लघुकथा: नहुनेलाई कस्तो, हुनेलाई सस्तो



प्रभादेवी पौडेल।
काग तिहारको दिन बिहानै संजयको मोबाइलमा फोनको घन्टी बज्यो। दिदिले भनिन्,-” बाबु यसपालिको तिहारमा यतै टीका लगाउॅन आऊ है? आज भोलिको चलन निम्तो गर्नुपर्छ भन्छन्।” -” के भन्नु भएको दिदी त्यस्तो? बर्ष दिनमा एक पटक पनि माईत आउनू पर्दैन? बुढा भएका बा आमा हुनुहुन्छ।” भाइका कुरा सुनेर सरीता सही ठानेर हुन्छ नी त मै आउॅला भनेर जवाफ दिईन्। भोली पल्ट देखि सगुन जुटाई कार्टुनमा राखेर भाइलाई दिने उपहार सहित गोरु तिहारको दिन एका बिहानै काठमाडौँ लागिन्।

कहिले गाडी बिग्रने त कहिले जामले गर्दा पाँच घन्टामा पुगिने बाटो थानकोट नपुग्दै झमक्कै साॅझ पर्यो। उज्यालोमा जाँदा बल्ल बल्ल फेला पर्ने सहरको माइतिघर रात परिसक्यो। कलंकीमा ओर्लिएर भाइलाई लिन आऊ भनेर फोन गरिन्। भाइबाट म बिजी छू ट्याक्सी लिएर आउनू भन्ने कुरा आयो। कलंकीमा निक्कै बेर कुरिन्। नजिकै एक युबक पनि उभिएर गाडी कुरिरहेका थिए।

उनी निरास भएको देखेर उनले सोधे,-” दिदी कहाँ सम्म?” -“म बानेश्वर सम्म भाइ तर अध्यारोमा बाटै थाहा छैन।” पीर नगर्नु दिदी बाटो उल्टो परेपनि म पुर्याईदिन्छु ,मपनि दिदी बहिनीको रहरले कलेज पढ्दा धर्म दिदी बनाएको थिएँ , टीका लाउॅन आएको।” यो सुनेर उनी भाबुक भईन् र मनमनै उक्त युबकलाई आशिर्बाद दिईन् । माइती पुग्दा भाइ जुवाको खालमा थियो।आमा भान्छा कुरेर बाटो हेरिरहनु भएको थियो। मनमनै लाग्यो,भाइले कार किन्दा खुशी भएको मन एउटा आशा पलाउॅदो रहेछ दिदी बैनीलाइ। माईत आउॅदै गर्दा बाटो सम्म लिन आउन् । तर अहिलेका सम्बन्धहरु लोकाचार बुझाऊने मात्र भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी