एकतावादी तपाईंहरु बच्चा होइन साल बन्नु भो !



डा. युवराज संग्रौला ।
उहाँहरुले नाटक बन्द गरे हुने । जता मन लाग्छ त्यता जानुहोस्, नाटक बन्द गर्नुहोस् । युवा नेतृत्व कम्युनिस्ट र कांग्रेस दुवैमा विकास होस भन्ने चाहेको हो देशले र पार्टीहरु नफुटुन् भन्ने पनि चाहेका हुन जनताले । एमाले फुट्यो, मानिसहरुले नचाहँदै पनि। यो फुट्नुमा अहिले तटस्थवादीहुनेको भूमिका सानो छैन। स्वयम् तपाइँहरुलाई थाहा छ। तर तपाईँको सिद्धान्त के हो देखिएन । पदमा बस्ने, भोलि पनि माननीय हुने, मन्त्री हुने, मौका परे दन्काउने। सबैलाई थाहा छ एकताका नाममा भैरहेको स्थान सुरक्षाको बार्गेनिङ ! थोरै, यो जनता र देशका लागि हो !

१. हिजो पार्टी फुटाउन प्रेरित गर्ने, बुढा नेतालाई हौस्याउने तपाईंहरु होइन ? नेपाल–खानालले ठिक गरे गरेनन् इतिहासले मूल्यांकन गर्छ । उनीहरुले गलत गरेको लाग्छ भने तपाईँहरु चुपचाप एमालेमा बस्नुहोस् न । के तपाईंहरुलाई नेपाल खनालले धम्क्याए ? त्यसो हो भने पुलिसमा जाहेरी दिनुहोस् ।

२.थाहा छ तंपाईंहरुले आफ्नो हैसियत के बनाउनु भयो ? अब एमालेमा जाँदापनि गुट यथावत रहन्छ तपाईंका कारणले । तपाईंहरु अर्काेतिर जानुभयो भने पनि गुट बन्छ । तपाईंहरुको हैसियत त बच्चा जन्मिदा सँगै निस्कने सालको जस्तो भयो । कहिले कहिले बच्चा जन्मेपछि यसले ननिक्लिए आमा मार्छ। तर निक्लिए पनि यो फ्याँकिन्छ। तपाईंहरु बच्चा होइन साल बन्नु भो ।

३. नेपाल–खनालको मूल्यांकन इतिहासले गर्छ। ओलीको मूल्यांकन पनि इतिहासले गर्छ । इतिहास नियन्त्रणमा राख्ने ताकतवर अहिलेसम्म देखिएको छैन संसारमा । कम्तीमा राम्रो नराम्रो जे भएपनि उनीहरुमा निर्णय गर्ने आँट त रहेछ। जे गरे गरे। तर विचारका कुरा होइन रहेछनी तपाइँहरुको ! एउटा उतर दिनुहोस् एमाले ब्रान्ड हो वा विचार ? ब्रान्ड हो भने के को अल्टिमेटम, खुरुक्क नेपाल खनाल छोड्नु होस् । तपाईंको विचार मिल्दैन भने ओली छोड्नुहोस् । देश संकटमा भएकाबेला नागरिकलाई सहयोग गर्नुहोस् । तर त्यसो होइन तपाईंहरु आफना स्वार्थ सिद्ध गर्न राजनीति झन् झन् गिजोल्दै हुनुहुन्छ । अब तपाईंका हातमा केही छैन।

यो बिग्रेको राजनीतिलाई बिर्सेर बसेको मलाई तपाईंका वाइयात राजनीतिको बारेमा पत्रपत्रिका सामाजिक संजाल र टिभी हेर्दा दिक्क लाग्यो । अब त सकियो कि भनेको फेरि अल्टिमेटम आएछ तपाईंहरु ठिक अरु गलत छन् भने बोल्सेभिक बनेर देखाउनु होस् न। के प्रष्ट भएको छ भने तपाईंहरु बाहिर देखिएजस्तो ओज भएको भोलि देश चलाउने नेता भएको मानिस होइन । तपाईंहरु बुढाहरुका काँध बसेर गोजीमा लुकेर मन्त्री हुनेहरु हो । देशको राजनीति अझै नगिजोल्नु होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

मानव अधिकार आयोगको सचिवमा खरेल नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय