आम चुनावमा जान जति ढिलो गर्नुहुन्छ त्यतिनै काङ्ग्रेसको लागि चुनावी परिणाम प्रतिकूल हुँदै जाने हो शेरबहादुर दाइ !
केशवप्रसाद भट्टराई ।
१. दुइ महिनासम्म पनि सरकारलाई पूर्णता दिन सक्नुभएको छैन ।
बजेट लगायतका विषय र संसद चलेको र चलाइएको स्थिति मैले भन्नु परेन ।
महत्वपूर्ण जनसरोकार र राष्ट्रिय हित र सुरक्षा सम्बद्ध मन्त्रालय रिक्त छन् ।
२.सवै दल सम्बद्ध मुलुकको सरकारले अघि बढाएको र तपाइँकै नेतृत्वको सरकारको पालामा एमसिससी सम्झौता गर्नुभयो ।
आफूहरूनै सरकारमा रहेको बखत अघि बढाइएको र सम्झौता गरिएको अन्तर्राष्ट्रिय सन्धि र सम्झौतालाई त्यही गठबन्धनका दलहरू विरोधमा छन् ।
यो कुनै सरकार वा दलको विश्वसनीयताको मात्र सवाल नरहेर अन्तर्राष्ट्रिय समुदाय,दात्री सँस्था र दात्री राष्ट्र माझ समेत मुलुकको विश्वसनीयताको सवाल हो ।
यसबाट उत्पन्न हुने चुनौतीको सामना गर्न मुलुकलाई सजिलो नपर्ला !
यसबाट उत्पन्न हुने चुनौती सामनागर्न पनि यो गठबन्धनलाई परित्याग गर्नैपर्दछ ।
३.अझै लामो समय यस्तो गठबन्धनको सरकारको नेतृत्व गरेर मुलुकलाई लाभ र काङ्ग्रेसलाई जस दिलाउन सक्छु भन्ठान्नु भएको छभने तपाइँ गलत नै हुनुहुन्छ ।
तपाइँका विगतका सोच, रणनीति, कार्य र विश्वासहरूले ल्याएका परिणामहरूबारे एकएक गरेर एक पटक घोत्लिनुस त !
४. चुनावी सवालमा काङ्ग्रेस र एमाले एक ठाउँमा भए वैकल्पिक सरकारको सम्भावना नरहने भएकोले चुनाव घोषणा गर्नोस,
चुनावसम्म एकलौटी सरकार चलाउनोस्,
र सम्भव भए सम्मका राम्रो कम गरेर चुनावलाई काङ्ग्रेसको पक्षमा पार्नोस् !
५. यो गठबन्धनले त तपाइँलाई दुई पाइला चाल्न दिंदैन,
हरेक दिन तपाइँलाई अलोकप्रिय बनाउँदै जान्छन् ,
आफ्ना भाइसँस्थाहरूलाई तपाइँ विरूद्ध सडकमा उफार्दै जान्छन् र गठबन्धन सरकारको सवै असफलताको दोष तपाइँ र काङ्ग्रेसको थाप्लामा थुपारेर आफू पानीमाथिको ओभानो बन्ने हुन् जनता समक्ष !