साधु मनका कुरा !



डा. गोविन्दशरण उपाध्याय ।

मनमा कुरा आयो लुकाउन मन लागेन । चुनावी माहौल छ । साधु र चोर दूवै चुनावी रणभूमिमा छन् । चोर बलिया छन् कि साधु यो ३० गतेपछि थाहा हुनेनै छ । चोर नेता चुन्ने कि साधु नेता चुन्ने जनतालाई पूर्ण स्वतन्त्रता छ– संविधानले भनेर के हुन्छ र ? कहीं जनता वोतलमा किनिएका छन्, एउटा साडीमा त कहीं सदस्यताको पासोमा बाँधिएका छन् ।

देशका हरेक नागरिकलाई चोर को हुन् र साधु को हुन् ? प्रष्ट थाहा छ । थाहा हुँदाहुँदै पनि भोट दिने अधिकारको प्रयोग गर्नेहरूले दुरुपयोग गर्दैनन् भन्ने कुनै ग्यारेन्टी छैन । थाहा छैन किन हो जनताको विवेकले साधुको भन्दा पनि चोरको अपील बढी सुन्छ । चोरलाई चुनेर फुर्सतमा आफ्नैले चुनेको गालीगलौज गर्दै बसिरहेका हुन्छन् ।

मैले बुझ्न सकिरहेको छैन–देश, जनता र आफ्नो मौलिकतालाई माया गरेर उत्थानका लागि राजनीति गर्नेहरू र आफ्नो र आफ्ना पेट पाल्नका र आफ्नो शक्ति बढाउँन चुनावमा उठ्ने को हुन् र कति छन् ? तर जेजति छन्, धेरैजसो देश र समाजको उत्थानको लागि होइन आफ्नै उत्थानका लागि उम्मेदवार हुड्नैछन् भन्ने लुकेको छैन ।

काकतालीले जित्ने साधु वाहेक धेरैलाई जनताले भोगी सकेका छन् । बजेटमा मोज गर्नका लागि विकासको रकम खर्च गर्नु पर्ने बाध्यता हुन्छ । देशमा जे–जति विकासका काम भएका छन् ती सबै विकास बजेट खर्च गर्नु पर्ने बाध्यात्मक अवस्थाका कारण भएका छन्, यस अर्थमा विकासका क्रियाकलाप काकताली र बजेट–भंजन बाध्यात्मक हो । दलाली तथा भ्रष्टाचार गर्नकै लागि पनि विकासको काम देखाउनु पर्छ । साधु चुनिए भने ठिकै होला, चोरहरू राजा वन्दा फेरि पनि नियति उही नै हुनेछ।

चुनावका माध्यमबाट “राजा“ बन्ने दौडमा लागेका धेरैजसोले स्वदेश र आफ्नो गाउँठाउँको विकासका लागि अमेरिका, जर्मनी, वेलायत, चीन, सिङ्गापुर तथा भारतबाट रेडिमेड चिन्तन, सिद्धान्त, ब्लुप्रिन्ट लिएर आएका छन् । कसैले डेमोक्रसी घोकेका छन्, कसैले रिपब्लिक घोकेका छन्, कसैले मार्क्सवाद त कसैले धर्मनिरपेक्षता ! स्वदेशको विकासका लागि विदेशी प्रतिमान बोक्नेहरूले आफ्नो मौलिकताप्रति कत्ति विश्वास छैन । ऋषिमुनिहरूले निर्माण गरेका कालजयी प्रतिमानप्रति कुनै झुकाव छैन ।

म सोच्दै छु, कार्लमार्क्सले २६ वर्ष लगाएर लेखेको पूँजी र तेसका वरिपरी लेखिएका ठेलीकाठेली सिद्धान्त मेहनत गरेर पढ्ने नेपाली साम्यवादीहरूले के चाणक्यको अर्थशास्त्र, मनुको मनुस्मृति, विष्णुशर्माको पन्चतन्त्र, शुक्रको शुक्रनीति, लक्ष्मीप्रसाद के नेपाल सानो छ, नरहरिनाथ योगीको नेपाल पढ्न अलिकति समय लगाएको भए देशले काँचुली फेर्थ्यो  । ७२ वर्षसम्म मागेर लगाएको “कोट“ देशको लागि मिल्ने रहेन छ भन्ने चेत कहिले खुल्ला ?

असल विचार, वस्तु र मान्छे विश्वको जुनसुकै ठाउँबाट नेपालमा ल्याउनु पर्छ । त्यस्तै नेपालका असल विचार र वस्तुहरू विदेशमा निर्यात गर्नुपर्छ । नेपाली राजनीतिज्ञको चिन्तन र अहिले नेपालले बेहोरीरहेको व्यापार घाटा ठ्याक्क मिल्छ । जसरी विदेशी राजनैतिक प्रतिमानहरू नेपाली समाजउपर थोपरेर अत्याचार गरिंदै छ त्यसै सेरोफेरोमा १६ खर्वको व्यापारिक घाटा नेपालले सहँदै छ । साधुले यो तत्थ्य बुझेका छन्, चोरहरूले यो तत्थ्य बुझेका छन् तर उनीहरूको व्यक्तिगत जीवनका लागि चोरी भन्दा ठूलो र महत्वपूर्ण कल्याणकारी विषय अर्को हुनै सक्दैन ।

मन चोर छ तर नेता साधु चाहने हामी नेपालीहरूको सबैभन्दा अचम्मको बानी परेको छ । मनले भन्छ, आफ्ना मान्छेहरू ठाउँमा पुग्छन् र आफू र आफ्नो परिवारलाई “फाइदा“ हुन्छ भने “चोर“लाई भोट दिनुपर्छ, साधु भाँडमा जाओस् । तर मुखले भने बडो जोरसोरले साधुका पक्षमा वकालत गर्छ । आफ्नो मान्छे चोर भए पनि साधु अर्काको मान्छे साधुनै भए पनि चोर – मान्नै पर्छ नेपालीहरुको स्वार्थलाई । अधिकृत बनेको तीनवर्षमा काठमाडौँ घर बनाउन नसक्ने आफ्ना सन्तानलाई बाबुआमाका आशिर्वादको भाखा नै वदलिंछ– सबैले “गरे“ बाबु तँ पनि अगाडी बढ्नुपर्छ ।

भोटमा तपाईं हाम्रो अधिकार छ तर एक पटक त्यो खसेपछि हाम्रो अधिकार रहन्न । हामीले आफ्ना लागि “राजा“ चुन्ने अधिकार पाएका छौँ । कसैको पनि निधारमा चोर वा साधु लेखिएको छैन । तर हामी सबैको विवेकले साधु र चोरलाई चिनेको छ, जानेको छ, भोगेको छ, दुखेको छ ।  आफ्नो निजी स्वार्थ र नातागोता वा सदस्यताको बन्धनका कारण आफ्नो स्वतन्त्रता “चोर“को हातमा सुम्पने कि साधुलाई भोट दिएर आफ्नो स्वतन्त्रता सुरक्षित गर्ने, आफूले आफ्ना लागि मालिक चुन्ने कि सहयोगी चुन्ने, चोर चुन्ने कि साधु, विदेशी भक्त चुन्ने कि स्वदेशमा गौरव गर्ने ऋषिसन्तान चुन्ने ? निर्णय आफ्नै हातमा छ । गलत निर्णयले दास बन्नु पर्ने छ असल निर्णयले गौरव बढ्ने छ । आफ्नो मत, आफ्नै हविगत । सही निर्यण गरौँ, देशको गौरवशाली नागरिकको मर्यादाको रक्षक बनौं ।
स्वस्ति अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट