गतिशील दार्शनिकः देवकोटा



डा. गोविन्दशरण उपाध्याय ।

दर्शनशास्त्रलाई रुखो मान्नेहरू धेरै छन् । देवकोटालाई रसिक ठान्नेहरू थुप्रै छन् । देवकोटा रसिक र दार्शनिक दूवै हुन् । यही लक्ष्मी प्रसाद देवकोटाको खूवी हो । लक्ष्मीप्रसाद देवकोटा एउटा प्रवाह हुन् । त्यो प्रवाहमा उनी दार्शनिक, कवि, राजनीतिज्ञ, धर्मशास्त्री, समाजशास्त्री, भाषाविद् तथा सौन्दर्यशास्त्री छन् । कही ऋषिमुनिलेझैं ध्यान लगाएर “श्रीकृष्ण रहेछ एक” भन्छन् । कहीं धर्मशास्त्री तथा दार्शनिक बनेर “पांचबटा चाहिने कुरा” लेख्छन् ्र कहीं शिक्षाशास्त्री र राजनीतिज्ञ बनेर “के नेपाल सानो छ ? भनेर प्रश्न गर्छन् र उत्तर दिन्छन् ।

देवकोटालाई मन पराउनेहरू थुप्रै छन् । देवकोटाउपर १ दर्जन भन्दा बढी विद्यावारिधि भएका छन् । देवकोटा भने आफै विद्यावारिधि थिएनन् । आज पनि देवकोटा एउटा रहस्य नै छन् । देवकोटालाई प्रत्यक्ष भेट्नेहरूका लागि देवकोटा “लक्ष्मीपूत्र” थिए भने देवकोटालाई सुन्ने र पढ्नेहरुका लागि उनी अझैं रहस्यमय छन् । उनका धेरैजसो काब्य र महाकाव्यहरू अनूदित हुन् भनेर सोच्नेसम्म फुर्सदसम्मको अवकाश दिंदैनन् । अनुदित साहित्यलाई नेपालीकरण गर्ने उनको क्षमता आजसम्म कसैले तोड्न सकेको देखिन्न ।

नरेन्द्रराज प्रसाईका अनुसार कविता, महाकाव्य, कविता सङ्ग्रह, नाटक, निवन्ध तथा प्रवन्ध, कथा, उपन्यास, समालोचना सहित अंग्रेजीमा लेखिएका कृति र अनुवाद गरी ८४ बटा पुस्तकहरू प्रकाशित भैसकेका छन् भने अझैं ४५ वटा विभिन्न कृतिहरू प्रकाशित हुनै वांकी छन् (प्रसाई–२०६६) । अप्रकाशित कृतिहरूको सूचि र नाम हेर्दा उहाँको राज्नानैतिक, सामाजिक, धार्मिक तथा समाजशास्त्रीय चिन्तनलाई प्रकट गर्ने अझैं थुप्रै पुस्तकहरू प्रकाशित हुन वांकी छन् । उहाँका छोरा प्राडा. पद्मप्रसाद देवकोटाले पनि केही कृतिहरू छाप्नु भएको छ भने हालै एउटा अंग्रेजी निवन्ध द विच डाक्टर सङ्ग्रह छापिएको छ । यो निवन्ध सङ्ग्रहका नवौं, दसौं, बाह्रौं, पच्चीसौं र २९ सौं निवन्धले दर्शनशास्त्रलाई प्रतिनिधित्व गरेको छ ।

त्रिमूर्ति निकेतनका अध्यक्ष नरेन्द्रराज प्रसाईले वि.स. २०६६ मा देवकोटाको शतवार्षिकी आयोजना गरेका थिए । त्यसवखत उनले सकेसम्म देवकोटा विषयक कृतिहरू, शोधग्रन्थहरू तथा देवकोटाका सम्वन्धमा बोलेका, लेखेका भनेका विषयहरू छाप्ने र लेखकहरूलाई सम्मानित गर्ने काम गरेका थिए । त्यसवखत उनले एक दर्जनजति देवकोटा विषयक कृतिहरू प्रकाशित गरेको देखिन्छ प्राडा कुमार वहादुर जोशीको महाकवि देवकोटाः अनेकका आँखामा, प्रा. राजेन्द्र सुवेदीकोः काव्य निवन्ध केन्द्रका देवकोटा. जीवा लामिछानेको पिक्चक्यु ग्लाइमपस ः देवकोटा, नरेन्द्र राज प्रसाईकोः देवकोटाको जीवनशैली, डा. शैलेंदुप्रकाश नेपालको मुनामदन समालोचना, डा. मोदनाथ प्रश्रितको महाकवि देवकोटाको वैचारिक विकास, इन्द्रिरा प्रसाईकोः देवकोटा शताब्दी कविता, नरेन्द्रराज प्रसाईको देवकोटा शताब्दी निवन्ध र नरेन्द्रराज प्रसाईकै महाकवि देवकोटा प्रकाशित भएको भेटिन्छ । त्यसवखत लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिहरू छापिएको भेटिन्न । छापिएको भए राम्रो हुन्थ्यो ।

महाकवि देवकोटाको पहिलो कृति समर्पण वि.स. १९८९ मा छापिएको थियो भने उहाँका छापिन बाँकी मध्ये अन्तिम पुस्तक कहिले, कहाँ र कसले छाप्ने हो भन्न सकिन्न । तथापि ती सबै सक्दो चांढो छापिए हुन्थ्यो । देवकोटाको परिवार, नेपाल सरकारका निकायहरू वा स्वतन्त्र निकाय जसले पनि पहल गर्न मिल्छ तर ती अप्रकाशित कृतिहरू जसको स्वामित्वमा छन्, प्रकाशकको उनीहरूप्रति केकस्तो दायित्व पूरा गर्नुपर्ने हुन्छ ? यो आफ्नै ठाउँमा छ । पाठक र माजस्ता जिज्ञासुहरू देवकोटाका कृतिहरू प्रकाशित होउन् भन्ने चाहन्छौं ।

महाकवि देवकोटाका चिन्तनहरूलाई विद्वानहरूले आ–आफ्नो अभिमुखीकरण (यचष्भलतबतष्यल) का आधारमा बुझ्ने र बुझाउने प्रयत्न गरेका छन् । प्रगतिवादीहरू (मार्क्सवादी चिन्तनबाट प्रभावित) देवकोटालाई “प्रगतिशील” वर्गमा स्थापित गर्ने प्रयत्न गरेका छन् भने पौरस्त्यवादीहरूले देवकोटालाई धार्मिक, आध्यात्मिक तथा पौरस्त्यवादीको रूपमा स्थापित गर्ने प्रयत्न गरेका छन् । तेस्रोधार मानवतावादीहरूको छ जसले देवकोटालाई समसामयिक मानवतावादी चिन्तक, दार्शनिक तथा अध्येताका रूपमा स्थापित गर्ने प्रयत्न गरेका छन् । सत्य के हो भने देवकोटा कट्टर पौरस्त्यवादी, खाटी मार्क्सवादी, समाजवादी र मानवतावादी सबै छन् । उनी प्रवाहशील चिन्तक भएको नाताले समसामयिक राजनैतिक, सांस्कृतिक तथा आवश्यकताका आधारमा चिन्तनहरू प्रक्षेपित भएका छन् । उनी ठ्याक्कै तेस्तै छन्, जस्तो अनुसन्धाताहरूले उनको व्यक्तित्वमा देख्न चाहन्छन् ।

देवकोटाका निवन्धहरूमा दार्शनिक चिन्तन खोज्ने दुर्गाप्रसाद अर्यालले देवकोटामा पौरस्त्यवाद भेटेका छन् भने अनुसन्धाता रविलाल लामिछानेले देवकोटाका गद्यहरूलाई मानक मानेर “प्रगतिशील” ठान्छन् । डा. मोदनाथ प्रश्रित पनि आफ्नो अभिमुखीकरणका हिसावले देवकोटालाई प्रगतिशील कित्तामा राख्न चाहन्छन् । महादेव अवस्थी, शैलेंदुप्रकाश नेपाल, चुडामणि बन्धु, राजेन्द्र सुवेदी, कुमारवहादुर जोशी, गोविन्दशरण उपाध्याआदि आफुलाई तटस्थ अध्येताका रूपमा प्रस्तुत गर्न चाहन्छन् तथापि पूंजीवाद र साम्यवादले निम्त्याएको तेस्रोधार अर्थात् “मानवतावादी”का रूपमा देवकोटालाई चिनाउने पक्षको लोभ उनीहरूले रोक्न सकेको देखिन्न । देवकोटाले आफ्नो समालोचना आफै लेखेका छन् । महाकवि देवकोटाका निवन्ध नामक आफ्नै समालोचनात्मक कृतिमा “मैले तेसो गरेको बौद्धिक मनोरन्जनक लागि थियो प्रेरणाको कुनै आदर्श प्रस्तुत गर्न होइन (आफ्नै चर्चा आफैले सुन्दाः २०६६)” अर्थात् कविदेवकोटा नदीझैं प्रवाहशील थिए, उनी मनोरंजनका लागि लेख्थे तर उनको त्यो लेखकीय मनोरंजनमा मात्र सीमित नभएर विधामा रुपान्तरित हुन्थ्यो किनभने उनी “विद्यूत–कवि” थिए ।

