‘चोलेन्द्रसमशेरजी ! निवेदन छ, भिडेर बस्नोस्, देशको प्रधानन्यायाधीश बारम्बार पराजित हुनुहुन्न’



केशवप्रसाद भट्टराई ।

महाभियोगको सामना गरेर  संसदमार्फत न्याय प्रणालीमाथिका  सवैका अनैतिक कालाकर्तुत राष्ट्र समक्ष राखेर मुलुकमा  स्वच्छ न्याय व्यवस्था निर्माणको ढोका खोल्ने ऐतिहासिक भूमिकाको लागि तयार रहनुहोस चोलेन्द्रजी !

१. दीपकराज जोशी र  गोपाल पराजुलीमाथिको तपाइँको  व्यवहार हेर्दा हुन त तपाइँलाई खुचिङ्ग भन्नु पर्ने हो तर भन्दिन !
तपाइँ पदको मर्यादा र गरिमा  अनुरूप स्वच्छ र इमान्दार पनि नहुनुहोला,
सम्माननीय चोलेन्द्रसमशेरजी !
तर निवेदन छ, भिडेर बस्नोस्, देशको प्रधानन्यायाधीश बारम्बार पराजित हुनुहुन्न ।
देशको प्रधानन्यायाधीशले बारम्बार  यो र त्यो किसिमले जोशी र पराजुलीको नियति बेहोरेर पराजित हुनुहुन्न ।

२. सम्पूर्ण प्रणालीमा सुधारको शर्तमा बाहेक अर्को त्यस्तै व्यक्तिलाई बाटो खोलिदिन,
कसैको प्रधानन्यायाधीश हुने पालो छिटो बनाइदिन मात्रै छोड्नु हुन्न चोलेन्द्रजी
आउँछ भने महाभियोग आओस !
संसदमा हुने बहसमा सवैको पोल खोलिदिनोस ।
स्पष्ट कुरा जस्ताको तस्तै राखिदिनोस ।
सबैका काला कर्तुत उदाङ्ग होउन  ।
त्यसले  न्याय क्षेत्रलाई  भ्रष्ट बनाउने धेरैको मुटुमा अहिले देखिनै  ढ्यांग्रो बज्न शुरू गरोस् ।
अनि मात्रै देशले न्यायपालिकामा सुधार ल्याउन सवल प्रयत्न गर्दछ । यो हुन्छ देशलाई र न्याय क्षेत्रलाई तपाइँको योगदान ।

३. मैले रोजेको न्यायाधीशले मेरो मुद्दा लड्नु पर्छ भन्ने वकिलहरू । आफ्ना समकक्षी न्यायाधीशहरु बसेको इजलासमा हामी बस्दैनौ  भनेर अदालतमा सामूहिक राजनीतिक गूट बनाउने  न्यायाधीशहरू । न्यायाधीशहरूलाई सडकमा आउन अपिलगर्ने पूर्वन्यायाधीशहरू  । फैसला लेख्ने महान र सक्षम न्यायाधीश एउटा–एकदिन अघि मात्र फैसला पढेर हस्ताक्षर गर्ने चोलेन्द्र शम्शेरले मन्त्रालयमा भाग खोजे होलान कि लेख्ने र मिलाउनेहरुले–त्यसबारे सत्य तथ्य केलाउन नसक्ने अनि सडकको खपथकोलागि  समाचार बनाउने समाचार व्यापारीहरू,
दलको कोटामा भागबण्डामा  परेर सर्वोच्चमा पनि दलीय गठबन्धन खडा गरेर राजगर्न  खोज्ने छाडा र अराजक न्यायाधीशहरूको दवावमा,
ती वकिल, न्यायाधीश र तिनलाई बोक्ने मिडियाहरुले चलाएको दुष्प्रचारको भरमा भाग्नुभयो भने तपाइँलाई दुनियाँले कायर र दोषी बुझ्दछ चोलेन्द्र जी  !
तपाइँ गलत सावित हुनुहुन्छ  । पुनः आग्रह छ,  नभाग्नुस् ! शिखण्डीहरूसँग  पराजय स्वीकार नगर्नुहोस् !
पर्छ भने महाभियोगको सामना गर्नोस् ! अहिले देखिनै लेख्न र लेखाउन थाल्नुहोस् आफ्नो वयान !
न्यायिक क्षेत्रमा भ्रष्टाचार छ  तर त्यो भ्रष्टाचारमा राजनीतिक क्षेत्र झन् नाङ्गो छ , त्यसले  न्याय क्षेत्रलाई  भ्रष्ट बनाउने धेरैको मुटुमा अहिले देखिनै  ढ्यांग्रो बज्न शुरू गरोस् ।

वकिलहरू विचौलिया छन् अनि  गजेन्द्र हमाल जस्ता इमान्दार र त्यागी नेतालाई बलीको बोको बनाएर न्यायालयमाथि आक्रमण गर्ने कुत्सित षड्यन्त्रको एकएक कुरा बाहिर आउनुपर्दछ प्रधानन्यायाधीशज्यू ! आफ्ना विगतका गल्ती पनि स्वीकार गरेर अरूका गल्तीलाई नांगेझार पारेर राष्ट्रको सेवा गर्ने अमूल्य अवसर नगुमोस् ! साहस गर्नुहोस् !  न्याय गर्नुहोस् आफ्नो नाऊ पछाडिको जबरालाई !   नमस्कार !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी