मेयर मात्रै हैन, सुध्रेन भने सांसद् र मन्त्रीको पनि जनकारबाही हुनेछः सीके राउत



डा. सीके राउत ।
जनतामा धेरै डिमान्ड छ ’मेयर’को । मेयर मात्रै हैन, सुध्रेन भने सांसद् र मन्त्रीको पनि जनकारबाही हुनेछ । जरा सब्र तो करो और देखते जाओ! (सुने अनुसार खासमा हिजो जनताले मेयरलाई नै खोजेका थिए, तर मेयर भागेर लुके।)
– गालामा थप्पड हान्न दिने र बदलामा फूल दिने स्वतन्त्र मधेश गठबन्धनका संयोजक थिए। तपाईं अहिले जनमत पार्टीको अध्यक्षसँग कुरा गर्दै हुनुहुन्छ। (न्यूज २४ मा पत्रकारको जवाफ दिँदै)

– जनमत पार्टी ’स्वतन्त्र मधेश गठबन्धन’ होइन। स्वतन्त्र मधेश गठबन्धनका आफ्नै लक्ष्य र सिद्धान्त थिए, र जनमत पार्टीको आफ्नै छ। जनमत पार्टी अरू पार्टी जस्तै निर्वाचन आयोगमा दर्ता भएको राजनैतिक पार्टी हो। यदि यसको कुनै गतिविधि अनुचित लाग्छ भने निर्वाचन आयोगमा दर्ता रहेका अन्य पार्टीहरूले त्यो गर्छ वा गरेको छ कि छैन, त्यो सोधेर मात्रै कुरा गर्नोस्।

– तेलचोरहरूले आज प्रवचन दिँदैछन्। २०६३–६४ र २०७२ सालमा तिनीहरूले कति घर र प्रहरी चौकीमा आगो लगाए, कति छोरीचेलीलाई घरबाट थूतेर बलात्कार गरे, कतिलाई विस्थापित गरे, कति गाडी लूटे, कति भाला रोपे, गौरकाण्डमा कति नरसंहार गरे, कति मान्छेलाई ज्यूँदै तेल छरेर आगो लगाये, के जनताले बिर्सेका छन् ? आज त्यही तेलचोरहरूले जनताले “अमानवीय कुरा“ कुरा गर्यो भनेर प्रवचन दिँदैछन्। त्यो केही हैन – तेलचोरहरूको राज खतम हुनै लाग्दाको छटपटी मात्रै हो। जनता जागेकोले आफ्नो कुकृत्यले त्रसित भएका हुन्।

– प्रेस–विज्ञप्ति जारी गर्नेहरूका नाममाः हरेक वर्ष सैकडौं इन्जिनियर अरू पार्टीका नेता, कार्यकर्ता र निर्वाचित प्रतिनिधीबाट कुटिन्छन्, जानकारी छैन भने गूगल गरेर हेर्दा हुन्छ। ’इन्जिनियर कुटे’ सर्च गरेर हेर्नोस्। तर त्यतिबेला त कुनै प्रेस–विज्ञप्ति जारी गर्नु भएको थिएन। अरू पार्टीले लाठीभाला लिएर वा मशाल जुलुस निकाल्दा त रोइलो गर्नु हुन्न ? एम्बुलेन्सबाट थुतेर अरू पार्टीले मान्छे मार्दा त खुशी मनाउनु भएको थियो। तर जनताले यस पटक जनकारबाही गर्दा यो छटपटी किन ? किनकि फरक छ – जनता यसपालि जागेर भ्रष्टाचारीकोविरूद्धमा उत्रेका छन् र तपाईंलाई आफूले गरेको भ्रष्टाचारले त्रसित बनाउँदैछ, त्यसैले।
जनता जिन्दाबाद !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्य अन्योलमा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर

सहकारी प्रकरणका कारण संसद चल्ने नचल्ने निश्चित छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा देखिएको समस्या समाधानका लागि

लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त

के नेपाली हुनुमा गौरव छ ?

डा. गोविन्दशरण उपाध्याय । स्थान : पशुपति परिसर, समय: ११ः३० के तपाईंलाई नेपाली