गलत नभए पनि यतिखेर एमसीसी परियोजनालाई रद्द गर्नु उचित हो, प्रधानमन्त्रीज्यू



केशवप्रसाद भट्टराई ।
१.  एमसीसी गलत होइन, म प्रष्ट छु ।
एमसिसीमा रहेका जस्तै शर्त र प्रवन्धहरू नेपालमा वाह्य अनुदानमा संचालित अधिकांश सरकारी –गैरसरकारी परियोजनाहरूमा रहन्छ ।
पेशागत संगठनहरूको सम्झौतामा रहेको हुन्छ ।
तर अरूण तीन र राजा ज्ञानेन्द्र विरूद्ध राजनीतिक कारणले जन्माइएको र पÞmैलाइएको चरम विरोध, भ्रम , घृणा र उत्तेजनाको स्थिति जस्तै स्थिति एमसिसीबारे मुलुकमा छ ।

२. जसले एमसिसी प्रचार वा दुष्प्रचार गरिए जस्तो होइन भनेर बुझेका छन् ती पनि मिडियामा, जनतामा, सामाजिक सन्जालमा र राजनीतिक रूपमा खेदिने, खलनायकको रूपमा प्रस्तुत होइने डरले सत्य बोल्ने हिम्मत गरिरहेका छैनन् ।
सरकार र सरकारी गठबन्धनका दलहरू यो स्थितिलाई साम्य बनाउन सकिरहेका छैनन् मात्रै होइन, उनीहरू नै यो भ्रम र उत्तेजनाको खेतीमा छन् ।
त्यसैले प्रधानमन्त्रीले अमेरिका सरकारलाई हाल राजनीतिक कारणले हामी एमसीसी परियोजनालाई ग्रहण गर्न सक्दैनौ भनेर स्पष्ट भनिदिनु राम्रो हुन्छ होला !
नेपालको अवस्था अमेरिकीहरूले उनीहरूले बुझ्छन् र सम्झौता रद्द गरिदिन्छन् ।
त्यति नबुझ्ने भए किन विश्वको नेतृत्व गर्ने क्षमता राख्थ्यो !

३. अर्को कुरा, यहाँ उकासिए जस्तो अमेरिकालाई कुनै नेपाल रणनीति अवलम्वन गर्नु परे एमसिसीको लिस्नो चाहिन्न ।
खारेज गर्दा केही प्राविधिक र केही कूटनीतिकरूपमा अलि असजिलो अनुभव हुने भएर मात्रै उनीहरू नेपालले यो सम्झौता अनुमोदन गरोस भन्ने चाहन्छन् ।
आफ्नो वार्षिक बजेटको एक तिहाई अंश विदेशी ऋण र अनुदानमा निर्भर मुलुकमा यसको खारेजीले पश्चिमा मुलुकहरूबाट आउने अनुदान र ऋणमा पर्ने असर र अन्तत नेपाल जस्तो त्यसै पनि अराजकता र अस्थीरता भोगिरहेको मुलुक झन् अराजक र अस्थीर नहोस भन्ने सोच विश्व व्यवस्थाको नेतृत्व गरिरहेको मुलुकमा नहुने कुरा भएन ।
त्यसमाथि आपसी सम्बन्धमा चीन र भारत जस्ता मतभेद, अविश्वास, तनाव र शंका झेलिरहेका दुई मुलुक वीचको नेपाल ।
दक्षिण एसियामा अमेरिकासँग सवैभन्दा पहिला दौत्य सम्बन्ध रहेको मुलुक ।
यी सवै कारणले पनि ऊ संवेदनशील छ ।

४. तर जनता झूठ र भ्रममा विश्वास गरिरहेका छन् र भने पनि सत्य के हो त्यो बुझाउन वर्तमान समयमा सरकारलाई सम्भव छैन ।
यस्तो अवस्थामा भगवान श्रीरामले पनि देवी सीतालाई परित्याग गर्नुभएको थियो ।
सीताजीमाथि शंका र अविश्वास गरेर होइन, जनताको आवाजलाई सम्मान गर्न ।
गलतै भए पनि त्यसलाई सम्मान गर्नु पर्दछ भन्ने मान्यतालाई पुष्टि गर्न र आफ्नो गल्तीको अनुभूति जनतालाई आफैँ गर्न दिनु पर्दछ भन्ने मान्यतालाई स्थापना गर्न !
गल्तीकोलागि राजाले जनमतलाई चुनौती दिने होइन, जनतालाई नै आफ्नो गल्ती अनुभव गर्न दिनु पर्दछ भन्ने बुझाउन !

५. एमसीसी अनुमोदन गर्दा नेपाल भित्र र बाहिरका विरोधी र असन्तुष्ट पक्षले नेपालमा एमसिसीवापत प्राप्त हुने अनुदान भन्दा बढी रकमको क्षति गराइदिन सक्छन् कि ? यसबारे पनि गम्भीर हुनै पर्ला !
मुलुकमा शान्ति –सुरक्षा कायम गर्ने हाम्रो क्षमता मैले भन्दा सरकारको नेतृत्व गर्नेले नै बढी बुझ्नु होला !
त्यस माथि अफगानिस्तानमा तालिवान र आइएस के को शक्ति बढिरहेको स्थितिमा त्यसको चीन, भारत र पाकिस्तान असर नेपालमा निकै संवेदनशीलरूपमा पनि अनुवाद हुन सक्दछ ।
हाम्रो भारतसँगको सीमानाका मुस्लिम बस्ती र जनसंख्यामा उनीहरूको लक्ष रहने गरेको छ ।
त्यसको भारत असर , भनिरहनु परोइन ।
त्यसैले केपी ओली, प्रचण्ड, माधव नेपाल, भीम रावल,घनश्याम भुसाल, योगेश भट्टराई, गगन थापा र विश्व प्रकाश शर्मा जस्ता व्यक्तिहरूलाई सार्वजनिकरूपमा एमसीसीको पक्षमा बोल्ने र उभिने पार्न प्रधानमन्त्रीजी सक्नुहुन्छ भने आँट गरे हुन्छ ,
होइन भने निसंकोच खारेज गरिदिनु होस् प्रधानमन्त्रीज्यू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता