नसकिएको कथा !



डा. गोविन्दशरण उपाध्याय ।

१. एउटा गाउँमा १० जना मान्छे मिलेर बसेका थिए । मिलेर बसेको हुँदा सबैको घरगृहस्थी असल नै थियो । सरसहयोग, लेनदेन तथा सुखदुःख सबैको साझा हुन्थ्यो ।

२. एक दिन एउटा मान्छे त्यो गाउँमा आयो । उसले एउटा किताव देखायो र भन्यो–यो कितावले तपाईंहरूको जीवनलाई झन् सुखी र उन्नत बनाउँछ ।

३. उसले हरेक मान्छेको घरमा गएर छुट्टैछुट्टै भेटघाट गर्यो । कितावका विषयमा बतायो र भन्यो “तपाईंले आफ्नो लागि पनि सोच्नुपर्छ । आफ्नो स्वार्थ सर्वोपरी हुन्छ ।”

४. अनि, कितावअनुसारको विकासका लागि सामूहिक बैठकहरू आयोजना गरिने क्रम बढ्यो । हरेक व्यक्तिमा बैठकको अध्यक्ष नै बन्नु पर्ने आशय देखिन थाल्यो । किताव ल्याउने मान्छेले भन्यो “विकासका लागि हरेक व्यक्तिमा नेताको गुण हुनुपर्छ ।”

५. समय बित्दैगयो । १० घरका व्यक्तिहरू एकै गाउँमा बस्थे तर लुकेर, बहाना बनाएर र झगडा नै गरेर भए पनि “किताव” ल्याउने मान्छेसंग छुट्टाछुट्टै भेट्न थाले । एकआपसमा कुराहरू लुकाउने/बनाउने क्रम बढ्यो ।

६. दशजना दशतिर देखिए । एकदिन मान्छेले भन्यो– “कुरा नमिलेपछि तेस्रोले मध्यस्थता गर्नुपर्छ । अव सबै कुरा मैले भनेअनुसार गरौँ ।” सबै चुपचाप भए ।

७. अनि, सबै एक्लाएक्लै उसको “घर”मा गए । मेजमानी खाए । उसले दिएको कागजमा चुपचाप हस्ताक्षर गरेर आए । एक्लाएक्लै जाने/भेट्ने सबैले आफ्नो लागि “राम्रो” उपहार बोकेर आए ।

८. एक दिन उसले भन्यो “मसंग भएका सम्झौताहरू कार्यन्वयन गर” अनि एकले अर्कोलाई देखाए । सम्झौता गर्न कोई पनि नतम्सिएपछि उसले आफुले दिएका सुविधाहरू वारे कुरा खोलिदिए ।

९. सबै एकआपसमा एकअर्काको कुनखोल्ने/नपोल्ने कुरामासहमति बन्यो र सम्झौता हुने भयो । १० जना भलाद्मी मिलेर आ–आफ्ना परिवारका मान्छेहरूलाई बताउने निधो भयो ।

१०. आफ्नो घरका मान्छेहरूलाई मनाउने काम “भलाद्मी”को थियो तर एकदूईजनाले पटक्कै मनाउन सकेनन् किनभने “ठूला भएका बालबच्चा”हरू सबै कुरा पारदर्शी होस् भन्ने चाहन्थे । अमुक परिवारको सदस्यले उफ्रिउफ्री १० जनाको सहमतिका नाममा गरेको वदमासी वारे फुकिदियो ।

११. अनि, १० जनाको संझौता सबै “गाउँ”को चासो बन्यो । हरेक गाउँलेले सम्झौता केलाउन थाले । कुरा गिजलिएको देखेर १० जना भलादमी एकै ठाउँमा उभिन थाले तर गाउँले पत्याएनन् ्र १० जनाले आफ्नो पक्षमा “विज्ञ”हरू उठाएर “राम्रो हो” भन्न लगाए तर गाउँले पटक्कै विश्वास गरेनन् ।

१२. आफ्नो सम्झौता कार्यन्वयन नभएको देखेर मान्छेले भन्यो “तिम्रो घरका मान्छेलाई मनाउने काम तिम्रै हो । नसक्ने भए मैले दिएका उपहार फिर्ता गर । उप्रान्त मैले तिमीहरूको विश्वास गर्ने छैन ।”

१३. उपहारहरु फिर्ता गर्ने प्रश्ननै आउंदैन । व्यक्तिगत सम्पतिले तिर्न सकिन्न । गाउँको पैसाले तिर्ने वहाना सकिएको छ । पश्चिम फर्के उत्तर रिसाउने, उत्तर फर्के पश्चिम रिसाउने ! ए बाबा, हाम्रा गाउँलेले मान्दैमानेनन् भन्दा पनि उसले नमान्ने !” दशैंजना नाङ्गो भएका छन् ।

१४. गाउँलेले भने “१० जना नांगिएका छन् तर पनि लुगा लगाएको अभिनय गरिरहेका छन् । एकपटक नाङ्गो भएपछि के को लाज ! नाङ्गाहरूले अव लुगा लगाएर हिड्नेलाई भन्दै छन् “लुगा लगाउने असभ्य मान्छेहरूले” कुरा बुझ्दैनन् ।”
१५. हामी बुझ्दै छौँ तिमी भन्न चाहन्छौं “ हामी नाङ्गाहरूले जे गर्छौं, जे भन्छौं, ले लेख्छौं लुगा लगाउनेहरूले मान्न सिक्नुपर्छ । लुगा लगाउने गाउँलेका लुगा नलगाउने हामी राजा !”

१६. कथा यहीं सकिएको छैन । अर्को भागको प्रतिक्षा गरिरहौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको उपस्थितिमा सिंहदरबारको मूलगेट अगाडि यसरी मनाइयो पृथ्वीजयन्ती, तस्बिरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौँ । आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा