खै परराष्ट्र नीति ?
केशवप्रसाद भट्टराई ।
छ केही भने केबल वामपन्थी र दक्षिणपन्थी अतिवादीहरूले सडक र सामाजिक सन्जालमा कुनै मुलुक समूहप्रति विशेष मोह तथा अनुराग र कुनै मुलुक समूह विशेष विरुद्ध घृणा र द्वेष छताछुल्ल पार्ने र मुलुकलाई झन् बढी अन्यौल र अस्थिरतातर्फ घचेट्ने नीति मात्रै छ ।
वामपन्थी र दक्षिणपन्थी अतिवादीहरूमा जनताको पक्षमा अर्थात जनताको पोल्टामा पर्ने उपलव्धि दिने राज्य नीतिबारे अन्यौल भएपछि, राजनीतिको बाटो नै तय गर्न नसक्ने भएपछि उनीहरूले राष्ट्रवादको नाउमा त्यस्तो गर्ने गर्दछन् । आन्तरिक सवालमा आतंक र अराजकतालाई अवलम्वन र समर्थन र वाह्य मामिलामा राष्ट्र विशेष विरुद्ध विरूद्ध घृणा र द्वेष !
सडकले परराष्ट्र नीति तय गर्ने अनि राज्य र सरकारको नेतृत्व गर्ने दलहरू सडकका अराजक र अनुत्तरदायी नारा सामू कायरतापूर्वक निरीह र लाचार बनेर सडकको नारा पछि लाग्ने भएपछि अनि हामी यिनै यिनै र यस्तै यस्तै नियति भोग्न वाध्य हुन्छौँ ।
त्यसले मुलुकको आन्तरिक मामिलामा वाह्य हस्तक्षेपलाई आमन्त्रण मात्रै गर्दैन त्यस्तो हस्तक्षेपलाई सँस्थागत नै गरिदिन्छ ।