मङ्कीपक्सबाट अफ्रिकाबाहिर पहिलो मृत्यु



अफ्रिकाबाहिर पहिलोपटक मङ्कीपक्स भाइरस सङ्क्रमणका कारण ब्राजिलमा ४१ वर्षीय पुरूषको मृत्यु भएको छ । ब्राजिलमा मृत्यु भएको केहीबेरमा स्पेनले पनि मंकीपक्सबाट पहिलो मृत्यु घोषणा गरेको छ जुन युरोपमै पहिलो घटना भएको बीबीसीले जनाएको छ ।

गतसाता विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । तर त्यसको सङ्क्रमण धेरैजसो मध्यमखालको र आम जनसङ्ख्यामा जोखिम कम हुने गरेको पाइन्छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने ती व्यक्ति लिम्फोमा भनिने एक प्रकारको क्यान्सरबाट पीडित रहेका र कमजोर प्रतिरक्षा प्रणाली तथा एउटाभन्दा धेरै रोगले ग्रसित अवस्थामा रहेको बताएको छ ।

ब्राजिलमा अहिलेसम्म मङ्कीपक्सबाट १ हजार ६६ सङ्क्रमित पुष्टि भएका र ५१३ जना सन्दिग्ध बिरामी रहेको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयको अनुमानमा ९८ प्रतिशत पुष्टि भएका घटना पुरुषसँग यौन सम्पर्क राख्ने पुरुषहरूमा देखिएको छ।

स्पेनको स्वास्थ्य मन्त्रालयले ३ हजार ७५० सङ्क्रमित जानकारीमा रहेको जनाएको छ । जसमध्ये ३.२ प्रतिशत अर्थात् १२० जना अस्पताल भर्ना भएका र १ जनाको मृत्यु भएको जनाएको छ । सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार संसारभर यतिखेर २१ हजार १४८ सङ्क्रमितहरू रहेका छन् ।

मङ्कीपक्स भाइरस बिफर गराउने भाइरसकै परिवारमा पर्छ । यद्यपि यो कम गम्भीर रहेको र सङ्क्रमणको सम्भावना पनि कम रहने विज्ञहरूले बताएका छन्। यो धेरैजसो मध्य तथा पश्चिम अफ्रिकी देशका उष्णप्रदेशीय बर्खेजङ्गल नजिकैका दुर्गम भेगमा देखिने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कठै मेरो देशः सिमेन्टका जनावरका मूर्ति बनाउँछ, तर स्वास्थ चौकी बन्द हुन्छ

  डा. युवराज संग्रौला । हरेक स्वतन्त्र देशको आफनो राज्य प्रणाली हुन्छ ।

शुभ बिहानी ! ‘बन्दैछ नेपाल’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता

कैलालीमा २३ वर्षकी आमा र दुई वर्षकी छोरी कोठामा मृत फेला

धनगढी । कैलालीको गोदावरीमा आमा छोरी मृत फेला परेका छन् । गोदावरी–११ गोथानमा

‘एसियन हाइवे’ निर्माणले गति लिँदै

बेलबारी(मोरङ)। सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’