देवकोटाको विंदास जीवनशैली र चिन्तनले आफ्नो मौलिक धर्म, संस्कृति, इतिहासको सधैं अद्भूत सम्मान गरिरह्यो तर अन्धविश्वासप्रति उहाँको कठोरता आजीवन समाप्त भएन । “रामजी मानिस हुनाले देवता भए, देवता हुनाले मानिस भएका वा आदरणीय भएका होइनन्” (हरेराम पार्टी – २०६६) उनी यान्त्रिक जीवन पद्यतिका व्यक्ति होइन । उनको सोच पनि यान्त्रिक थिएन ्र उनी प्रगतिशीलताको यान्त्रिकता होस् वा पौरस्यवादको यान्त्रिकता दूवैबाट मुक्त छन् । यतिमात्र होइन यदि मानवतावाद पनि “यान्त्रिक” छ भने सम्भवतः देवकोटाका लागि स्वीकार्य हुँदैन । नदी सधैं प्रवाहित हुँदा मात्रै शुद्ध र सफा हुन्छ । नदीमा स्थायित्व खोज्नु वा देख्नु दोषपूर्ण हुन्छ ्र उनी प्रष्ट लेख्छन् “म रामलाई निर्जीव सम्झन्न । म ऐतिहासिक पृष्ठभूमिमा उनको मानव दिव्यता हेरेर सराहनी गर्छु ्र उनले औल्याएको सत्यको चुलीतर्फ चल्न र चढ्न कोसिस गर्दछु ।…….मलाई एकलाख अन्धसाथी चाहिन्नन् (हरेराम पार्टी २०६६) यद्यपि सत्य त फेरि पनि “आत्मज्ञान नै भक्तिको आधार हो ।” यही देवकोटाको गतिशील चिन्तनको प्रवाह हो । जुन आवश्यकताअनुसार प्रभावअनुसार सधैं गतिशील छ, यान्त्रिक छैन ।

मैले देवकोटाको समग्रतामा दार्शनिक खोज्ने प्रयत्न गरेको थिएँ । त्यसो गर्दा देवकोटा कसरी दार्शनिक हुन्छन् भन्ने प्रश्न पनि मेरो मनमा आएकै हो । तर जव देवकोटालाई बुझ्नथालें उनको दार्शनिक चिन्तन गतिशील भएर प्रकाशित हुन थाल्यो । देवकोटाको शैली प्रवाहशील अवश्य छ तर दृष्टिकोणले सधैं स्वधर्म, संस्कृति तथा ऐतिहासिक सम्पदाहरूको परिपेक्षमा नेपाललाई (भारतवर्षीय चिन्तन) वैश्विकतहमा स्थापित गर्ने सपना देख्नुभएको थियो । उहाँले अनुवाद गर्नुभयो किनभने नेपाललाई विश्व बुझाउन चाहनुहुन्थ्यो । उहाँले नेपाल र नेपालीलाई केन्द्र बनाएर लेख्नुभयो किनभने उहाँ “नेपाललाई सबैले बुझुन्” भन्ने चाहनु हुन्थ्यो । उहाँले कुनै दार्शनिक “वाद” स्थापित गर्नुभएन किनभने यान्त्रिकतासंग उहाँको कठोर विमति थियो । उहाँले सधैं गतिशील, यान्त्रिकतारहित र आफ्नो मौलिकतामा गौरव गर्ने, आफ्नो खुट्टामा आफै उभिने साहस भएको र बेथितिलाई थितिमा रुपान्तरित गर्न आतुर समाज (व्यक्ति)को सपना देख्नुभयो ्र यही गतिशीलता नै उहाँको दार्शनिक उत्स हो । म उहाँप्रति गौरव गर्छु ।
-लेखक ‘देवकोटाका दार्शनिक चिन्तन’मा विद्यावारिधी  हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत एकजना प्रहरी जवानले आफैंलाई गोली प्रहार

नक्कली चिकित्सक बनेर लुटपाट गरेपछि….

काठमाडौँ । जो कोही बिरामीले चिकित्सकलाई ठूलो भरोसा गरेका हुन्छन् । तर चिकित्सक नै लुटेरामा

रास्वपाको केन्द्रीय संगठन विभागमा तीन र अनुशासन आयोगमा दुई सदस्य मनोनयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभाग र आयोगमा केही सदस्यहरू मनोनयन गरेको

पहिलो र दोस्रो जनआन्दोलनमा आफूहरुले गरेको योगदान नबिर्सन सांसदहरुलाई पाँच कर्मचारी संगठनको चेतावनी

काठमाडौं । निजामती कर्मचारीका पाँच संगठनले पार्टीका सांसदलाई दम्भ नदेखाउन चेतावनी दिएका छन्