भेलन्टाइनको अन्त्य



डा. गोविन्दशरण उपाध्याय ।

समयः ९ः४७ विहान
१. त्यो “भेलेन्टाइन”को अवसरमा मैले उहाँबाट फेसबुके गुलाफ पाएपछि ९ क्लासमा पढ्दापढ्दै हामी बीच प्रेम बस्यो । हामी बीच रातभरि कुराकानी चल्थ्यो । उमेर पुगेको थिएन, भागेर विवाह गरियो । “हाम्रो प्रेम”का अगाडी आमावुवा, दाजुभाई, दिदीबहिनी तथा आफन्तको कुनै अर्थ थिएन । हाम्रो जोडी ईश्वरले बनाएको हो भन्ने अहंकार थियो ।

२. मन्दिरमा सिन्दूर दलेर विवाह गरेको दृष्य धुमधामले फेसबुकमा पोष्ट गरियो, टिकटकमा राखियो । हाम्रो प्रेम देखेर दुनियाँ दिवाना भयो । हाम्रा फोलोवर्स बढे । आलोचना गर्नेहरूलाई फेसबुक र टिकटकबाट विदा गरियो ।

हामी चितवनमा लुकेर बसेका थियौं । कोठा भाडा र खानपिनका क्रममा मसंग र “उहाँ”संग भएको पैसा सकियो । तैपनि “भेलेन्टान–डे”का दिन हाम्रो प्रेमले फेसबुक भरियो । बाआमाले बनाईदिएका मुन्द्रा पनि मैले बेचें तर हामी दुईबीच प्रेम कम भएन ।

३. उहाँले भन्नुभयो “म गिट्टी फोरेर भए पनि तिमीलाई माया गर्ने छु । हाम्रो प्रेम अमर छ ।” उहाँ मजदुरी गर्न थाल्नुभयो । मैले पनि स–सानो काम गर्न थालें । यसैबीच मेरो पेटमा गर्भ रह्यो मेरो उमेर नपुगेकोले अस्पतालले बच्चा नजन्माउने सल्लाह दियो । हामीसँग “अवोर्सन” लागि पैसा थिएन । हाम्रो आफ्नो कोठामा फर्कियौं ।

४. पेटको नानी बढ्दै गएको छ । म सानोतिनो काम गर्न पनि नसक्ने भएकी छु । काममा जान्छु भनेर हिंडेको “उहाँ” पाँच महिनादेखि फर्किनु भएको छैन । घरबेटी दयालु छन्, भाडा मागेका छैनन् बरू मेरो दशा देखेर सहयोग गरिरहेका छन् ।

५. आज विहानै उहाँको फोन आयो । मैले बोल्न नपाउँदै उहाँले भन्नुभयो “उप्रान्त, मलाई नकुर्नु । आफ्नो बाटो आफै समात्नु । तैँले गर्दा मेरो जिन्दगी वर्वाद भयो ।” फोन काटियो । म किम्कर्तव्य बिमूढ़ भएर कोठाको छततिर हेरीरहें । कक्षा नौ, साथीहरू, बाआमा र जन्मघर सम्झिएर रोइरहेकी छु ।

६. मेरो “भेलेन्टाइन”को अन्त्य यसरी हुन्छ भन्ने मैले सोचेकी पनि थिईन । मेरो भविष्य के होला मलाई थाहा छैन तर हे भगवान् ! संसारका कुनै पनि केटाकेटीलाई मेरो “बुद्धि” नदिनु !!

नोट : कसैको मन दुखेमा संयोग ठान्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको उपस्थितिमा सिंहदरबारको मूलगेट अगाडि यसरी मनाइयो पृथ्वीजयन्ती, तस्बिरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौँ । आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा