कांग्रेस रुपान्तरणका लागि रामचन्द्र पौडेलका ‘दससूत्र’



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलभित्रको लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । आइतबार ‘कांग्रेसको अबको बाटो, रुपान्तरणको १० सूत्र’ दस्तावेज सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले पार्टीभित्र लोकतन्त्रको रक्षा आफूहरुको मुख्य मुद्दा हुने बताएका छन् ।

उनले लोकतान्त्रिक पद्धति जोखिममा पर्दा समेत लोकतन्त्रमा आधारित समाजवादलाई कार्यान्वयन गर्ने इच्छा पार्टी सभापतिमा नदेखिएको बताएका छन् । पार्टीमा क्रियाशील सदस्यता वितरणदेखि नै ‘सल, बल र छल’ भइरहेको र सत्ताको दुरूपयोग बढिरहेको उनले बताए । आन्तरिक लोकतन्त्र हुँदै सिंगो लोकतन्त्रलाई कमजोर पार्ने जोखिम यस्ता क्रियाकलापले बढाएको भन्दै उनले प्रधानमन्त्री समेत रहेका सभापति देउवाप्रति आक्रोश पोखेका छन् ।

उनले भनेका छन्,‘अहिलेको नेतृत्वले आफ्नो पक्षले हार्छ भनेर नेपाल दलित संघ, जनजाति संघ, किसान संघ, नेपाल विद्यार्थी संघ लगायतका भातृसंस्थाको अधिवेशन नै गराउन चाहेन । पार्टीको महाधिवेशन नै यत्रो महामारीतिर धकेलियो । मेरो एउटै मात्र उद्देश्य गुटविहीन पार्टी हो । म पार्टीका सबै निकाय, अङ्ग, अवयवहरुका चुनाव समयमा गराउन प्रतिबद्ध छु । तिनीहरुलाई चलायमान गराउने कुरामा प्रतिबद्ध छु । पार्टीमा नयाँ जीवन, नयाँ शक्ति, नयाा उर्जा भर्ने काम गर्नु आवश्यक छ । मलाई मेरो गुट हार्ला किभन्ने डर छैन । म गुटको आधारमा हैन विचारको आधारमा राजनीतिमा वाँच्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राजदूतले भने-स्वदेशी तथा विदेशी लगानी बढाउन नेपालको नीतिमा स्पष्टता जरुरी छ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक

मतदान सम्पन्न भएपछि देउवाले भने- लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भयो

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्णरूपमा उपनिर्वाचन

हामी सरकार फेरबदलमा केन्द्रित नरहेको तर….

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको

इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान, ५७ प्रतिशत खस्यो मत

फिक्कल (इलाम) । इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको