‘राजतन्त्र पुनःस्थापनाको चर्चा चल्नुमा एमाले, कांग्रेस र माओवादीनै कारक हुन्’



ऋषि कट्टेल ।
राप्रपाको अधिवेशनमा लिगदेनको विजयपछि राजतन्त्र पुनःस्थापनाको निकै चर्चा चलेको छ । अर्थात् दरवारका दलालहरुमा अलि चुरिफुरी वढेको छ । कमल थापाले आफूलाई हराउन राजदरवार लागेको आरोप लागएका छन् भने राजेन्द्रले राजावादी पार्टीमा राजाले हस्तक्षेप नगरे ओलीले गर्छन् त ? भनेर जवाफ फर्काएका छन् । यसपटकको घटनाले के प्रष्ट गर्दछ भने ज्ञानेन्द्र शाह छद्दम रुपमा राजतन्तन्त्रको पक्षमा वातावरण वनाउन क्रियाशील रहेको देखिन्छ । राप्रपा मात्र हैन नेपालका नेपाली, साझा पार्टी लगायत कतिपय हिन्दूवादी संगठनहरु ज्ञानेन्द्र शाहको लगानीमा नै चलेका छन् भन्ने प्रष्ट छ । ज्ञानेन्द्र शाह अहिले निकै उत्साहित भएर क्रियाशील भएको कुरा स्वयं राजावादी कमल थापाले सार्वजनिक गरिसकेपछि अरु तथ्य खोज्न लाग्न परेन ।

यस्तो अवस्था सिर्जना हुनु अर्थात् ज्ञानेन्द्र शाह र यसका भरौटेहरुको दुश्साहस बढ्नुमा मुख्यरुपमा कांग्रेस, एमाले यसको सहउत्पादन नेकपा एस र माओवादी केन्द्र दोषी छन् । यिनले कमल थापाहरुलाई बोकेका छन् । लिङदेनलाई एमालेनै चुनाव जिताएको हो । दाहालले हितराज पाण्डेलाई मन्त्रीवाट हटाएर कमल थापा बोकेको सवैले देखेकै छन् । राप्रपाको अधिवेशनमा शुभकामना दिन कुदेका छन् । एउटा प्रतिगामी दललाई शुभकामना दिन दौडनुको अर्थ हुन्छ उसको एजेण्डालाई समर्थन गर्नु । यस्तै आडभरोसामा गणतन्त्रविरोधीहरु चलमलाएका छन् । नेपाली जनताले निकै ठूलो त्याग र वलिदानवाट ल्याएको गणतन्त्रविरुद्ध षडयन्त्र गर्नेहरुले निकै महंगो मूल्य चुकाउनु पर्नेछ । बेलैमा चेतना भया ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संचार मन्त्रालयले भन्यो-सरकारका कारण इन्टरनेट सेवा अवरुद्ध भएको होइन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही

सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको

सुकुम्बासी वस्तीमा डोजर आतंक बन्द गर्न बालेनलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर नचलाउन आग्रह