‘७० वर्ष उमेर हद राखौं, र्याल–सिगान काढ्ने र कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन’



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकाले राज्यका निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा बैठकमा भट्टराईले त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन्। उनले भने,‘हामीले ६५ वर्ष अथवा ५८ वर्षमा अवकाशको प्रणाली राखेका छौं। तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ। अब ७० वर्ष नाघेका मानिसहरू राज्यका कुनै पनि निकायहरूमा चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने?’

भट्टराईले आफूहरूलाई र्याल–सिगान काढ्ने र कुर्सीमा बस्ने प्रधानमन्त्री नचाहिएको बताए । उनले भने, ‘हामीलाई काम गर्ने प्रधानमन्त्री चाहिएको हो। यस विषयमा सबै राजनीतिक दलहरूले एक मत बनाऔं भनेर ध्यानाकर्षण गर्न चाहन्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक

पढ्नुस् ११ सय २४ पृष्ठ लामो सहकारीसम्बन्धी छानबिन समितिको प्रतिवेदन(पूर्णपाठसहित)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । भदौ

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई शान्ति क्षेत्र घोषणाको

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान