युक्रेनमा रूसको विजयको अर्थ
केशवप्रसाद भट्टराई ।
१. युरोपमा रूस र एसियामा चीनको प्रभुत्व र वर्चस्व स्थापना ।
२. संसारमा साना र कमजोर मुलुकहरू छिमेकका ठूलो र शक्तिशाली मुलुकहरूको अघोषित उपनिवेश भएर बाँच्नु पर्ने वाध्यता र विश्व एक किसिमले ठूला र शक्तिशाली राष्ट्रहरूको प्रभाव क्षेत्रमा विभाजित हुने अवस्था–एक किसिमले दोस्रो विश्व युद्ध पूर्वको अवस्था ।
यो नेपालका लागि पनि शिक्षा, सङ्केत र चेतावनी पनि हो । नत्र एमसीसी अनुमोदन लगत्तै नेपाल निर्वाचनमय हुन लागेको बेलामा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको कार्यक्रम हुने थिएन । चीन समर्थक वाम वुद्दिजिवीहरूका भनाइहरू यस बारे प्रष्ट छन् ।
३. राष्ट्र सङ्घ सामाजिक र आर्थिक विषयहरूमा धेरै कम गर्न सक्ला तर ठूला र शक्तिशाली राष्ट्रहरूको रणनीतिक स्वार्थ जोडिएको अवस्थामा यो केवल दीनहीन र लाचार संस्था मात्रै हो । राष्ट्रहरुको वाचनालय मात्रै हो ।
४. युक्रेन मामिलामा भारतले प्रदर्शन गरेको व्यवहारको अर्थ उसले चीनियाँ नेतृत्वको एसियाली व्यवस्थालाई मनोवैज्ञानिकरूपमा स्वीकार गरेको छ । युक्रेनमाथिको रूसी आक्रमणलाई भारतको मौन समर्थन र भारत सरकार निकट मिडियाहरूको प्रस्तुतिले निर्माण गरेको रणनीतिक मनोविज्ञानमा क्वाड र इन्डो प्यासिफिक रणनीति ओझेलमा छन् । ती अव क्रमश शिथिल हुँदै जानेछन् । भारत सत्तरीको दशकमा जस्तै रूसी क्याम्प निकट हुने छ । तर नयाँ क्याम्पको मेरुदण्डको रूपमा चीन रहने भएकोले त्यसमा भारतको व्यवस्थापन कसरी हुन्छ त्यसबारे धेरै कुरा प्रष्ट हुन बाँकी नै हुने भए । अनि यस युद्धमा युक्रेनको शक्ति बन्न नसकेका अमेरिका र युरोपका राष्ट्रहरू चीनले लद्दाख, अरुणाचल प्रदेश र रूस र चीनकै सहमा पाकिस्तानले काश्मिर माथि आक्रमण गरेमा के स्थिति बन्ला भगवान जानुन ।
५. अमेरिका विश्वको एउटा महाशक्ति भएर त रहने छ नै उसले एसियामा चीनसँग र युरोपमा रूससँग सम्झौता गरेर यी दुइ क्षेत्रमा आफ्नो भूमिकालाई संकुचित गरेर बस्ने छ ।
६. युरोपका बेलायत, जर्मनी, फ्रान्सजस्ता मुलुकहरू रूसको सैनिक र चीनको आर्थिक शक्ति र प्रभावसँग सम्झौता गर्न वाध्य हुने छन् । जापान, अस्ट्रेलिया,दक्षिण कोरियाहरूबाट अमेरिकी प्रभाव शिथिल हुँदै जाने छ । उनीहरू वस्तुगत रणनीतिक वातावरणसँग सम्झौता गर्ने छन् ।
७. युक्रेन युद्धमा अमेरिकाको जस्तो भूमिका देखियो ताइवानमाथि चीनले आक्रमण गर्दा त्यो भन्दा फरक भूमिकामा अमेरिका रहने छैन । वक्तव्य, भाषण, व्यापारिक र आर्थिक नाकाबन्दीमामा मात्रै ऊ सीमित हुने छ । हो ताइवानको सुरक्षा अमेरिकाको दायित्व हो , अमेरिकी कानुनले नै त्यसलाई निर्दिष्ट गरेको छ तर आफ्नो स्वतन्त्रतÞा र प्रभुसत्ताको रक्षकोलागि नाटो को सदस्यताको लागि, आफ्नो शरणमा आएको मुलुक ध्वस्त हुँदा केही गर्न नसक्ने अमेरिका कसरी ताइवानको पक्षमा उभिएला र ? अनि ताइवान चीनको कब्जामा, चीन र रूसको भर र बलमा उत्तर कोरियाको दक्षिण कोरिया माथि ??? यस्तै यस्तै यस्तै !
८. युक्रेन युद्ध नयाँ विश्व व्यवस्थाको आरम्भको प्रशव पीडा हो । यसैको बाटो अमेरिकालाई अमेरिकी गोलार्धमा सीमित पार्ने रूसी चिनी रणनीतिक लक्षको मार्ग निर्माण हुँदै जानेछ ।
९. विश्व वामपन्थी अधिनायकवादी युगमा प्रवेश गर्ने छ । नेपालका वामपन्थीहरूलाई बधाई !