सत्तारुढ पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जान्छः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी भएर फर्कने क्रममा बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने बताएका हुन् ।

उनले गठबन्धनप्रति कुनै शंका नगर्न आग्रह गरे । प्रधानमन्त्रीले सम्मेलनको क्रममा धेरै देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग विभिन्न विषयमा कुराकानी गरेको र नेपालप्रति छिमेकी भारतको सदभाव देखिएको जानकारी दिए ।

प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री मोदीलाई आफूले नेपाल आउन निमन्त्रणा दिएको र जवाफमा उनले आउने बताएको जानकारी दिए । उनले भने,‘मोदीले नेपाल भ्रमण आउँछु भन्नुभएको छ । उहाँले पनि मलाई दिल्ली बोलाउनुभएको छ। तर भ्रमण मिति तय भएको छैन।’ त्यस्तै ब्रिटिस सेनामा गोर्खाहरूको समस्या समाधानका लागि बेलायत सरकार सकारात्मक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको