नेपालका हरेक व्यक्तिलाई विवादास्पद बनाउने नीति भारतीय कुटनीतिज्ञको हुन्छ



डा. युवराज संग्रौला ।
नेपालका लागि तत्कालिन भारतीय राजदूत रन्जित रेले हालै प्रकाशित आफ्नो किताव ‘Kathmandu Dillema, resetting India Nepal ties’मा लेखिएका कुराको पछाडि धेरै नियतहरु लुकेका छन् ।

१. हो, नेपालका धेरै कर्मचारीहरु खासगरी प्रहरी अधिकृतहरु भारतीय राजदुतावास धाउँछन् । मलाई सुरक्षा निकायहरुको बारेमा थोर बहुत जानकारी छ । भारतीय राजदूतावास जानेमा दोस्रो पुस्ताका राजनीति नेता, पत्रकार र प्रहरी अधिकारी सबैभन्दा भन्दा बढी हुन् ।

२. रन्जित रे नेपालमा सबैभन्दा बढी समस्या सिर्जना गर्ने राजदूत हुन् । उनी युरोपेली राजदूतहरुलाइ नेपालका विरुद्ध प्रयोग गर्ने खेलमा पोख्त थिए । ऊनी नेपाली अधिकारीलाई राजदूतावास बोलाउँथे। नवराज सिलवाललाई म राम्रोसँग जान्दछु । उनी रन्जित रेका पछाडि कुदेनन् । नेपालका हरेक व्यक्तिलाई विवादास्पद बनाउने नीति भारतीय कुटनीतिज्ञको हुन्छ।

३. नेपालका बारेमा हरेक भारतीय राजदुतले किताब लेखेका छन् । उनीहरुको एउटा नियत हुन्छ अन्तर्राष्ट्रिय पाठकमा नेपालप्रति भ्रम सिर्जना गर्नु । त्यसैले उनीहरु खोजी खोजी नेपाली नेता पत्रकार र कर्मचारीलाई दूतावास बोलाएको र नेपाल आफैंले चलाएका देखाउन चाहन्छन् ।

४. नेपालीहरुमा विश्लेषण गर्ने चलन छैन । उनीहरु सुनेपछि होहल्लामा कुद्छन् । भारतका नेहरुवादी नेपालको स्वतन्त्रतालाई “भारत गाइडेड इन्डिपेन्डेन्स“ बनाउन चाहन्छन् । भारतका केही मानिसलाई देश होइन तीर्थस्थल बनाउन चाहन्छन् ।
५. यस्ता किताब पढेर जानकारी लिने हो दृष्टिकोण बनाउने होइन । अन्य कुनै देशमा यस्तो लेख्यो भने डिफेमेसनमा मुद्दा चल्छ । नेपालीहरुले पनि भारतीय अदालतमा मुद्दा हाले हुने हो ।

६. रन्जित रे सँग मेरो एक पटक एउटा सार्वजनिक कार्यक्रममा भेट भयो । उनले केपी ओलीले नौ क्लास मात्र पढेको भनेर हल्का टिप्पणी गरे, साइड टकमा । मलाई केपी ओलीको प्रतिरक्षा गर्नु त थिएन तर पनि नेपाली नागरिक र नेता भएको हुनाले त्यो सुनेर अरुले जस्तो हाँस्नु हुन्न भन्ने लाग्यो। मैले उनको त्यो भनाइ कुटनैतिक हो वा मित्रता भनेर सोधें। उनको अनुहार हेर्न लाएकको भयो । उनले कुरा बदले त्यसपछि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संचार मन्त्रालयले भन्यो-सरकारका कारण इन्टरनेट सेवा अवरुद्ध भएको होइन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही

सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको

सुकुम्बासी वस्तीमा डोजर आतंक बन्द गर्न बालेनलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर नचलाउन आग्रह