एमसीसी पास भएमा देशमा ठूलो राजनीतिक परिवर्तन हुनसक्छः मैनाली(भिडियोसहित)
काठमाडौं । वरिष्ठ वामपन्थी नेता राधाकृष्ण मैनालीले नेपालका राजनीतिक दलका नेताहरु नसुध्रिए मुलुकमा दक्षिणपन्थ हावी हुने बताएका छन् । न्यूज नेपाल टेलिभिजनको कार्यक्रम बहसमा कुरा गर्दै मैनालीले नेताहरु नसुध्रिए मुलुकमा फेरि राजतन्त्र पुनःस्थापना हुन सक्ने बताएका हुन् । उनले यसरी राजनीति लामो समयसम्मा जान नसक्ने भन्दै सडकबाटै व्यवस्था फालिन सक्नेसमेत बताए ।
उनले भारत र चीनसमेत एमसीसीको पक्षमा नरहेकाले एमसीसी पास भएमा देशमा ठूलो राजनीतिक परिवर्तन हुनसक्ने बताए । उनले देशमा अहिले राजनीतिक अराजकता रहेकाले नेताहरुकै कारण देशमा नयाँ तानाशाह आउनसक्ने सम्भावनासमेत रहेको बताए ।