आर्थिक अनियमितता गरेको भन्दै डा चौरसियालाई मन्त्रालय बोलाइयो



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियालाई आर्थिक अनियमितता सम्बन्धमा सोधपुधका लागि पत्र काटेका छन् ।

औषधि खरिद लगायतमा अनियमितता गरेको भन्दै वास्तविकताका सम्बन्धमा सोधपुध गर्न मन्त्रालय उपस्थित हुनका लागि डा चौरसियालाई पत्र काटिएको हो ।

पत्रमा डा चौरसियाले १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाखको लेनदेनको सरुवा गरेको, पाँच करोडभन्दा बढी घूस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको तथा ०.५ प्रतिशत कमिसन लिने गरेको आरोप सञ्चार माध्यममा प्रकाशन प्रशारण भएकोप्रति राज्यमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शुभ बिहानी ! ‘बन्दैछ नेपाल’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता

कैलालीमा २३ वर्षकी आमा र दुई वर्षकी छोरी कोठामा मृत फेला

धनगढी । कैलालीको गोदावरीमा आमा छोरी मृत फेला परेका छन् । गोदावरी–११ गोथानमा

‘एसियन हाइवे’ निर्माणले गति लिँदै

बेलबारी(मोरङ)। सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’

विपिन जोशीको रिहाइका लागि हमासका प्रतिनिधिसँग कुरा राख्ने इरानी विदेशमन्त्रीको वाचा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको