जनक शिक्षालाई एक महिनाभित्र पाठ्यपुस्तक छापीसक्न संसदीय समितिको निर्देशन



काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले एक महिनाभित्र पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले विद्यार्थीलाई पढाइबाट बञ्चित हुन नदिन समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन सरकारलाई निर्देशन दिएको हो ।

शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएपछि यथाशीघ्र पुस्तक उपलब्ध गराउन निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् । बैठकमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएका थिए ।

झाले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नुपर्ने भएकाले र रुस–युक्रेन युद्धका कारण किताब छाप्ने कागज आइनपुगेको बताए । उनले चैत १० सम्म आइपुग्नुपर्ने कागज अहिले मात्रै आएकाले असार पहिलो सातासम्म छपाइ सकिने बताए । उनले छपाइ सकिएको त्यसको १ महिनाभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने बताए ।

दुई करोडमध्ये करिब ३५ लाख मात्रै पाठ्यपुस्तक छाप्न बाँकी रहेको झाले बताएका छन् । जेठ १ गतेदेखि शैक्षिक सत्र सुरु भइसकेको छ। सबैजसो विद्यार्थीहरुले अझै पुस्तक पाउन सकेका छैन। जसले गर्दा उनीहरुको पढाइ प्रभावित भएको छ । कूल १ करोड ९८ लाख पुस्तक छपाइ हुनुपर्नेमा हालसम्म १ करोड ६५ लाख पुस्तक छपाइ भएको छ। .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीले बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन

  गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

पुस मसान्तसम्म २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति

काठमाडौं । सरकारसँग २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति

सशस्त्र प्रहरीद्वारा विराटनगरमा एक व्यक्तिको साथबाट ३८ वटा मानव खप्पर बरामद

विराटनगर । विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित सशस्त्र प्रहरीले एकजनालाई