ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री हुनुपर्दछ ?



केशवप्रसाद भट्टराई। 
मसँग प्रश्न मात्रै छन् , प्रष्ट उत्तर छैन । म त सधैँ अज्ञानी नै रहेँ, मूर्ख नै रहेँ । तपाइँसँग उत्तर भए मलाई कृपा गरेर बताइदिनोस् ।

१. राजनीतिमा आफ्नो प्रभाव र सान्दर्भिकता हरायो ? त्यसो भए भारत,युरोप र अमेरिकाको बलमा आएको राजनीतिक व्यवस्थामाथिको सङ्कटको अज्ञात भय र षड्यन्त्रको कायर खेती शुरू गरिहालौँ । कसैलाई सरापेर कसैको साँखुल्ले हुन ढिलो नगरौँ । वाह्य षड्यन्त्रको कायर तर्क गरिहालौँ । (वाह्य षड्यन्त्र थियो र छ भने त्यो षडयन्त्रको वातावरण तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्ने र त्यसको लाभ लिने सवै यिनै दल होइनन् , यिनै दलका नेता होइनन् ? )

२. स्पष्ट छ शक्तिको कुनै दर्शन र मूल्य हुन्न । शक्तिको दर्शन र मूल्य भनेको शक्ति मात्रै हो–कुनै स्वार्थका लागि बढी भन्दा बढी शक्ति प्राप्ति, प्रयोग वृद्धि र विस्तार । त्यसबाहेक अर्को केही हुन्न र छैन । दलहरूको हकमा त्यही हो, राष्ट्रहरूको हकमा पनि । गिरिजाप्रसाद, शेरबहादुर, केपी ओली, प्रचण्ड, बाबुराम, वामदेव जो भने पनि त्यही हो । भारत, चीन,अमेरिका, बेलायत सवैको हकमा पनि त्यही हो । विचार, सिद्धान्त, आदर्श, मूल्य, मान्यता सवै विज्ञापनका सामग्री हुन् !

३. समस्या व्यवस्था हो ? प्रणाली हो ? वा व्यक्ति हो ? मैले बुझेको त प्रणालीले व्यक्ति तयार पार्दछ । प्रणालीले आफू अनुरूप व्यक्ति उत्पादन गर्दछ । अर्थात् जस्तो प्रणाली हुन्छ –व्यक्ति त्यस्तै हुन्छ । अनि व्यवस्था भएन ? कुन व्यवस्था त ? राजा, काङ्ग्रेस, एमाले, माओवादी सवैले भने जस्तो, उनीहरू सवै अटाउने र अटाएको व्यवस्था त आइसक्यो । बेलायत, भारत, अमेरिकाको जस्तो व्यवस्था त आइसक्यो । चीनको छेऊ –छाऊको व्यवस्था पनि आइसक्यो । अब बाँकी उत्तर कोरियाको जस्तो ? तर त्यो पनि कसको नेतृत्वमा प्रचण्ड, वामदेव , वैद्य, विप्लव, बास्तोला ‘. ? नेपालको भूराजनीतिक परिवेशमा नेपाल उत्तर कोरिया बन्न सम्भव छ ?
अनि ???

४. चुनाव आउँदै छ । भन्दिनोस त , को आए हुन्छ ? नआएका कोही छन् ? अब काङ्ग्रेस कति चोटी सरकारमा आए राम्रो हुन्छ ? कम्युनिस्टहरूले कतिपटक दुई तिहाई, बहुमत, ठूलो दलको हैसियत पाए राम्रो हुन्छ ? ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री हुनुपर्दछ ? अथवा देउवा, ओली, प्रचण्डहरूको ठाउँमा को आए राम्रो हुने होला ? हामीले के गरिदिए उहाँहरू हामीलाई सुरक्षित राष्ट्र, प्रजातन्त्र र हाम्रा सन्ततिलाई सुरक्षित भविष्य प्रदान गरिदिनुहुन्छ होला ? कतिजना रवि लामिछाने , बालेन्द्र शाह, हर्क साम्पाङ्हरू संसदमा पुगे देश ठिक हुन्छ ?
५. राजा ? राजा आए ठिक हुन्छ ? हिजो राजा थिएनन् ? ठिक थियो ? सवै अनुकूल मिलेर राजा आइहाले राजालाई भर दिने कसले ? यही सेना ? यही राजनीति ? यिनै दलहरू ?

हामी यिनै जनता ? भारत, चीन, अमेरिका ? दर्बार भित्रै चार –पाँच हजार सेनाको घेरा भित्र राजा मारिएका होइनन् ? सम्पूर्ण देशको रक्षाको जिम्मा लिएको सेनाले आफ्नो परमाधिपति राजाको रक्षाको जिम्मा आफ्नो होइन भनेको होइन ? राजाको परमाधिपत्य अन्तर्गतको र वीरताको विश्व विख्यात इतिहास बोकेको शाही नेपाली सेनालाई उसकै मूख्यालयमा गएर एक जना विदेशी अधिकारीले आत्मसमर्पण गराएर राजा फालेका होइनन् ? मुलुक यही हो, परिवेश यही हो अनि कथं राजा आए टिक्न दिन्छन् ?

६. अनि जनता हामी नै होइनौ ? सानो लाभ, सानो स्वार्थ, सानो अहङ्कार रक्षाकालागि, कुनै डर, लोभको लागि भोट दिने हामी नै होइनौ ? हामीमा भएका साना साना स्वार्थ र अहङ्कारहरूलाई नै खेलाएर यिनीहरू नेता भएका होइनन् ? त्यसैले प्रश्न हो – हामी प्रजातन्त्र लायक छौँ ? स्वतन्त्र र सार्वभौम राष्ट्र लायक छौँ ? हामी प्रजातन्त्र लायक कसरी हुने हौँला ?

स्वतन्त्र र सार्वभौम राष्ट्र लायक कसरी हुने हौँला ? यो राष्ट्रको जीवन शक्तिलाई कसले र कसरी प्रतिनिधित्व गरेको छ ? कृपया बताइदिनुहोस् । हामीले हामीमा लगानी गरेर हाम्रो प्रजातन्त्र, हाम्रो राष्ट्र र हाम्रा सन्तानको भविष्यलाई कसरी सुरक्षित बनाउने होला ? मसँग प्रष्ट उत्तर छैन । म त सधैँ अज्ञानी नै रहेँ, मूर्ख नै रहेँ । तपाइँसँग उत्तर भए मलाई कृपा गरेर बताइदिनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट