मातृभाषा



डा. गोविन्दशरण उपाध्याय ।
समय : २००८
त्यो वर्ष बोन विविमा विश्वभरिका दार्शनिकहरूको सम्मेलन थियो । मैले पनि नेपालबाट त्यहाँ पुगेको थिएँ । मैले आफ्नो लागि “शेयर्ड–रुम” बुक गराएको थिएँ किनभने मेरो आर्थिक अवस्थाको माग नै यही थियौं । विविले दिएको कोठामा रसियन, ट्युनिसीयन, हंगरी र म गरी हामी चारजना थियौं । हामी फरकफरक भाषा बोल्थौँ र बुझ्थौँ । मैले वाहेक कसैले पनि अंग्रेजी बोल्न जान्दैनथ्यो ।

तीन दिनसम्म चलेको त्यो दार्शनिक सम्मेलनमा उनीहरूले आफ्नै मातृभाषामा पेपरहरू प्रस्तुत गरे । मैले अंग्रेजीमा गरें । मैले देखें कि जर्मनहरू, जापानीजहरू र अन्य साना युरोपेली मुलुकहरूका विद्वानहरूले आफ्ना शोधकार्यहरू आफ्नै मातृभाषामा प्रस्तुत गरिरहेका थिए । केवल नेपालजस्ता दक्षिण एसियाली र अफ्रिकीहरूले मात्र अंग्रेजीमा आफ्ना शोधकार्य प्रस्तुत गर्यौं ।

हामी चारजना रूममेटहरू एकआपसमा सङ्केतका माध्यमबाट संवाद गर्थ्यौं । रमाइलो कुरा त के भने हामी सबै मिलेर बोन–शहर पनि घुम्यौं. कफी खायौं, रमाइलो गर्यौं । कहिलेकाहीँ म टुटाफूटा अंग्रेजी बोलेर ती प्रोसेसरहरूलाई आफ्नो कुरा सम्झाउने प्रयत्न गर्थे तर उनीहरूले मेरो प्रयासलाई खासै महत्व दिंदैनथे ।

फ्रान्कफर्टबाट आएका एकजना दार्शनिकसँग मैले सोधें– तपाईंहरू अंग्रेजी राम्रो जान्नुहुन्छ तर किन जर्मन भाषामा नै पेपर प्रजेन्ट गर्नुभयो ? उहाँले मुसुक्क हाँस्दै एउटा एसियाली व्यक्ति र जर्मन परिवारको प्रसंग सुनाउनु भयो जुन संक्षेपमा निम्न प्रकारको थियो–
एउटा फ्रेन्च परिवारसँग एउटा भारतीय व्यक्तिसँग राम्रो मित्रता भयो । यी दुई परिवारबीच एकआपसमा आतेजाते हुन थाल्यो । एकदिन त्यो भारतीय आफ्ना बालबच्चासहित फ्रेन्चको घरमा पुगे । बालबालिकाहरू एकआपसमा खेल्न थाले । प्रसंगवस, भारतीयले आफ्ना बालबालिकाहरूले केवल अंगे्रजी पढीरहेको र उनीहरूलाई हिन्दी भाषा सिकाउन आवश्यक नभएको भनि सुनाए ।

“यो सुनेपछि घरबेटीले भारतीय मित्रका बालबालिकालाई नजिकै बोलाएर “तिमीले हिन्दी बोल्न सक्छौं ? भनेर सोधे । स्वाभाविक रूपमा बालबालिकाले “सक्दैनौं” भने । अनि, घरआमाले “के तिमी आफ्नो मातृभाषा हिन्दी सिक्न, बोल्न चाहन्छौं ?” बालबालिकाको ठाउँमा उनका अभिभावकले भने “हिन्दीको आवश्यकता नै छैन । अंग्रेजी सिके पुगिहाल्छ नि । हामीले आफ्ना बालबालिकालाई फ्रेन्च र अंग्रेजी सिकाउने ।” कुरा टुंगियो ।

भोलिपल्ट ती घरबेटीले आफ्ना भारतीय मित्रलाई “उप्रान्त तपाईंहरू हाम्रो घरमा नआउन विनम्र अनुरोध गर्छु” भन्ने संदेश दिए । “किन ?” भनेर भारतीयले सोधेको प्रश्नमा घरबेटीले भनिन् “जसले आफ्नो भाषालाई माया गर्दैन, त्यो व्यक्ति र देश चांढोनै अरूको मानसिक तथा भौतिक दास बन्ने निश्चित छ । मैले आफ्ना बालबालिकालाई तपाईंका वालबालिकासँग सङ्गत गरूँन् भन्ने चाहन्न किनभने उनीहरूले आफ्नो देश, संस्कृति तथा सभ्यतालाई कदापि माया गर्ने छैनन् ।मलाई मेरो भाषा, संस्कृति तथा सभ्यता प्यारो छ ।”

जर्मन दार्शनिकले आफ्नो कुरा समाप्त पारे । मेरो मुख लाजले रातोपिरो भयो । त्यसबखत मैले आफ्नो रुममेट रसियन प्रोफेसरलाई सम्झिएँ जसले रसियन भाषामा आफ्नो प्रस्तुति दिएर पनि सर्वोत्कृष्ट सम्मान प्राप्त गरेका थिएँ । मैले यो प्रसंगबाट धेरै कुरा बुझें तर नेपालीको भाग्य–विधाताहरूले बुझ्ने छैनन् । भूगोल, जातजाति र भाषाका नाममा “अंग्रेजीको विकास” नै उहाँहरूको प्राथमिकता रहने छ । मातृभाषाले राजनीतिज्ञको स्वार्थ बोक्ने छन् । सबै नेपालीहरूले आ–आफ्नै मातृभाषामा “मातृभाषा दिवसको शुभकामना” दिएको पढ्न पाइयोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको उपस्थितिमा सिंहदरबारको मूलगेट अगाडि यसरी मनाइयो पृथ्वीजयन्ती, तस्बिरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौँ । आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा