय भने अपरिपक्व हो । समस्यालाई समयमै सम्बोधन गरिएन भने समस्याले ठूलो रूप लिन सक्दछ र बेमेल र हिङ्शाबाट अर्को ठूलो अपराध जन्मिन पनि सक्दछ । त्यसैले समस्याको सहज र समयमै निकास दिनु पनि स्वस्थ र सकारात्मक अभ्याश मानिन्छ ।

बिबाह दुई जना व्यक्तिको सम्बन्ध, ब्यबहार र निर्णयको कुरा मात्र नभई उनीहरूको बैबाहिक सम्बन्धबाट जन्मिएका आश्रित सन्तानहरुको जीबन र भबिस्य सङ्ग पनि जोडीने हुदा बिच्छेद गर्दा आश्रित सन्तानहरुको अबस्थामा पर्न सक्ने प्रभाबका बारेमा पनि बिच्छ्दका क्रममा सम्बोधन गरिनु पर्दछ । बिच्छेद पछि उनीहरूको नया जीबन र पुनरबिबाहको अबस्थालाई अन्यथा भन्न सकिदैन । पुनरबिबाह पछि जन्मिने नया सम्बन्धका सन्तानहरुसङ्गै पहिलेको सम्बन्धका सन्तानहरु प्रति उनीहरूको माया, ममता, स्नेह र अभिभाबकत्वमा क्रमश कमी आउदै जाने हुदा उनीहरू बिस्तारै उपेक्षित हुने अबस्थामा पुग्दछन । उपेक्षित अबस्थाका उनीहरू आफुलाई सहाराबिहिन ठान्दै सडकमा पुग्ने, सडक बालबालीका जस्तै बिभिन्न दुर्ब्यसनको सिकार हुने र खराब सङ्गतका कारण बिभिन्न अपराधकर्ममा दुरुपयोग समेत हुन पुग्दछन । एउटा समुज्वल भबिस्य र असल सम्भाबना बोकेको निर्दोष बालबालीकालाई जोखिममा पार्न सक्ने प्रतिकूल निर्णय गर्नु भन्दा पहिले बिच्छेद गर्ने जिम्मेवार दम्पतीले जिम्मेवार ढङ्गले धेरै पटक सोचेकै हुनु पर्दछ ।

सम्बन्ध बिच्छेद पछि अङ्श पाईने कानूनी प्राबधानले पनि सम्बन्ध बिच्छेदको अबस्थालाई केही मात्रामा सजिलो बिकल्प ठान्ने प्रबृत्तीमा बढोत्तरी ल्याएको पाईन्छ । सामान्यत बिबाह पछिका बर्षहरुमा सहजीबन यापन गर्ने क्रममा आर्जित सम्पतीमा पति पत्नी दुबैको योगदान रहने हुदा जुनसुकै कारणले भए पनि एक अर्कासङ्ग छुट्टिनु पर्ने अबस्था आई परेमा आफ्नो परिश्रमबाट आर्जित सम्पतीमा आफ्नो पनि हक लाग्ने हुदा आधा अङ्श लिएर छुट्टिनु आबस्यक र न्यायोचित पनि हुन्छ भन्ने मान्यताले नै बिधिकर्ताले सम्बन्ध बिच्छेद गर्दा पतिबाट अङ्श लिने कानूनी ब्यबस्था गरेको हुनु पर्दछ । पुर्ख्यौली सम्पतीमा हक स्थापित हुनका लागी व्यक्तिले सम्बन्धित परिबार भित्र जन्मनु आबस्यक हुन्छ भने जोडिएको नाताको व्यक्तिको साम्पतिक हकको लागी सम्पती आर्जनमा ऊस्ले गरेकोे योगदान अर्थपूर्ण हुन्छ । सम्पती आर्जनमा कुनै योगदान नभई केबल जोडिएको नाता सम्बन्धले मात्र व्यक्तिको पुस्तैनी सम्पतीमा समान अङ्शको स्थापित हकको अबस्थाले पनि पछिल्लो पुस्ताली सम्बन्ध बिच्छेदलाई सहज बिकल्पको रुपमा लिने गरेकोे पाईन्छ ।

उमेर अबस्था रुची को कारण पुन: बिबाहको सम्भाबना छैन्, माईती सङ्गको सम्बन्ध पहिले जस्तो समुधुर रहेन ,आफ्नो कुनै आय आर्जन पेशा ब्यबसाय छैन , परिबारमा पतिसङ्ग मिलेर बस्न सकिने अबस्था भएन , गरिएका मेलमिलापका प्रयाशहरु पनि सार्थक भएनन र त्यस्तो अबस्थामा पतिको कारण बिच्छेद गर्न बाध्य भएको महिलाको बाकी जीबन सम्पतीको अभाबमा कठिन नबनोस र मर्यादित जीबनयापनमा सहयोग पुगोस भन्ने हेतुले सम्बन्ध बिच्छेदको अबस्थामा पतिले अङ्श दिनु पर्ने भन्ने बिधिकर्ताको न्यायिक मनसाय र उदेस्यलाई पछिल्लो समय युबा पुस्ताले अत्यन्त सामान्य बनाउदै लिएको र बिच्छेद सम्बन्धी कानूनी ब्यबस्थाको विकृत अभ्याश बढेको तथ्यलाई यहा सबैले मनन गर्नु पर्ने अबस्था देखिन्छ। यो ब्यबस्थाले बिच्छेदको अबस्था पछि महिलाले दोस्रो बिबाह गर्दा उस्लाई पछिल्लो पतिको अङ्श भागमा हिस्सेदारी रहने हुदा उ सम्पतिले सुरक्षित रहने उता केटाले दोस्रो बिबाह गर्दा पछि बन्ने श्रीमती र जन्मिने सन्तानका लागी सम्पतिको खन्डिकरणले सम्पतिको यथोचित प्रबन्ध हुन नसकी दोश्रो सम्बन्ध पनि तनाबमय हुन जाने अबस्थालाई यो कानूनी ब्यबस्थाले सन्तुलित रुपले सम्बोधन गर्न सकेको देखिदैन ।

बैबाहिक सम्बन्ध पछि सहज सम्बन्ध कायम हुन नसकी सम्बन्ध बिच्छेदको अप्रिय निर्णय गर्नु परेको असहज अबस्थामा महिलाको शारिरीक अबस्थामा आएको परिबर्तन, उनको मानसिक्तामा पर्न गएको मनोबैज्ञानिक प्रभाब र सामाजिक अबस्था र सचेतना सन्देशका लागी बिच्छेदका क्रममा महिलालाई न्यायोचित क्षतिपुर्ती दिनु पर्ने बैधानिक ब्यबस्था आबस्यक भए पनि अबको सक्षम पुस्ताका लागी बिच्छेद गरेकोे पुरुषबाट अङ्श लिने ब्यबस्थाले महिलालाई सक्षम र स्वाधिन होईन की सधैं पराधिन र निरिह भन्ने सन्देश मात्र दिने भय रहन्छ । त्यसैले कानूनको यस्तो प्राबधानलाई बिधिकर्ताले समयानुकुल बनाउनु आबस्यक देखिन्छ ।

बिबाह बिच्छेदका लागी सम्बन्धित बिबाहित जोडीमात्र जिम्मेवार हुँदैनन । उनिहरुका घर परिबार र आफन्तहरुको सोच, ब्यबहार, कार्यशैली, पारिबारिक मान्यता र अभ्याशले पनि बिच्छेदको मनोबिज्ञानलाई मलजल गरिरहेको हुन्छ ।

युबा पुस्ताको मनोभाबनालाई नबुझ्नु, संस्कारका नाममा पारिबारिक बन्धनमा राख्न खोज्नु, उ हुर्केको परिबार, सस्कार र बातावरणको ख्याल नगरेर आफू अनुकूल मात्रै बनाउन खोज्नु र आफूमै आश्रित बनाई राख्न खोज्ने प्रबृत्तीले आफ्नो भबिस्यको स्वतन्त्र सम्भाबना बोकेको दम्पती मध्यको एउटालाई त्यो अबस्था असहज लाग्नु र आनन्दित महशुस गर्नु पर्ने बैबाहिक सम्बन्धलाई बोझ महशुस गर्दै जाने अबस्थाले पनि बिच्छेदको सम्भाबनालाई बल पुर्याई रहेको हुन्छ ।

यौनको मामिलामा युबापुस्ता दिन प्रतिदिन उदारीकरण तर्फ उन्मुख हुदैछ । प्रबिधीको सहज पहुचले त्यो बर्ग पास्च्यात्य सभ्यता प्रति आकर्षित हुदै नजिकिदै छ । बैदेशिक रोजगार र बढदो अन्तर्देशिय आवत जावतका कारण पनि लामो समय सम्म एक अर्कासङ्ग अलग बस्नु पर्ने बाध्यात्मक अबस्थाका दम्पतीहरुमा देखिने यौन सम्बन्धी असम्झदारी र आर्थिक ब्यबस्थापनका कुराहरुले पनि पछिल्लो समय पारिबारिक बिबाद बढने गरेकोे र परिबार बिखन्डनको तहसम्म पुग्ने गरेको देखिन्छ । यो अबस्थालाई पनि समाज मनोबिज्ञानको कोणबाट बुझ्नु र विश्लेषण गरिनु जरुरी हुन्छ ।

सजिलै बिबाह गर्ने र सजिलै छुट्टिने प्रबृत्तीले बिबाहलाई पछिल्लो समय ज्यादै हलुको सम्बन्धको रुपमा लिने प्रचलन बढेको पाईन्छ । क्षणिक भाबाबेशमा आएर व्यक्तिले लिने अप्रिय निर्णयले पारिबारिक विखण्डन नहोस भन्ने अभिप्रायले नै सम्बन्ध बिच्छेद हुने गरी निर्णय गर्नु पर्दा मुद्धा दर्ता भएको एक बर्ष पछि मात्र निर्णय गर्नु पर्ने भन्ने कानूनको प्राबधानले पनि अपेक्षित परिणाम दिन सकेको देखिदैन । अबस्था, परिणाम र प्रभाब सबै बिचार गरेर घरमा गरिएका सबै प्रयाशहरु सफल नभए पछि बिच्छेद भएको न्यायिक घोषणाका लागी मात्र अदालत आइपुगेको जोडीलाई मिलाउने सम्झाउने नाममा अदालतमा गरिने एक बर्षको समय ब्यतित सम्बन्धित पक्षका लागी निरर्थक लाग्ने र त्यो अबधीको मानसिक पिडा र थप हिङ्शाको जोखिमलाई अदालतले पनि साबधानीका साथ हेरिनु आबस्यक देखिन्छ ।

बिबाहलाई संस्कार मान या सम्झौता, यो लौकिक दाम्पत्य सुखभोगका लागी अपरिहार्य छ । यसको स्वर्णिम सुखका लागी सम्बन्धमा आबद्ध दूबैले गहनतम जिम्मेवारीका साथ बैबाहिक सम्बन्धको महत्तालाई महत्व दिदै शौहार्द बनाउनु पर्दछ । त्याग्नु, समर्पण गर्नु,अपनाउनु या अपनत्व बोध गर्नु र समान मर्यादाका साथ सहास्तित्वको जीबन यापन गर्नु दाम्पत्य जीबन जिउने विशेष कला हो । यस्लाई अनुपालन गर्न सकियो भयो बिबादको समाधान आफै गर्न सकिन्छ । पारिबारिक मामिलामा न्यायलय र न्यायाधीशको भुमिका कम अपेक्षित हुन्छ । अदालतमा सम्बन्ध बिच्छेदका मुद्धाहरु बढ्नु मात्रै समस्या होईन । अदालतबाट त्यस्ता मुद्धाहरुको छिनोफानो गरिनु मात्र समस्याको समाधान होईन । समाज भित्रका सोच र मान्यताहरुमा समयानुकुल सुधार गरौं । शिक्षा र ब्यबहारमा बदलाव ल्याऔं । पारिबारिक सद्भभाब र बिश्वाशमा जिम्मेवार बनौ । तर यस्का बाबजुत पनि समस्याहरु रहन्छन र देखिन्छन भने समस्याको समयमै शिघ्र सम्बोधन गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट