‘रामकुमारी झाँक्री मन्त्री हुँदा हाम्रो घरै रमाएको थियो, तर आज हामी रोएका छौँ’



नरेन्द्रराज प्रसाईं ।

हिजो पुलिसको डण्डाले रक्ताम्मे रामकुमारी झाँक्रीको रगत देखाएर नेकपाले आफ्नो राजनैतिको उच्च प्रदर्शन गर्ने मौका पाएको थियो । त्यही रीतले एउटा कोपिला फक्रेर मगमगी भएको थियो । त्यस बेलादेखि हिजोका दिनसम्म पनि सबैकी प्रिय पात्र रामकुमारी नै रामकुमारी थिइन् ।
पछिल्ला दिनमा सबै विश्वासिलाले नेकपा समाजवादी छाडेका बेला रामकुमारी झाँक्रीले छाताको काम गरेकी थिइन् । त्यस पार्टीमा उनले आफ्ना ओजनदार, बलिया र सानदार खुट्टा टेकेकी थिइन् र नै पार्टी पनि लोभिलै देखिन्थ्यो । उनी मन्त्री भइन्; अनि पक्षविपक्षका धेरै खुसी भएका थिए । मेरा लागि गणतान्त्रिक सिद्धान्त नै बिष मानिन्छ; यति हुँदाहुँदै पनि रामकुमारी झाँक्री मन्त्री हुँदा हाम्रो घरै रमाएको थियो । तर आज हामी रामकुमारी सँगसँगै रोएका छौँ ।

एउटी विकासवादी नारी, सक्रिय नारी, जनजाती नारी, निष्ठावादी नारी र पढेलेखेकी विदुषी नारी किन अटाइनन् दैव ! हाम्रै देशभित्र यस प्रकारको दानवीय सिकार किन भइरहेछ ? अब बालेन्द्र साहहरूतिर पनि यस्तै राक्षसी नग्रा गाडिदैनन् भन्ने के आधार छ र दैव !
हाम्रो मुलुक भ्रष्टाचारले खिइँदै छ । अन्तत: ‘हाम्रा नभएका राम्राहरूका हातमा सून्ना’ नै परिरहेको देखिन्छ । वर्तमान जेजस्तो भए पनि भविष्य त इमानदारकै हुन्छ भन्ने आशा चाहिँ गरौँ । अनि रामकुमारी र बालेनहरू त्यस आसनमा बस्न सकून् । त्यो दिनको प्रतीक्षा गरौँ ।

साँच्चैको देशभक्त हुँदा मोहनचन्द्र अधिकारी, साहना प्रधान र मोदनाथ प्रश्रितले पाखा लाग्नु पर्यो । जनप्रियताको नापोमा नापिदा रामकुमारी झाँक्रीहरूले अपमानित हुनु पर्यो । अर्काका आँसुमा हाँसेर मजाक नउढाओैँ ! राम्रालाई राम्रो भन्नेबारेको नैतिकशिक्षा नभुलौँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत लिने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने

डढेलो नियन्त्रण किन बनेन सरकारको एजेण्डा ?

प्रगति ढकाल, काठमाडौँ । डढेलोविद् सुन्दर शर्मा यही साता मंगोलिया भ्रमणमा जाने अन्तिम

जापान पठाइदिने भन्दै तीन करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने

चुनौतीहरुको सामना गरेर अगाडि बढ्न नेता कार्यकर्तालाई देउवाको निर्देन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा खेलकुद क्षेत्रले ठूलो आयामका रुपमा