र यो देश यसरी नै चलेको छ !



केशवप्रसाद भट्टराई ।
१. संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि माधव नेपालजीकै दवावमा मनमोहनजीले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभयो । राजाबाट शिफारिश सदर भयो । सर्वोच्चले संसद्को एउटा कारवाही अघि बढे पछि त्यो निष्कर्षमा नपुग्दै अर्को निर्णयले त्यसलाई निष्क्रिय पार्न पाइन्न । अविश्वासको प्रस्त्ताव ल्याउने संसदको अधिकार खोस्न पाइन्न भन्ने अक्षर र आशयको फैसला आयो । माकुने नेतृत्वको एमालेले प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायलाई फाँसी मागेर सडकको रेलिङ्ग भाँच्दै मुलुकमा आगो लगायो । वहुमतको सरकारले विघटन गर्न पाउने र अल्पमतको ले नपाउने त पछिका विघटनहरूमा स्थापित नजीर हुन् । २०५२को सो फैसलाले वहुमत अल्पमत बोले जस्तो लाग्दैन । अविश्वासको प्रस्ताव दर्ता भए पछि सरकारले त्यसको बाटो छेक्न पाइन्न, त्यसलाई निष्कर्षमा लैजान दिनुपर्छ भन्ने थियो । अविश्वासको प्रस्ताव दर्ता नहुँदै संसद विघटन गरेको भए सप विघटन बदर हुने अवस्था फैसलाले भन्दैन ।

तर एमालेले अनेक जालझेलको भाषा झिकेर त्यसलाई ढाक छोप गरिरहेको छ । लामो समय सम्मको प्रतिबन्धित र भूमिगत राजनीतिक अभ्यासबाट खुला राजनीतिमा आउँदा हुने एउटा स्वाभाविक संक्रमणको स्थितिमा यस्तो भएको भनेर मान्न सकिन्छ । तर अविश्वास प्रस्ताव आइसकेपछि भएको विघटनको बदरलाई ढाक छोप गरेर, त्यो सडक आतंक र अराजकताको आज पनि पक्ष पोषण राजनीतिक व्यभिचार थियो र हो । तर वस्तुत स्वीकार्नै पर्ने संसदीय व्यवस्थाको सर्वमान्य सिद्धान्त के हो भने प्रधानमन्त्रीले आफ्नो राजनीतिक सुविधा र आवश्यकता अनुसार समय पूर्व संसद विघटन गर्ने अधिकार राख्दछ । विश्वासको मत लिने विकल्पमा ऊ जान सक्दछ ।

अर्को सरकार गठनकोलागि बाटो छोडिदिन सक्दछ । निर्णय गर्ने अधिकार प्रधानमन्त्रीको हो – किन कि उ सरकारको, संसद्को र मुलुकको नेता हो । त्यो अधिकार केपी ओलीसँग थियो र शेरबहादुर देउवासँग पनि छ । त्यसैले ओली मुद्दामा संसद विघटन सम्बन्धी अदालतको फैसला राजनीतिक, नैतिक र प्रजातान्त्रिक आधारमा उचित मान्न सकिन्न । संविधानमा लेखिएका कुरा यदि प्रजातन्त्र र राज्य संचालनको मूल मर्म र मान्यतासँग मेल खाँदैन भने अदालतले त्यहाँ प्रवेश गरेर त्यसलाई सच्याउने कार्य गर्दछ र गर्नु पर्दछ । त्यसलाई झन् विकृत र विद्रुप चरित्र ग्रहण गर्ने अवशर दिनु हुन्न । त्यो न्याय पालिकाको मुलुकप्रतिको धर्म हो !

२. सवैलाई पालो पुर्याउन मन्त्री छ छ महिनामा फेर्ने तर, संसद महिना, साता र घण्टा समेत हिसाव गरेर पाँच वर्षै पुग्नु पर्ने कुरा म बुझ्न सक्दिन । कुनै अयोग्यता, असक्षमता वा खराव आचरणको आधारमा बाहेक पालै पुर्याउन, राष्ट्रको मन्त्रीको पदलाई यसरी पार्टी नेताहरूको विर्ता सरह गरिने व्यवहार एक किसिमको राजनीतिक व्यभिचार हो । कसैको पार्टी फुटाउन एउटा अध्यादेश ल्याउने र पार्टी फुटाउने वित्तिकै त्यसलाई खारेज गर्ने अर्को राजनीतिक व्यभिचार हो । अहिले देशमा एक जना प्रधानमन्त्री छैनन्– जति दल सरकारमा सामेल छन् ती सवै दलका नाइकेहरू सवै प्रधानमन्त्री हुन् । दल अनुसारका मन्त्रीहरूका दल अनुसारका प्रधानमन्त्री । अर्थात् शेरबहादुर देउवा काङ्ग्रेसका मन्त्रीहरुका मात्रै प्रधानमन्त्री । यो अर्को राजनीतिक व्यभिचार हो । शेरबहादुर देउवाबाट त्यो गराइएको छ ।

. केपी ओली सरकारका पालामा भ्रष्टाचारका धेरै कुरा आए । ७० करोड, ओम्नी, यति, वाइड बडी कति हुन् कति । देउवाजीको अलंकारिक नेतृत्व र प्रचण्डजीको सर्वाधिकारी नेतृत्वको सरकार आएको एक वर्ष हुन लाग्यो, आफूहरूले लागेको त्यत्रो आरोपको छानवीन गर्नु गराउनु पर्दैन ? नेपालमा कुनै सरकार विना भ्रष्टाचार बाँच्न सक्छ भन्ने म मान्दिन । भ्रष्टाचार उसको बल, भर, शक्ति मात्रै होइन, भ्रष्टाचार बेगर कुनै सरकारको श्वासप्रश्वास पनि चल्दैन । भ्रष्टाचारको भर विना कुनै ठूला दल बाँचेका विश्वास नै गर्न सकिन्न ! । सरकार केन्द्रको होस्, प्रदेशको होस् वा स्थानीय तहको –सवै उस्तै हुन् । त्यसैले कसैले कसैमाथि लगाउने भ्रष्टाचारको आरोप पनि स्वयममा भ्रष्टाचार बन्ने गरेको छ –राजनीतिक व्यभिचार बन्ने गरेको छ ।

४. एउटा अर्को राजनीतिक व्यभिचार छ विदेशी प्रभाव र हस्तक्षेपको आरोपको । वर्तमान विश्वमा हरेक मुलुकमा हरेक मुलुकको राजनीतिक र रणनीतिक स्वार्थ रहेको हुन्छ । त्यसकोलागि हरेक मुलुकले हरेक मुलुकमा आफ्ना मित्र खोज्छन्, मित्रलाई सहयोग गर्दछन्, आफ्नो अनुकूल नीति ल्याउन दवाव र प्रभाव निर्माण गर्दछन् । अमेरिका, चीन, रूस,भारत, बेलायत, जापान, दक्षिण कोरियादेखि भियतनाम,पाकिस्तान, बंगलादेश,श्रीलंका, सिंगापुर इजरायल सवैले गर्दछन् । रूस र चीनले अमेरिकामा त्यस्तो लगानी गर्दछ , गरेको छ । अमेरिकाले पनि गरेको छ । त्यस्तो लगानी सरकारमा गर्दछन्, संसदमा –अदालतमा गर्दछन्, दलमा गर्दछन्, व्यक्तिमा गर्दछन्, त्यसैको एउटा पाटो हो एनजिओहरुमा हुने लगानी पनि । केन्द्र सरकारमा, प्रदेशमा र स्थानीय सरकारमा गर्दछन् । सेनामा र प्रहरीमा गर्दछन् । मिडियामा र वौद्धिक समुदायमा गर्दछन् । विकास निर्माणको काममा होइन, प्रशिक्षण भनेर आफ्नो प्रभाव बढाउन गर्दछन्, भ्रमणको कार्यक्रम राखेर निम्ता गरेर लैजान्छन् र सिकाउँछन् । प्रतक्ष गर्दछन् , परोक्ष गर्दछन् । संविधान बनाउँदा गरे, कानुन बनाउँदा गरे र गरिरहेका छन् । रणनीतिक स्वार्थ राखेर नै गर्दछन् । निस्वार्थ सहयोग अपवाद हो ।

५. यसमा दोष दिनेको होइन, हुँदैन । हुन्छ भने लिनेको हुन्छ । त्यस्तो लेन देनलाई आफ्नो राष्ट्रिय हित विपरित नहुने गरी , हुन नदिने गरी व्यवस्थापन गर्नु राज्यको दायित्व हो । त्यो दायित्वलाई व्यवस्थापन गर्न नसक्ने तर सार्वजनिक रूपमा अन्य राष्ट्रहरूलाई सरापेर बस्नु कायरता त हुँदै हो, राजनीतिक व्यभिचार पनि हो । र यो देश यसरी नै चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने बजेट ल्याउन अर्थमन्त्रीलाई माओवादीका विभाग प्रमुखहरुको सुझाव

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी

स्थानीय पाठ्यक्रम आवश्यक छ ?

डा दीपेन्द्र रोकाया । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह

जापानी विदेशमन्त्री खामिखावा नेपाल भ्रमणमा

  काठमाडौँ  । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आइतबार

जापान नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाई थप विकासका लागि दृढतापूर्वक सहयोग गर्न चाहन्छ

खामिखावा योको।   सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष