स्थिति देख्दा हामी अर्को उभारको संघारमा उभिएका छौं जस्तो देखिन्छ



डा. अनुप सुवेदी ।

विगत १–२ दिनमा देखिन थालेका कोभिडका बिरामीको संख्या र स्थिति देख्दा हामी अर्को उभारको संघारमा उभिएका छौं जस्तो देखिन्छ । ओमिक्रोन भेरियन्ट देखापर्नु अगाडि पनि डेल्टा भेरियन्टले नै पनि हिउँदमा फेरि अर्को (पहिलेको भन्दा सानो) उभार ल्याउने लगभग निश्चित थियो नै । ओमिक्रोन देखिएपछि त त्यस्तो लहर झन् चाँडो आउने र डेल्टा–मात्रको लहर भन्दा ठूलो हुने पनि सुनिश्चित् भएको छ । खालि त्यो ओमिक्रोनको लहर अघिल्लो (दोस्रो) लहरजस्तै ठूलो वा उस्तै हताहती गराउने हुन्छ कि सानो, कम क्षति गराउने हुन्छ भन्ने मात्र अहिल्यै निर्क्योल गरिहाल्न सकिंदैन ।

विगत केही दिनमा विशेष गरी सभा–सम्मेलन, बिहे, भोजभतेर मा संक्रमित भएर केही दिन वा १ हप्तापछि अस्पताल पुग्ने वा भर्ना हुने क्रम बढ्न थालेको देखिन्छ । यो डेल्टाकै पहिलेदेखिकै अपेक्षित उभार हो कि, यसमा केही मात्रामा ओमिक्रोनको पनि देन छ, सरकारको जिनोम सिक्वेन्सिङ अध्ययनले मात्र त्यो बताउला । तर मूल कुरो, सबै फेरि एकदम सतर्क हुनुपर्ने भयो है । बिहेबारी, भोजभतेर, सभा–सम्मेलनबाट सकेसम्म टाढै बस्नुहोला ।

घरबाहिर निस्केको बेलामा घरका सबै सदस्यले सकेसम्म एन–९५ वा सो सरहको, मास्क हरबखत लगाउनुहोला । आफूले स्कुल पठाएका केटाकेटीहरूलाई पनि त्यसो गर्न सिकाउनुहोला । मास्क लगाउँदा हावाको प्रवेश मास्कको छेउछाउ वा तलमाथिबाट नहुने गरी अनुहारमा टपक्क मिलेको मास्क मात्र लगाउनुपर्छ। त्यस्तो मास्क पाइएन भने बरू एन–९५ मास्क र सर्जिकल मास्क, वा सर्जिकल र कपडाको मास्क, आदि दुई थरी मास्क एकैचोटी लगाउने, वा युट्युब भिडियो लिंकमा देखाइए झैं मास्कको दुई छेउमा गाँठो र मुजा पारेर लगाउने गर्नुपर्छ ।

वातायन (भेन्टिलेशन) राम्रो नभएको बन्द कोठामा अरू व्यक्तिसँग मास्क लगाएरै पनि सकेसम्म नबस्नुहोला । आफूलाई वा आफ्ना परिवारको कुनै १ मात्र सदस्यलाई “सामान्य रुघा“ वा “खोकि मात्र“ वा “हल्का ज्वरो मात्र“ वा जुनसुकै कोरोनासँग मिल्न सक्ने लक्षण छ भने लक्षण हुनेले तुरुन्त पिसिआर परीक्षण गराउनुहोला। जाँचको रिपोर्ट नआउन्जेल घरका कोही पनि सदस्य कार्यालय, विद्यालय वा बाहिर कतै पनि ननिस्कनुहोला। यदि घरको १ जनाको मात्र पीसीआर पोजेटिभ देखियो भने बाँकी सबै जनाले पनि क्वारन्टिनका सकेसम्म सम्पूर्ण नियमहरूको पालना गर्नुहोला । अनि कसैले खोप लगाउनुभएको छैन भने तुरुन्त सरकारले दिएको खोप लगाउन गइहाल्नुहोला । जतिसुकै महिनाका गर्भवती, स्तनपान गराउने आमा, जुनसुकै दीर्घरोग हुने वा औषधी खाने सबैले कोभिड विरुद्ध सरकारले उपलब्ध गराएको जुनसुकै खोप पनि लगाउन सुरक्षित छ, र लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपा र राप्रपा नेपालको चियापानमा प्रधानमन्त्रीदेखि कलाकारसम्म(फोटोफिचर)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय

सरकारले किन ल्यायो अध्यादेश ? यस्तो छ गृहमन्त्रीको जवाफ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन

सबैमा उपचारको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्याउन सरकार

जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

जुम्ला । जुम्ला  जिल्लाका आठ वटै स्थानीय तहका आठ हजार आठ सय २९