देउवा ५१ सालपछिको राज्य संचालनको बाटोमा



जेपी गुप्ता ।
यो गठबन्धनको घाँडोले प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई ०५१ साल पछिको राज्य संचालनको बाटोमा डोर्याएको देखिन्छ । आफ्ना निर्णय र कदमहरूबाट आममानिसमा पर्ने प्रभावको मूल्यांकन बारे बेवास्ता भयो स यो सोच आत्मघाती हो । यदि शासनले रोषयुक्त मौनतामा रहेका जनता माझ आफ्नो निर्णयहरूको प्रतिरक्षा गर्न सक्दैन भने विपक्षी कथ्यको घोडदौडबाट कुल्चिइनु पर्दछ । श्रीलंकाको दुरावस्थाका कारणहरू रोमको बेटिकनमा पोपको तहखानामा शताब्दीऔं देखि थन्क्याइएर राखिएको अभेद्य ‘मीथ’ को दस्तावेज होइन। श्रीलंका छर्लङ्ग छ आज ।

राम्रो अर्थमन्त्री हुन “योग्यता र दक्षता” चाहिएला । तर, देशको राम्रो अर्थ व्यवस्था रहे नरहेको कुरा विनोद चौधरी भन्दा पहिला भोको नागरिकको पीडाले बुझ्छ । म लामो कुरा नगरूँ ! यति मात्र भन्छु प्रजातन्त्रको कमारो हुँ । प्रधानमन्त्रीजी, हजूरले गलत समयमा राष्ट्र बैंकका गभर्नरलाई हटाउनु भयो। यो गठबन्धनले तपाईँलाई नोक्सान पुर्याउँदैछ। अवश्य पनि नेपाली कांग्रेस नोक्सानीमा पर्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा

आज देशभर पृथ्वीजयन्ती मनाइँदै

काठमाडौं ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर

केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति