आत्मविश्वास हराएका ओली
केशवप्रसाद भट्टराई ।
१. केपी ओली सरकार कुनै मानक थिएन । आदर्श थिएन । आर्थिक सुशासनमा त अत्यन्त कमजोर नै थियो । कूटनीतिक मामिलामा पनि कहिले दुस्साहसिकता कहिले तुष्टीकरणको नीति । तर पनि उनको व्यक्तित्वमा जुन दृढता र आत्म विश्वाश झल्किन्थ्यो । त्यसले संकटको समयमा राष्ट्र र जनतालाई आड र भर दिएको हुन्थ्यो । उनमा कुनै विश्वास थियो, कुनै अडान थियो हरेक विषयमा उनको दृष्टिकोण रहन्थ्यो त्यसैले जो कसैले उनलाई डगाउन सक्दैनथ्यो । सरकारमा केन्द्र थियो ।
२. देउवा सरकारमा त्यस्तै दृढताको आशा गरेको । देउवाजी पनि सरकारको केन्द्र बनुन भन्ने चाहेको । सरकार गैर संवैधानिक र अनुत्तरदायी शक्ति केन्द्रको हातको खेलौना नबनोस भन्ने चाहेको । परराष्ट्रमन्त्री, गृहमन्त्री, शहरी आवाश मन्त्री र स्वास्थ्य मन्त्री बाहेक अन्य मन्त्रीले कुनै उपस्थिति नै देखाएनन् । पर्यटन मन्त्री र कुनै उताका कर्मचारी कुट्ने मन्त्रीमा कुनै फरक छ जस्तो लाग्दैन ।
३. एउटा कुरो ओली सरकारले गरेको प्रतिनिधि सभा विघटन कुनै प्रतिगामी कदम थिएन । अराजनीतिक पनि थिएन । अप्रजातान्त्रिक थिएन । अदालतको फैसला गलत थियो । आफ्नै पार्टी नेतृत्वको सरकार विरुद्ध अदालतमा उजूर गर्न जाने र संसदमा विपक्षमा उभिने कार्य हिजो भए पनि गलत, आज भएपनि गलत र भोली भए पनि गलत नै हो । त्यसले त्यसैपनि अनुशासनहीन यो मुलुकको राजनीतिलाई झन् अनुशासनहीन र अमर्यादित बनाउँदै जानेछ ।
४. तर हिजो आज काङ्ग्रेसको विरोध र आलोचनामा ओलीजीमा आत्म विश्वास देखिन्न ।
दृढता देखिन्न । ओलीजीमा प्रचण्ड र माकुनेको छाँया परे जस्तो । आत्म विश्वास हराए जस्तो । राजनीतिक संस्कृति विरुद्ध बगावत गरे जस्तो ।
५. यो आलोचना होइन, बाटो विराएका देउवाजी र परिचय हराएका ओलीजी दलको र राष्ट्रको शक्ति बनेर नै बसुन् अन्यथा नहुन् भन्न मात्रै खोजेको ।