पीएल, केपी, स्थापित, नानीमैयाका गफ पत्याउने काठमाडौंले गणेशमान र कृष्णप्रसादलाई किन पत्याएन ?



डा. युवराज संग्रौला ।
मैले हरेक समय परिवर्तनको कुरा उठाएँ । मलाई लाग्थ्यो, हरेक मानिसले विवेकले नै काम गर्छ। उसले सत्य नदेखुन्जेल उल्टोपुल्टो काम गर्छ, तर जब बिमर्श हुन्छ र सत्य प्रकट हुन्छ उसले कुरा बुझ्छ र आफ्नो सोचाइ बदल्छ। तर नेपालमा यो यथार्थ लागू नहुने रहेछ । के होला कारण ? मलाई नेपालमा बृहत प्रायोगिक अनुसन्धान गर्न सम्भव थिएन। त्यसैले, सांस्कृतिक समीपताका कारणले एशियाली देशहरूको प्राचीनकालदेखिका इतिहास पढें । थाहा पाउने आशले कि, के चीन, थाइल्यान्ड, कोरिया, जापान र श्रीलंकाले इतिहासमा नेपालकै जस्ता समस्या थिए ? हो, थिए । केही आज भन्दा १०० बर्ष पहिला थिए, केही ५० बर्ष पहिला, केही ३० बर्ष पहिला । अझ केही समस्या त ५०० बर्ष पहिला । अर्थात्, नेपाल एशियाली अग्र विकासउन्मुख देशको तुलनामा १००÷२०० बर्ष पछाडि छ । के हुन् ती समस्या ?

१. काठमान्डू स्युडोहरुको शहर हो, बहुमतमा । सिकाइ र बोध तीन किसिमका हुन्छन् । १. जानकारी, २. ज्ञान र ३. सत–बुद्धि। नेपालमा अधिंकाश मानिस जानकारीका पछाडि दौडिने हुन्छन्, त्यो पनि आँखामा पट्टी बाँधेर। अहिले बालेनका अन्धसमर्थक र अन्धबिरोधी छन् । सत्य के हो भने बालेनको जीत वा हार “नो भोट भएपनि,“ “पार्टीहरुको विरोध भएपनि,“ “युवा बगावत भएपनि,“ नेपालले भोगीरहेको समस्याको दवाइ होइन । बालेनको जीतले देशले चाहेको परिवर्तन ल्याउँदैन। यसले अहिलेको डेलीभर गर्न नसक्ने प्रशासनिक र परिवर्तन बिराधी प्राणालीलाई यथावत राख्छ र दरो बनाउँछ । बालेनलाई चलाउने कुनै स्थापित लोकतान्त्रिक संस्था छैन। उनलार्य भोका र छट्टुपट्टु मानिसले प्रयोग गर्छन् । हिजो बाबुआमाका हात समातेर बालेनलाई भोट नहाले आत्महत्या गर्छु भन्नेलाई, अब फेरि राजनीतिमा चासो हुने छैन । बस, अर्को एउटा होली सकियो। काठमाडौंको मास ज्ञान र बुद्धिले होइन, स्युडो ज्ञानमा दौड्छ। यो मासले पीएल गफलाई पत्यायो, स्थापितका गफलाई पत्यायो, नानीमैयाका गफलाई पत्यायो, केपी बाका गफलाई पत्यायो, प्रचण्डका गफलाई पत्यायो। तर गणेशमानलाई पत्याएन, कृष्णप्रसाद भट्टराइलाई पत्याएन।

२. कम्युनिस्ट सिद्धान्छ सकिएपछि कम्युनिस्ट हुँदैन। कम्युनिस्ट सिद्धान्त सकिएपछि, मुल्यहीन जमात हुन्छ। उनीहरुको जमातमा आफ्नै काम्रेड सबैभन्दा डरलग्दो शत्रु हुन्छ। केपी. ओली, माधव नेपाल र प्रचण्डका भाषण सुन्नु भएको छ । यो निर्वाचनमा कथित कम्युनिस्ट पार्टीहरुले हारे उनीहरुका सिद्धान्त पतनले । तर मार खायो नेपालमा राम्रोसँग हुर्किएको बामपन्थी लोकतन्त्रले । पार्टी हाँक्ने नेताहरूसङ्ग नैतिक बल छैन, नत्र उनीहरुले राजीनामा दिन्थे। यही हो राजनीतिमा नैतिकताको पतन ।

३. कांग्रेसलाई लाग्छ, समाजवादी राजनीति सकिए उसलाई राम्रो हुन्छ । उसले के बुझेको छैन भने बामपन्थी लोकतान्त्रिक शक्ति सकिएपछि, ऊ बाँचेको राजनीति व्यवस्थामाथि पनि आक्रमण हुन्छ। ऊ पनि रहँदैन।

४. जे सुकै होस् । नेपालका कम्युनिष्टलाई सबै मन पर्छन् । तर मेरिटोक्रेसी र विज्ञ मन पर्दैनन् । कांग्रेसलाई सबै मनपर्छन् तर “पार्टी भित्र स्वतन्त्र विचार राख्ने“ र समाजवाद मन पराउने मन पर्दैनन् । बामपन्थी लोकतन्त्र र उदार लोकतन्त्र नेपालमा हुर्किन सक्ने राजनीतिक धार हुन् । तर अहिलेका राजनीति नेतृत्व र संगठनले यी राजनीतिक धारको प्रतिनिधित्व गर्दैनन् ।

५. विज्ञताले अगुवाइ गरेको राजनीति अबको बाटो हो, र त्यसले आकार लिनेछ । बस युवाहरुको दबेको अन्तस्करणलाई प्रकट गर्ने अम्बेडकर र छन् दासुई जस्ता बिद्वानहरु पर्दा बाहिर देखिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व