आफ्नो अडानमा, मूलभूत मान्यतामा देउवाले सम्झौता गरेका छैनन्



केशवप्रसाद भट्टराई ।
१. राष्ट्रिय र अन्तर्राष्ट्रिय सवालमा कम्युनिस्टहरूले जे विषय उठाउँछन्, काङ्ग्रेस त्यही विषय बोकेर हिड्छ । उसले बढी भन्दा बढी गर्ने भनेको छेउ–कुना मिलाएको जस्तो गर्ने मात्रै हो । कम्युनिष्टहरू, वाम राजावादीहरू र वाम वुद्दिजिवीहरूले नरुचाउने, उनीहरूको स्वार्थ अनुरूप नहुने सानो कुरा बोल्ने बित्तिकै सवैले एकै स्वरमा झम्टिने भएकोले त्यसले काङ्ग्रेसी नेता कार्यकर्ता र प्रजातन्त्रवादी वुद्दिजिवीहरूको सातो जाने गर्दछ । त्यसैले उनीहरू आफ्ना कुरा भन्न डराउँछन् । कम्युनिष्ट र वाम वुद्दिजिवीहरूले राष्ट्रवादीको पदक नदेलान्, समाजवादीको पगरी नगुताउलान भन्ने त्रास बोकेर बाँचेका छन् । काङ्ग्रेसको यो कायरता वैचारिक स्खलन नै कम्युनिस्टहरूको शक्ति हो । त्यसैले मुलुकमा कम्युनिष्ट बढेका भन्दा पनि काङ्ग्रेस घटे ।

२. किन काङ्ग्रेस हुनु भन्ने प्रश्नको उत्तर काङ्ग्रेसका कुन नेताले दिएका छन् ? व्यक्तिगत कारणले भन्दा कोही शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शेखर कोइराला वा गगन र विश्व प्रकाशहरूका समर्थक किन छन् ? उमेर र वाक क्षमता भन्दा बढी भिन्नता के हो उनीहरूमा ?देउवा विरूद्ध उनीहरुका दावीमा प्राविधिक कुरा बाहेक के होलान् ?

३. हो आम काङ्ग्रेसीहरूमाझ देउवाले कुनै उत्साह जगाउन सकेका छैनन् । उनी मास लिडर होइनन् । पार्टी र सरकार संचालनमा उनले कुनै रहरलाग्दो क्षमता आर्जन गरेका छैनन् । पार्टीमा त धेरैलाई अन्याय गरेका छन्, पाप गरेका छन् । धेरै गलत कार्य गरेका छन्। गलत सहेर पनि बसेका छन् । पीडा दिएर बसेका छन्, पीडा चपाएर, पीडा निलेर पनि बसेका छन् । केपी ओली जस्ता घाग नेतालाई त टिक्न खान नदिने प्रचण्ड र माधव नेपालहरूले कम गरेका होलान् ? अनि गणेशमानजी र किसुनजीहरू जस्तालाई टिक्न खान नदिने काङ्ग्रेसीहरूले शेरबहादुरलाई कतिसम्म गरेका होलान् ? न पछि फर्किन दिन्छन् न अघि बढ्न । कसरी टिकेका होलान् ? कठै !!!

४. तर आफ्नो अडानमा, मूलभूत मान्यतामा देउवाले सम्झौता गरेका छैनन् । ठूलो सैद्धान्तिक मतभेद नभएका सवालमा माथापच्ची गरेर बस्ने स्वभाव छैन उनको । त्यस्ता कुरामा सजिला छन् र लचिला पनि । केपी ओली विरुद्ध माओवादीसँग मिलेर सरकारमा जाने दवाव दिनेमा सवैभन्दा अघि रामचन्द्र, शेखर र गगनहरू नै थिए । यो जनादेश विपरित हुन्छ भनेर देउवाले भनेकै हुन् ।

५. यहाँसम्म कि १२ बुँदेको पनि उनले शुरुमा विरोध गरेका थिए । पछि गोपालमान, निधि सवै लागेपछि उनी मौन रहे । सरकारमा गएर शेरबहादुर देउवाले कुन असाधारण क्षमता प्रदर्शन गर्लान् भनेर सरकारको नेतृत्व गर्न भनेर हुट्हुटी लगाएका हुन् रामचन्द्र, शेखर र गगनहरूले ? केपी ओलीलाई हटाउन उनलाई उभ्याउनु थियो, त्यसकोलागि उनी उभिनु पर्थ्यो, उभिदिए सिद्धियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट