इम्बोस्ड कि लाइसेन्स ?



डा. गोविन्दशरण उपाध्याय ।

निवेदन दिएको तीनतीन वर्षसम्म एउटा जाबो लाइसेन्स दिन नसक्ने सरकारले इमबोस्ड नम्बरका लागि जनतालाई बाध्य पार्ने नैतिक अधिकार छैन, वहिष्कार गर्छु । नेपालका सरकारी नेता र कर्मचारीजस्ता निर्लज्ज (सबै होइन), उत्तरदायित्वहीन र कमिसन खोर विश्वको कुनै कुनामा भेट्न सकिन्न ।

निवेदन दिएर पैसा बुझाएको लाभाग अढाई वर्षपछि एकान्त कुनामा लाइसेन्स आयो कि भनेर सोध्न जाँदा झापाका एकजना ७२ वर्षका बुजुर्ग भेटिनु भयो । मेरो चिट हेरेर उहाँले भन्नुभयो “बाबु ! अव पांच वर्षपछि यही चीट बोकेर रिन्यु गर्न आए हुन्छ । मेरो तीन वर्ष भयो । म ७२ वर्षको मान्छे, कति लाइसेन्सका लागि धाउनु ? धेरैको कथा यस्तै छ । जुन अड्डमा गए पनि नेता र कर्मचारी मिलेर जनतालाई झुक्याउने मात्र काम गरिरहेका छन् ।

गणतन्त्रलाई सबैभन्दा सफल तन्त्रका रूपमा व्याख्या गर्ने राजनीतिज्ञ, कदमकदममा भष्ट्राचारको विरोध गर्ने डलरका भतुवा अभियन्ताहरू लाइसेन्सका विषयमा भने दूलोमा लुकेका छन् किनभने यसमा केही विदेशी ब्यांकहरूले लगानी गरेका छन् । मेलम्ची, लाइसेन्स तथा एमसीसीका विषयमा उनीहरूको मुख सिलाइएको छ । सरकारले तीनचार वर्ष अगाडी नै राजस्व उठाएर गणतन्त्रको व्यबस्थापन (नेता व्यबस्थापन) गरिरहेको होइन भन्न सक्ने हैसियत गुमाइसकेको छ । जनताले दुई दिन ढिलो गरेर राजस्व बुझाउँदा जरिमानामा समेत ब्याज लगाउने सरकारले तीनतीन वर्षसम्म जनताको पैसा लुट्दा लाज मान्नु पर्ने हो कि होइन ? तर गणतन्त्र निकै निर्लज्ज छ ।

इम्बोसका लागि जनतालाई बाध्य बनाउने सरकारलाई जनताले लाइसेन्स समयमा दिने वनाउन सरकारलाई बाध्य बनाउन पर्यो ? जनतालाई जवर्जस्ती राजस्व तिराएर तीन वर्ष वितिसक्दा पनि एउटा जावो लाइसेन्स दिन नसक्ने सरकारको विश्वास गर्न सकिन्न र आफ्नो मातहतको विभागलाई उत्तरदायी बनाउन नसक्ने मन्त्री र त्यो मन्त्रिको माउँ प्रधाममन्त्री सबै जनताका अपराधी हुन् । यदि सहि नियत हुन्थ्यो भने लाइसेन्स आएका दिनमात्र पैसा लिनु पर्थ्यो ?

लाइसेन्सका लागि जनताले हरेक महिना जति राजश्व तिरिरहेका छन्, केवल एक महिनाको खर्चले तुरुन्त लाइसेन्स छापेर दिन सकिन्छ । म चुनौती दिन चाहन्छु, यदि कुनै निजी कम्पनीलाई केवल दुई महिनाको राजश्व (लाइसेन्सका लागि जनताले तिरेको) दिने हो भने एकमहिना भित्र सबैका हातमा आ–आफ्नो लाइसेन्स हुनेछ । समस्यालाई बुझ्न नसक्ने, बुझेर पनि उत्तरदायित्वहीन सरकारका पक्षमा निर्णय दिने न्यायालयका न्यायधीशले पनि जनताले तिरेको राजश्वबाट तलव खाने हुँदा अन्यायका विपक्षमा बोल्नुपर्छ ।

यो इम्बोस्डको उर्दी, गणतन्त्रको खर्च धान्न हो जनताको सेवाका लागि होइन । यदि सरकारले जनताको सेवा गर्न चाहन्थ्यो भने पैसो असुल गरेपछि समयमा लाइसेन्स दिन्थ्यो ? तिम्रो निर्णय वहिष्कार गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित