नेपाली मनको कुरा



डा. गोविन्दशरण उपाध्याय ।
नेपालमा मनोविज्ञानिकहरूले आफ्ना अनुसन्धानमा संस्कृतका शब्दकोशमा कोशकारहरूले समावेश गरेका मनका नामहरू, तिनको उत्पत्ति, अर्थ र प्रयोजनहरू अनुसन्धानमा समावेश गर्नुभएको छ त ? अनुसन्धान–निर्देशकहरूले आफ्नो संस्कृति र बांग्मयमा भएका सम्वन्धित विषयहरूको ज्ञानलाई अनुसन्धानमा समावेश गर्दा यो विषयवस्तुसंग परिचित नभएका विद्वानहरूलाई समेत जानकारी प्राप्त हुन्छ अर्थात् सुनमा सुगन्ध नै हुन्छ । मैले आजसम्म कुनै पनि नेपाली मनोबैज्ञानिकहरूका लेखोटमा मनको रैथाने स्वरुको उठान गरेको भेटेको छैन ।

विलियम वुंटले आरम्भ गरेको पश्चिमा मनोविज्ञानको विकासमा त्यहाँका मनोबैज्ञानिकहरूले सुकरात, प्लेटो अरस्तु र आधुनिक दार्शनिक देकार्तले मनका विषयमा प्रस्तुत गरेका विचारहरू र मनको स्वरूप–स्वभाव बारे सम्मानपूर्वक चर्चा गरेका छन् । उनीहरूले आफ्नो इतिहासमा भएका मन–सम्वन्धि विचारहरू पस्कन्छन् । सायद, यो विषयमा हामी निकै कन्जुसी गरिरहेका छौँ ।

विकासका अनेकौं विधाहरू मध्ये मनको पनि विकास नै हुन्छ । मनको विकासमा स्थानीय धर्म, संस्कृति, वातावारण, आर्थिक अवस्था, सामाजिक तथा राजनैतिक परिवेशको प्रभाव पर्छ । अमेरिकी, रसियन, वेलायतीआदि मनहरूको आफ्नै उत्थानको प्रणाली छ । नेपाली मनलाई “अमेरिकी पुस्तक“मा खोजेर नेपाली मनको सहीसही स्वरूप जान्न सकिन्छ भन्ने कुरामा मेरो शंका छ । उनीहरूले विकसित गरेको अनुसन्धानको पद्धति स्वीकार्य होला तर “विदेशी बुद्धि र मनले“ नेपाली मन बुझ्न खोज्दा अपुग हुने सम्भवना रहन्छ ।

पश्चिमका दुईजना प्रसिद्ध मनोबैज्ञानिकहरू विलियम जेम्स र कार्ल रोजर दुवैलमा पहिलोले व्यबहारवादी मनोविज्ञान र दोस्रोले परामर्श–मनोविज्ञानका धाराहरूको आरम्भ गरेका हुन् । विलियम जेम्सले आफ्नो चिन्तनको स्रोत प्लेटो र अरस्तुलाई बनाएको भनेर हाकाहाकी लेखेका छन् भने कार्ल रोजरले बाइबलका आधारमा आफ्ना सिद्धान्तहरू निर्माण गरेको कुरा “परामर्श–मनोविज्ञान“मा पढाइन्छ । जिन पियाजेले पनि आफ्नो “नैतिक मनोविज्ञान“मा सुकरातलाई उल्लेख गरेका छन् । पाश्चात्य मनोविज्ञानिकहरूले आफ्नो इतिहास विर्सेका छैनन् उ उनीहरुले तिनको स्रोत नै उल्लेख गर्न असजिलो मानेका छन् ।आखिर, मन पनि त विकासकै निरन्तरता हो ।

नेपालमा भने मौलिक चिन्तनको स्रोत मात्र होइन भएका शब्दहरूको प्रयोग गर्न पनि बडो कन्जुसी हुन्छ । यस मामिलामा मनोबैज्ञानिकहरूलाई मात्र दोष दिन मिल्दैन । सबैतिर “विदेशीस्रोत“को रजगज छ । अनुसन्धानका क्रममा कुनै शोधार्थीले आफ्नो “मौलिक स्रोत“ चिहाउने प्रयत्न गर्यो भने निर्देशकहरूको कोपभाजन बन्ने कुरा मैले धेरै ठाउँमा सुनेको छु । मनोविज्ञानका प्रा.डा. अयनवहादुर श्रेष्ठले “मनोविज्ञानका केही कुरा“ नामक पुस्तकको आरम्भमा श्रीमद्भगवद्–गीताको मनवारे उल्लेख गर्ने राम्रो प्रयन्त गरेका छन् तर त्यसपछिका लेखकहरूमा “आफ्ना मौलिक ग्रन्थहरूमा पनि मनोबैज्ञानिक कुराहरू हुनसक्छन्“ भन्ने तत्थ्यलाई समेत अनुभूत गरिएको छैन ्र पश्चिमाहरूले लेखेका कितावहरू आफ्नो भाषामा लेख्ने प्रचलन बढी छ ।

भारतका धर्म बहुक अमेरिकाको हवाई–विविमा प्राध्यापक बन्न सफल भए किनभने उनले पश्चिमा मनोविज्ञानलाई “श्रीमद्भगवद्–गीताको मनोविज्ञान“का रूपमा बुझाउन सफल भए र उनले प्रतिपादन गरेका सिद्धान्त पश्चिमाशैली को मनोविज्ञानमा नयाँ र मौलिक ठानेर स्वीकार्य भयो । भारतीय मनोवैज्ञानिक सी. आनन्द प्रन्जपेले पतंजलिको योगसूत्रलाई आधार मानेर अनुसन्धान गरे, जसले उनी विश्वविख्यात बन्न सफल भएका छन् । त्यस्तै अर्का भारतीय मनोबैज्ञानिक के रामकृष्ण राव “परम्परागत भारतीय मनोविज्ञान“ लेखे । हालका दिनहरूमा भारतीयहरूले “मौलिक स्रोत“मा आधारित अनुसन्धानहरूलाई निकै अगाडी बढाएका छन् । प्राडा एपी मिश्रले पनि “भारतीय मनोविज्ञानको आधार“ भन्ने पुस्तकमा मौलिक–मनोविज्ञान वारे राम्रो प्रकाश पारेका छन् ।

मैले अध्ययन गरेका उपरोक्त पुस्तकहरूले योगसूत्रमा आधारित रहेर मनको मौलिक पहिचान गर्ने प्रयत्न त गरेका छन् तर नेपालका विद्वान अमरसिंहले सुझाएका मनका ७ बटा नाम र तिनले व्यक्त गर्ने अर्थ, प्रयोजन र उपयोगिता बारे ती सबै मौन छन् । नेपाली अध्येताहरूका लागि निकै महत्वपूर्ण हुन्छ यदि अमरसिंहका आधारमा कुनै मौलिक मनोवैज्ञानिक अनुसन्धान गर्न सके र गराउँन सके !! अनुसन्धानको लागि सहजिकरण गर्न विश्वप्रसिद्ध दार्शनिक तथा मनोविज्ञ प्राडा यदुनाथ सिन्हाको “भारतीय मनोविज्ञानमा प्रत्यक्ष“ नामक किताव निकै सहायक हुनेछ ।

अमेरिकी, युरोपेली, अफ्रिकी, भारतीय र नेपाली मनहरू एकै प्रकारका हुन्नन् । हामीले आफ्नो मनको ठीकठीक पहिचान आफ्नै इतिहास, आफ्नै समाज र आफ्नै मनभित्र पसेर निकाल्नु पर्छ । मनका मामिलामा “विदेशी“को भर पर्नु उचित हुन्छ कि हुँदैन ? विचार गर्नुपर्छ ।

अहिले नेपाली र भारतीयहरूका मनहरू “विग्रेको“ परिस्थिति छ । कोरोनाले सबैको मन तर्साएको छ । यस्तो अवस्थामा मनोविज्ञानका ज्ञाताहरूले स्वदेशी मनको ठीकठीक पहिचान गरेर “मानसिक–सहयोग“ गर्न सके थेरै नै उपयोगी हुन्थ्यो । विदेशीहरूको आँखाले “नेपाली मन“ बुझ्न सजिलो पक्कै हुँदैन । उनीहरूले निर्माण गरेका सिद्धान्तहरूको व्याबहारिक प्रभावकारिता त मनलाई आफ्नो मन आफ्नै बुद्धिले बुझ्दा हुन्छ !!

अनुसन्धाता र जिज्ञासुको सुविस्ताका लागि अमरकोशमा (काठमाडौंका रैथाने नेवार वाणा अमरसिंह पहिलो संस्कृतको कोश लेखेका थिए) त्यस कोशमा मनका निम्न पर्यायवाची शब्दहरू समावेश छन् । मैले ती शब्दहरूको अर्थ समेत समावेश गरेको छु ।

अमरकोशमा
मनः लिंग शरीरको शक्ति विशेष
चित्तः पाँचवटा मानसिक वृत्तिहरूको निवास स्थल
चेतः बुझ्ने शक्ति
हृदयः सुखदुखको अनुभूति गर्ने स्थल
स्वान्तः भित्रको विषय
हृतः अनुभूति
मानसः कुराहरूको सङ्ग्रह
शब्द रत्नावलीमा थप
न्यांगकः शरीर नभएको शरीर
न्यंगः शरीर रहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी

सरकार सहकारी पीडितहरुको मर्काप्रति संवेदनशील नदेखिएको कांग्रेसको टिप्पणी

काठमाडौँ । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ

संसदमा कांग्रेसको अवरोध कायमै, बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध कायमै