‘अब तिमीहरु सबै मेरै वरिपरी घुम्ने हो,पूजापाठ गर्ने हो,राममन्दिर बनाउने हो’



डा.खिमलाल देवकोटा ।
नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापनालाई दूर्भाग्य भनेको र यसको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका तेस्रो धारका नेताले प्रतिनिधिसभा पुनःस्थापनालाई महान् र ऐतिहासिक भनेका छन् । प्रतिनिधिसभा विघटन जालसाँझ र अपराध थियो भन्ने धारणा समेत उनीहरुको थियो/छ ।
अब प्रतिनिधिसभा पुनःस्थापनालाई दूर्भाग्य भन्ने र ऐतिहासिक उपलव्धि ठान्नेका बीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ ? विपरीत ध्रुवका यी दुई धार सँगसँगै जानसक्लान्  ?
निश्चित छ । सक्दैनन् । ऐतिहासिक उपलव्धि ठान्नेले ऐतिहासिक भूल भयो भन्नैपर्दछ ।

असहमतिका अरु पनि प्रशस्तै मुद्धाहरु छन् । पहिला विचारमा सहमति/एकरुपता नभएसम्म भागवण्डामा रमाउनु/मिलाउनु को कुनै अर्थ छैन । घनश्याम भुसालका विचारका सारका आधारमा नै भन्ने हो भने तेस्रो धारका नेता र कार्यकर्ताहरुलाई अब दास बन्नुको बिकल्प छैन । मैले देख्दिन । सामूहिक नेतृत्व प्रणालीबाट एकल नेतृत्व जस्तो संविधानको भावना विपरीतको निरंकुशतातर्फ उन्मुख हुने निर्णयलेनै सन्देश दिइसकेको छ । अब तिमीहरु सबै मेरै वरिपरी घुम्ने हो । पूजापाठ गर्ने हो । राममन्दिर बनाउने हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार