कि सरकार र सत्तारूढ दलनै गुण्डागर्दीमा उत्रने हो ?



केशवप्रसाद भट्टराई ।

कानुन विपरीत हुने गरी केही गरेका छैनन् भने डा.सुनील शर्मा र आनन्दराज बतासहरूले यो मुलुकका उद्यमीहरूको स्वाभिमान र सम्मानकोलागि अविराम लडाई लड्नु पर्दछ । उनीहरूको त्यो लडाई सरकारी पक्ष र सत्तारूढ दलको गुण्डागर्दी विरूद्ध निजी क्षेत्रको र मुलुककै उन्नति र समृद्धिको पक्षको लडाई हो ।

१. सत्तारूढ दलको विद्यार्थी संगठनले सिंहदरबार भित्र शिक्षा मन्त्रालयमा एक सम्मानित मेडिकल उद्यमीलाई कालोमोसो दल्छन् ।
शिक्षा मन्त्री वार्ता गर्न बोलाउने उनका राजनीतिक नाताका विद्यार्थी संगठनले उनकै कार्यालयमा उनका वार्ताका साहभागीलाई कालोमोसो दल्ने ।
अर्का मन्त्री जाँचबुझ नगरी र त्यसको निष्कर्ष नआउँदै सरकारका मन्त्री अर्का उद्यमीले खडा गरेका निर्माण संरचना भत्काउने आदेश दिएर हिरो हुन्छन् । सरकारको नेतृत्व काङ्ग्रेस सभापतिशेर बहादुर देउवाले गर्नुभएको छ । गृहमन्त्री उहाँका दाहिने हात !
सिंहदरबार भित्रै असभ्य र अशोभनीय जंगली राज ?
शेरबहादुरजी यस्तै सजिलो हुनुहुन्छ, गठबन्धनका सहभागी दलका मन्त्रीहरूलाई जे गर्न पनि छुट छ त्यसैले उहाँ गठबन्धन मैत्री नेता हो ।

२. यो देशको उन्नति र समृद्धिकोलागि ती शिक्षामन्त्री र पर्यटनमन्त्रीको भन्दा कालोमोसो दलिने मेडिकल उद्यमी र पर्यटन उद्यमीको धेरै बढी योगदान छ ।
उनीहरूले त वर्षेनी मुलुकलाई करोडौँ कर तिरेका छन् , हजारौँलाई रोजगारी दिएका छन् । निजी क्षेत्रका मेडिकल कलेजहरूले सरकारलाई वर्षेनी करोडौँ कर पनि तिरेका छन् र सरकारको सिफारिशमा हरेक वर्ष सयौँलाई नि:शुल्क पनि पढाएका छन् । मुलुकलाई राम्रा डाक्टर र अन्य स्वास्थ्यकर्मी दिएका छन् ।

३. दलहरूले त त्यस्तै कालोमोसो दल्ने, सडकमा ढुङ्गा हान्नेहरू मात्रै तयार गर्ने हुन् । मुलुकको अर्थतन्त्रमा कुनै योगदान नगर्ने तर राज्य कोष डसेर खाने राजनीतिक खेताला मात्रै तयार गर्ने हुन् । इलमी र उद्यमीमाथि दुर्व्यवहार गरेर, उनीहरूको तेजोवध गरेर सत्ता रूढ दल र सरकार देशलाई आर्थिकरूपमा कङ्गाल बनाउने बाटोमा जाँदैछ । कसैले कानुन विपरित केही गरेको छ भने कानुन अनुसार दण्ड दिने कि सरकार र सत्तारूढ दलनै गुण्डागर्दीमा उत्रने हो ?

४. कानुन विपरित हुने गरी केही गरेका छैनन् भने डा.सुनील शर्मा र आनन्दराज बतासहरूले यो मुलुकका उद्यमीहरूको स्वाभिमान र सम्मानकोलागि अविराम लडाई लड्नु पर्दछ ! । उनीहरूको त्यो लडाई सरकारी पक्ष र सत्तारूढ दलको गुण्डागर्दी विरूद्ध निजी क्षेत्रको र मुलुककै उन्नति र समृद्धिको पक्षको लडाई हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अधिकृत एकलाख २० हजार घुससहित पक्राउ

काठमाडौँ । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई

एकीकृत समाजवादीको महाधिवेशन असार १६ देखि २० सम्म काठमाडौंमा हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन फेरि सरेको छ । बुधबार बसेको

सर्वोच्चको अन्तरिम आदेशको बेवास्ता गर्दै गण्डकीमा अधिवेशन आह्वान गरिएको भन्दै कांग्रेसको आपत्ति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको

पर्वतमा जिसी दम्पती हत्यामा संलग्न पत्ता लगाउन प्रहरीलाई सकस

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको बुधबार १७