रुससँग आत्मसमर्पण नगर्नु नै युक्रेनको विजय हो



केशवप्रसाद भट्टराई ।

१. युरोपको एउटा कमजोर राष्ट्र युक्रेनले संसारको दोस्रो ठूलो शक्ति रूसको बर्बर, निर्लज्ज र कायर आक्रमण बेहोरेको ३७ दिन भयो ।
३७ दिन सम्म एउटा महाशक्तिसँग लडिरहनु , आत्मसमर्पण नगर्नु नै युक्रेनको विजय हो ।

नैतिकरूपमा त रूस हारिसक्यो । सैन्यरूपमा भन्न सकिएन । आफ्नो राष्ट्रिय स्वाभिमानकोलागि,आफ्नो राष्ट्रिय स्वतन्त्रता र प्रभुसत्ताकोलागि युद्धमा युक्रेनले ठूलो क्षति बेहोरेको छ । तर यसले संसारका ठूला शक्तिराष्ट्रहरूको शक्तिको अहंकारलाई थप्पड हानेको छ । सानो र कम्जोर मुलुकका राष्ट्रपति दुनियाँको महानायक बनेका छन् – रूसी राष्ट्रपति ??? उनको शक्ति बनेका चीनियाँ राष्ट्रपति ?

२. यसको अर्को पक्ष भनेको एक किसिमले आर्थिक भूमण्डलीकरणको अन्त्य हो । युरोप, अमेरिका, जापान, कोरियाका ठूला ठूला वहुराष्ट्रिय कम्पनीहरू चीन र रूसबाट बाहिरिन थालेकाछन् । घोषित र अघोषित आर्थिक प्रतिबन्धहरू लाग्दै लगाइदै छन् । रूसका विरुद्ध लगाइएका घोषित आर्थिक प्रतिबन्ध र संसारका ठूला औद्योगिक र व्यापारिक प्रतिष्ठानहरूले रूसको युक्रेन आक्रमणलाई समर्थन गरेकोमा चीनसँगका आर्थिक र व्यापारिक सम्बन्धलाई संकुचित गर्दैछन् । चीन छोड्दै छन् । स्मरणीय छ चीनको आजको आर्थिक शक्ति र सामर्थ्यको मूल कारण भनेको विश्व बजारसँगको उसको एकीकरण हो । पश्चिम युरोप, अमेरिका, जापान र दक्षिण कोरिया जस्ता मुलुकहरूसँगको उसको व्यापार हो ।

३. युद्धले युरोप, अमेरिका, जापान र दक्षिण कोरिया जस्ता मुलुकहरूको एकतालाई थप सुदृढ बनाएको छ । नाटोलाई थप सशक्त बनाएको छ , जापान, जर्मनी अमेरिकाहरूले आफ्नो रक्षा बजेटमा ठूलो वृद्धि गरेका छन् । यसले भविष्यमा चीन, रूस र भारत जस्ता मुलुकहरूलाई लाई पनि त्यस्तो बजेटमा वृद्धि गर्न र उनीहरूलाई दवावमा राख्ने छ । दोस्रो चरणको शीत युद्धलाई औपचारिक रूपमै आरम्भ गराएको छ । अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई चुनौती दिने चीनियाँ नेतृत्वको नयाँ वैकल्पिक विश्व व्यवस्था निर्माणकालागि चीनले लामो समयदेखि गरिरहेको प्रयाशमा थप तीब्रता आउने छ ।

४. तर अमेरिकी नेतृत्वको विश्व व्यवस्थामा कम्पन उत्पन्न गर्ने , आफ्ना आफ्ना आर्थिक स्वार्थकालागि अमेरिकी नेतृत्वको विश्व व्यवस्थामा आपसी अन्तर्विरोध बढाउने क्षमता चीनसँग छ तर एउटा नयाँ वैकल्पिक विश्व व्यवस्था निर्माण गर्ने राजनीतिक, आर्थिक, सांस्कृतिक र नैतिक सामर्थ्य आर्जनगर्न चीनलाई सजिलो छैन । अमेरिका, युरोप, जापान जस्ता मुलुकहरूको जस्तो प्राविधिक श्रेष्ठता आर्जन गर्न अझै धेरै धेरै वर्ष लाग्ने छ । एउटै उदाहरण हेरौं चीनसंग , रूससँग अमेरिका र युरोपसँग भिड्ने बम छ, गोला बारूद छ । आणविक क्षमता पनि छ । पनडुब्बी छन् । क्षेप्यास्त्र छन् । तर बोइङ्ग र एयरबस जत्तिकै भरपर्दा यात्रु बाहक विमान बनाउने क्षमता आर्जन गरिरहेका छैनन् । चीनले चीनमा बनेका जेट विमान नेपाल जस्ता मुलुकलाई बेच्ने मात्रै हो , ती विमान उसले आफैंले पनि चलाइरहेको छैन । आजको विश्व चलाउने कम्प्युटर प्रविधि, मोवाइल प्रविधिमा अमेरिकाको तुलनाको श्रेष्ठता आर्जन गर्न चीनलाई अझै धेरै वर्ष अमेरिकी कम्पनीहरूले सघाउनु पर्दछ । अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई चुनौती दिने सामर्थ्य आर्जन गर्नु अघि अमेरिकाले आफ्नो नेतृत्वको विश्व व्यवस्थालाई निर्माण गर्न अमेरिकाले दशकौंसम्म संसारका विभिन्न मुलुकहरूलाई गरेको अर्बौं अर्ब डलरको उदार सहयोग, अंग्रेजी भाषा, उसका थिङ्क ट्यांकहरू, गैर सरकारी संगठनहरू, नागरिक स्वतन्त्रता, राजनीतिक वहुलवाद, न्याय प्रणालीको शक्ति र प्रभाव पनि चीनले आर्जन गर्न आवश्यक होला ।

५.अर्को कुरा, अमेरिकाको शक्ति त्यहाँका राष्ट्रपति होइनन् । बुस, ओबामा, ट्रंप , बाइडेनहरू आउँछन् –जान्छन् । उनीहरूलाई नियन्त्रण गर्ने प्रणाली त्यहाँ अत्यन्त बलियो छ । सयौँ वर्ष देखिको संचित आन्तरिक उर्जाभएका राज्य संरचनाहरू ,सामाजिक र वौद्धिक संगठनहरू, शैक्षिक सँस्थाहरूले राष्ट्रपतिलाई नियन्त्रण गर्दछ । चीन र रूससँग शक्तिशाली नेता छन् । योग्य र सक्षम पनि होलान् , व्यापक अनुभव पनि छ तर उनीहरूलाई सार्थक सहयोग गर्ने , सच्याउने, उनीहरूका अहं, दम्भ र गलत क्रियाकलापहरूलाई नियन्त्रण गर्ने संरचना छैनन् । त्यस्तो नियन्त्रणको प्रयाशमात्रै पनि राज्य विखण्डनमा रूपान्तर हुन सक्छ, मुलुक आन्तरिक उथलपुथलमा जान सक्छ । राज्य व्यवस्था नै परिवर्तन हुन् सक्छ । कुनै कारणले बाइदडेनहरू , बोरिस जोन्सनहरू पदबाट हटेमा उनीहरूको विकल्प त्यहाँको राज्य व्यवस्थाले तत्कालै र सजिलै दिन सक्छ तर सी र पुटिनको हकमा त्यो त्राषद बन्न सक्दछ ।

६. अब नेपाल फर्कौँ । पहिलो शीत युद्धको केन्द्र नेपालको सीमानाबाट धेरै पर थियो । नेपालका छिमेकीहरूको त्यो शीत युद्धमा कुनै खास भूमिका पनि थिएन । एक दर्शक जस्ता मात्रै थिए –– हुटिङ् गर्ने जस्तो भूमिकामा मात्रै । तर अहिले आएर शीत युद्धको केन्द्र नै नेपालको छिमेक बनेको छ । त्यसैले राजा महेन्द्र र वीरेन्द्रलाई जस्तो सजिलो छैन देउवा र ओलीहरूलाई । राजा महेन्द्र र वीरेन्द्रको र उनीहरूको नेतृत्वको राज्य व्यवस्थाको सरहको क्षमता भएर पुग्दैन वर्तमान नेपाललाई । त्यो समयको भन्दा धेरै ठूलो चुनौती छ मुलुक सामू । तर वर्तमान राजनीतिक नेतृत्व र वर्तमान राज्य व्यवस्थाको क्षमता ??? सवाल यो हो । यो नेतृत्व र राज्य व्यवस्थाले यो नयाँ शीत युद्धको नेपाल चुनौती धान्ने क्षमता राख्दैन तर यो क्षमता आर्जन नगरी सुख्ख छैन । र यो दायित्व मूलतः काङ्ग्रेस र एमालेको हो । माओवादी, समाजवादी वा अन्य कसैको होइन । सङ्कट गहिरियो भने मुलुकले त्यसकोलागि काङ्ग्रेस र एमालेलाई जिम्मेवार मान्दछ । दण्ड भोग्नु परे भोग्ने उनीहरू नै हुन् । यो कुरामा मैले लामो समयदेखि काङ्ग्रेस र एमालेको ध्यान खिच्न खोजेको तर म जावाको कुरा कसले खाने ?

७. र मैले बारम्बार भनिरहेको र लेखिरहेको सवाल हो–कुनै राज्यको सुरक्षा सीमा उसकै मुलुकबाट आरम्भ हुन्छ र उसकै सीमामा गएर अन्त्य हुन्छ । हो सांस्कृतिक सीमाना फरक हुन सक्दछ तर त्यो सीमानाको व्यवस्थापन सांस्कृतिक संगठनहरुले गर्छन् – राज्यले गर्दैन । नेपालले भारत र चीनलाई वीपी कोइरालाले जस्तै शक्तिशाली आवाजमा भन्न सक्नु पर्दछ नेपाल भित्र तिमीहरूको सुरक्षा सीमानाको सिद्धान्त नेपाललाई मान्य छैन । यो मान्यतालाई स्थापना गर्न र गराउन हाम्रो कूटनीतिक क्षमता प्रदर्शन गर्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा

आज देशभर पृथ्वीजयन्ती मनाइँदै

काठमाडौं ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर

केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति