सहकार्य र गठबन्धनको प्रारूप पछि तयार गरेहुन्छ, अहिले नै हात खुट्टा बाँधेर हाम्फाल्न आवश्यक छैन



केशवप्रसाद भट्टराई ।
१. आफ्ना पदीय स्वार्थ र महत्वाकांक्षाकासँग, सत्ता लिप्सासँग काङ्ग्रेस भित्रको शक्तिशाली लोभी –पापी गुटले नेपाली काङ्ग्रेसको आदर्श,मूल्य, मान्यताका साथै नेपाली काङ्ग्रेसका आम मतदाता –कार्यकर्ताको विवेक,सम्मान र स्वाभिमान समेत माओवादी र नेकपा समाजवादीलाई क्रय – विक्रय गर्दैछन् । त्यो उनीहरूको कुरो । काङ्ग्रेसका माओवादीको कुरो ।

२. तर काङ्ग्रेसका उम्मेदवार नभएको स्थानमा पनि त्यहाँको मतपत्रमा रुख चिन्ह त रहन्छ । त्यसैले तिनले जे सुकै भनुन हामीले रूखमै मत दिने । रुख चिन्ह मै भोट हाल्ने । उम्मेदवार नभएको स्थानमा त्यो मत बदर होला, तर सदर ÷बदर प्राविधिक कुरा मात्रै हो । त्यो पनि विरोधको एउटा मर्यादित शैली नै हो ।

३. हामीले काङ्ग्रेसका लोभी–पापीहरूकालागि आफ्नो आत्मा त वेच्नु परेन । विवेक र स्वाभिमानको हत्या त गर्नु परेन । आफ्नो अन्तरात्मालाई लज्जित र पीडित त बनाउनु परेन । तर ख्याल रहोस गठबन्धनको विरोधको नाउमा कुनै अर्को दलको चिन्हमा मत नजाओस् । त्यसरी मत गयो भने हाम्रो विरोधको नैतिक शक्ति क्षीण हुन्छ । त्यसको राजनीतिक असर पनि कम हुन्छ । गठबन्धनको निर्णयको विरोधको नाउमा कुनै अर्को पार्टीको पक्षमा मत हाल्दा हाम्रो निर्णय पनि राजनीतिक र नैतिकरूपमा प्रदुषित हुन्छ । निष्ठामा स्खलन आउँछ ।

४. यो यस कारण पनि आवश्यक छ–जहाँ काङ्ग्रेसका उम्मेदवार छैनन् त्यहाँ काङ्ग्रेसका मतदाता, समर्थक र शुभेच्छुकहरूले आज अर्को चिन्हमा मत हाल्न वाध्य पारिँदा, उनीहरूसँग बसउठ हुँदा, प्रचार प्रशारमा संलग्न रहँदा , उनीहरूको पक्षमा वकालत गर्दा , आमसभामा अर्को पार्टीको बखान गरेर अर्को पक्षकोलागि भोट माग्दा संगठनको चुरोमा धमिरा पस्छ । संगठनको चुरो मासिन्छ । विचार, सिद्धान्त र आदर्श गौण बन्न जान्छ । आस्था धमिलो हुँदै मर्न जान्छ । अनि आज अर्को चिन्हमा मत हाल्न सिकाइएकाहरू भोली सजिलै उनीहरूका बनिदिन्छन् । कसै कसैकालागि पो यो चरणका स्थानीय देखि केन्द्रसम्मका चुनाव अन्तिम होला काङ्ग्रेसको लागि त अन्तिम होइन नी ।

५. चुनावको परिणामले चुनाव पछि स्थानीय तह देखि राष्ट्रिय स्तरसम्म सरकार संचालनमा सहकार्य आवश्यक पर्दछ भने, गठबन्धन आवश्यक बन्यो भने वैचारिक निकटताको, साझा कार्यक्रमको आधारमा त्यस्तो सहकार्य र गठबन्धनको प्रारूपपछि तयार गरे हुन्छ अहिले नै हात खुट्टा बाँधेर हाम्फाल्न आवश्यक छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट